नगर सभापतिमा तीनजनाको उम्मेदवारी
२२ भदौ २०७८
•
३ मिनेट पाठ
नगर सभापतिमा तीनजनाको उम्मेदवारी
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छ। वडाबाट नेतृत्व चयन भईसकेको छ। क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अब वडाबाट नगर तर्फ अधिवेशन उन्मुख छ। 




नगरको सभापति बन्ने धुनमा दुई वडाध्यक्षले उम्मेदवारीको घोषणा गरेका छन्। नगर सभापतिको लागि पोखरा महानगरपालिका– ११ का वडा अध्यक्ष मोहनप्रसाद बाँस्तोला र वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेको उम्मेदवारी घोषणा गरेका छन्। उनीहरुसँगै पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले पनि उम्मेदवारी दिएका छन्।  विजुक्छे नेपाली कांग्रेस नगर उपसभापति समेत हुन्। नगरसभापति बजिरमान श्रेष्ठ हुन्। 

२०३६ सालदेखि नै विद्यार्थी  आन्दोलनमा सक्रिय रहेका विजुक्छे २०४३ सालमै नेपाली कांग्रेसको ईकाई सभापति भएका थिए। पार्टीको विभिन्न तहमा रहेर पार्टीको हकहितको लागि प्रतिबद्ध छन्। ‘कुनैपनि लाभको पदक लिएको छैन्। कुनैपनि स्थानीय निकाय, प्रदेश, संघीयको उम्मेदवारी बन्दिन्,’ उनले भने, ‘पार्टीकै लागि लड्दै आईयो। उपसभापति भईसकेपछि स्वतः सभापतिको उम्मेदवार हो।’ उनी नगरकै कोषाध्यक्ष जिम्मेवारी सम्हाल्दै उपसभापतिसम्म आईपुगेका हुन्। पार्टीलाई एकजुट बनाउने प्रयास हो। संगठन अहिले बिग्रिएको बताउँदै उनले गुट र उपगुटको अवस्थालाई अन्त्य गर्नुपर्नेमा आफनो जोड रहेको जिकिर गरे।  

उनले पार्टीभित्र एकताको सन्देश दिनुपर्ने खाँचो औल्याए। नगरलाई नमूना नगर बनाउने आफ्नो ध्येय रहेको उल्लेख गरे। सचिवालय भनव निर्माण गर्ने अभियान छ। प्रत्येक वडामा भातृ संस्थालाई क्रियाशिल बनाउने, प्रशिक्षण दिई गुट र उपगुट अन्त्य गर्ने भूमिका खेल्ने उनले प्रष्ट्याए। १३ औं महाधिवेशनमा जिल्ला सचिव रहेका लामिछाने हाल पोखरा महानरपालिका–९ का अध्यक्ष हुन्। उनले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग छलफल गरी आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन्। २०३६ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका लामिछानेसँग तरुण दल हुँदै कास्की कांग्रेसको सचिव पदमा रहेर काम गरिसकेका छन्।  

लामिछानेलाई गत स्थानीय तहमा निर्वाचनमा पार्टीले पोखरा ९ को अध्यक्षका लागि सिफारिस गर्‍यो। अध्यक्षमा निर्वाचित भएपछि सचिव पद त्यागेका थिए। पार्टीमा कुशल नेताको छवि बनाएका लामिछाने हाल पोखरा महानगरमा कांग्रेसको तर्फबाट दलको नेता तथा सचेतक रहेर महानगरमा भएका अयिनयमिताबारे खबरदारी गर्दै आएका छन्। 

पार्टीको संगठन बलियो बनाएर आगामी निर्वाचनमा पार्टी जिताउने क्षमता आफूमा रहेको उनले दाबी गरेका छन्। उनले पार्टीका शीर्ष नेता देखि केन्द्रीय, क्षेत्र, जिल्ला र वडा तहका नेतासँग निकट रहेर काम गरेका अनुभव छ। पार्टीमा गुट उपगुटभन्दा एक ढिक्का बनाएर लैजानु पर्ने आवाज सधैँ उठाउँदै आएका लामिछानेले नगरको जिम्मा पाए पार्टीलाई अझै बलियो बनाउन सक्ने क्षमता आफूमा रहेको उनको दाबी छ।

कांग्रेसको तर्फबाट गत स्थानीय चुनावमा विजयी भइ जनप्रतिनिधिका रुपमा पोखरा महानगरपालिका–११ को नेतृत्व समाल्दै आएका बाँस्तोलाले काग्रेसलाई आउँदो स्थानी चुनावमा पहिलो पार्टीको रुपमा स्थापित गर्ने रणनीतिका साथै आफ्नो राजनीतिक यात्रा पोखरा महानगरभर विस्तार गर्न उम्मेद्वारी घोषणा गरेको बताए। 

स्थानीय जनप्रतिनिधिका रुपमा पोखरा महानगरपालिका आइसकेपछि पोखरा महानगरपालिकाको विकास समिति संयोजक र वातावरण तथा विपद व्यवस्थापन समितिको सभापतिको रुपमा ४ वर्ष काम गर्दा आफुले ३३ वटै वडामा पार्क निर्माण, मठमन्दिर तथा किरियापुत्री भवन निमार्ण तथा संरक्षणलाई जोड दिएको बताए।  

महानगरपालिका भित्रका अनेकाैं बेथितिलाई चिर्न पनि कांग्रेस आगामी चुनाबमा पहिलो पार्टी भएर आउनैपर्ने उनको जोड थियो। आफु कुनै पनि गुट उपगुटमा रहेर नभइ स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरेको पनि बााँस्तोलाले स्पष्ट पारे। 
अर्को समाचार
कांग्रेस महाधिवेशनः उम्मेदवारी मनोनयन प्रक्रिया सुरु
२५ मंसिर २०७८
•
२ मिनेट पाठ
कांग्रेस महाधिवेशनः उम्मेदवारी मनोनयन प्रक्रिया सुरु
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएको छ।




आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ।

अहिलेसम्म केन्द्रीय सदस्यका उम्मेदवारले मात्रै दर्ता फाराम लगेको छन्। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचन कार्यक्रम अन्तर्गत सम्पूर्ण तयारी पुरा भएको बताए।

संयोजक घिमिरेले निर्वाचनको समयतालिकाभित्रै सम्पूर्ण प्रक्रिया सकिने विश्वास व्यक्त गरे। उनकाअनुसार निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ। आइतबार दावी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ।

मतदान सकिएपछि सभापतिको उम्मेदवारको मतगणना राष्ट्रिय सभा गृहमा हुनेछ। पहिलो चरणमा खसेको मतको ५१ प्रतिशत नआए भोलीपल्टै पुनः मतदान हुनेछ। सभापति बाहेकका उम्मेदवारको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना हुने संयोजक घिमिरेले जानकारी दिए । यस पटक विभिन्न क्लस्टरका २९ वटा मतपत्र रहेको छ।

मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ। कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्।

निर्वाचनबाट देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ। पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।

त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार,मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

कांग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो। गएराति नै सुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति,प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ। कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ। (रासस)
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस