फुटबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने एमालेको संकल्प
२१ भदौ २०७८
•
३ मिनेट पाठ
फुटबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने एमालेको संकल्प
बैठकको निर्णय सार्वजनिक गर्दै एमाले अध्यक्ष रामप्रसाद दंगाल। तस्बिर: नागरिक
नेकपा एमाले खोटाङले फुटबाट पार्टीलाई पुग्ने क्षतिलाई सकेसम्म न्यूनीकरणको पहल गर्ने संकल्प गरेको छ। एमालेबाट अलग्गिएका माधव नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएको अवस्थामा एमाले जिल्ला कमिटिको भदौ १९ र २० गते समिक्षालय हलमा सम्पन्न ११औं पूर्ण बैठकले फुटबाट पार्टीलाई पुग्ने क्षतीलाई सकेसम्म न्यूनीकरणका लागि पहल गर्ने संकल्प गरेको जनाएको छ। 




एमाले जिल्ला कमिटिले सोमबार बिहान जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष रामप्रसाद दंगालले मुलुकको बलियो शक्तिकोरुपमा रहेको एमालेलाई फुटाउने षडयन्त्र गरेर देशलाई प्रतिक्रियावादी शक्तिको पाउमा सुम्पने धृष्टताविरुद्ध डटेर सामना गर्ने बताएका छन्। 

‘मुलुकको बलियो शक्तिकोरुपमा रहेको नेकपा एमालेलाई प्रतिक्रियावादी शक्तिहरुले सिर्जना गरेको अध्यादेशको जगमा उभिएर विभाजन गर्ने र नेपालको वामपन्थी, प्रगतिशील र राष्ट्रवादी शक्तिलाई कमजोर पार्ने दुरासय बोकेर माधव नेपाल लगायतका केही नेताहरुले हर्कत गरेको जगजाहेर नै छ,’ अध्यक्ष दंगालले भने, ‘बलियो जनपक्षीय शक्तिलाई फुटाउने षडयन्त्र गरेर देशलाई प्रतिक्रियावादी शक्तिको पाउमा सुम्पने धृष्टताविरुद्ध डटेर सामना गर्ने र पार्टीलाई पुर्‍याउने क्षतीलाई सकेसम्म न्यूनीकरण गर्ने संकल्प बैठकबाट गरेका छौँ।’  

एमालेले सुर्य चिन्हबाट निर्वाचित भएका जिल्लाका जनप्रतिनिधिलाई टुटफुट र विभाजनको पक्षमा नलाग्न आव्हान गरेको छ। निर्वाचन आयोगले बदनियत राखेर एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई सनाखत गराई नेकपा (एकीकृत समाजवादी)मा समावेस गराउने समयसीमा दिएको अवस्थामा एमालेले सुर्य चिन्हबाट निर्वाचित भएका जनप्रतिनिधिलाई टुटफुट र विभाजनको पक्षमा नलाग्न आव्हान आव्हान गरेको हो। बैठकले पार्टी केन्द्रीय कमिटि र स्थायी कमिटिको निर्णय अनुसार पार्टीको सम्पूर्ण संरचना २०७५ साल जेठ २ मा फर्काउने निर्णय गरेको एमालेले जनाएको छ।  

एमाले पदाधिकारीमा जिम्मेवारी हेरफेर

नेकपा एमाले जिल्ला कमिटिको २०७२ साल बैसाख १० गतेदेखि १४ गतेसम्म भएको छैठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष बबी चाम्लिङ नवगठित नेकपा (एकीकृत समाजवादी)मा लागेपछि बैठकले एमालेको अध्यक्षमा रामप्रसाद दंगाललाई मनोनयन गरेको छ। जिल्ला अधिबेसनबाट उपाध्यक्ष चुनिएका दंगाल अध्यक्ष भएपछि सचिव देवबिक्रम राई उपाध्यक्ष र उपसचिव कुमार आचार्य सचिवको जिम्मेवारी दिइएको एमालेले जनाएको छ। उपसचिव पद भने रिक्त राखिएको छ। यद्यपी सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई व्यूँताइदिएपछि गत फागुन २५ गते दंगाललाई एमाले अध्यक्षमा मनोनयन गरिएको फेसबुकमार्फत सार्वजनिक भएको थियो। त्यस लगत्तै चाम्लिङले फेसबुकबाटै असहमती जनाएका थिए।  

बैठकले संगठन निर्माणका लागि जिल्लामा अभियान चकलाउने, हप्ता दिनभित्र साविकको टोल कमिटि गठन गर्ने, आगामी कात्तिक ६ गतेभित्र वडा अधिबेसन सक्ने, कात्तिक ९ गतेभित्र नगर तथा गाउँपालिका अधिबेसन सक्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। एमालेले संगठनलाई व्यवस्थित गर्नका लागि अध्यक्ष दंगालको संयोजकत्वमा ७ सदस्यीय, पार्टी सदस्य व्यवस्थापनका लागि सचिव आचार्यको संयोजकत्वमा ३ सदस्यीय र जनवर्गीय संगठन व्यवस्थापनका लागि युवा संघका नेता दिलचक्र राईको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको जनाएको छ। 

एमालेले कोभिड–१९ को महामारीबाट संक्रमित बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण नागरिकलाई पारदर्शी मापदण्ड अपनाएर शिघ्र र व्यवस्थित रुपमा खोप उपलव्ध गराउन सरकारसँग माग माग गरेको छ। एमालेको ११ औं पूर्ण बैठकले कोभिड–१९ को संक्रमण एवं अन्य कारणबाट ज्यान गुमाएका आफ्नो नेता तथा कार्यकर्ता, शुभेच्छुकको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। खोटाङमा एमाले जिल्ला कमिटिको बैठक उद्घाटन र नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय उद्घाटन एकैदिन गरिएको थियो। 
अर्को समाचार
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
२७ मिनेट अघि
•
० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
काठमाडौं । ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको छ।




समितिले आज (शनिबार) दिउँसो ३ बजे काठमाडौंको असन डबलीमा विरोध कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले विरोध कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुन सबै सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

सरकारको निर्णयको विरोधमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा समितिका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस