कांग्रेसको राष्ट्रिय शिक्षा नीति
१४ भदौ २०७८
•
३ मिनेट पाठ
कांग्रेसको राष्ट्रिय शिक्षा नीति
विश्वविद्यालयमा ११ मिनेट पनि समय दिन नसक्ने व्यक्ति देशका ११ वटा विश्वविद्यालयको कुलपति बन्न उचित नहरेको प्रस्तावसहित नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ। साथै शिक्षा क्षेत्रलाई गुणस्तर बनाउन शिक्षक, प्राध्यापक र विद्यार्थीलाई कुनै पनि दलको सदस्यता लिन नपाइने व्यवस्थाको नीतिमा प्रस्ताव गरिएको छ।  




दुई वर्ष समय खर्च गरेर देशका विभिन्न विज्ञ, शिक्षाविद्, विद्यार्थी, अभिभावक, शिक्षकका सबै संघ संगठन, विद्यालय प्रदेशलगायतका शिक्षाका सबै सरोकारवाला पक्षसँग प्रत्यक्ष भेट र छलफल गरी तयार पारेको शिक्षा नीतिको प्रस्ताव काग्रेस शिक्षा विभागले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।  

एक सय १६ पृष्ठको शिक्षा नीतिको प्रस्तावमा विश्वविद्यालयलाई पूर्णरूपमा स्वायत्त बनाउन विश्वविद्यालयमा कायम रहेको राजनीति हस्तक्षेपको अन्त्य गरिनुपर्ने र प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्थालाई परिवर्तन गरी प्राज्ञिक व्यक्तिलाई नै विश्वविद्यालयको कुलपति वा अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरिएको छ। 

शिक्षा विभाग प्रमुख हरि नेपाललगायत व्यक्ति संलग्न रही तयार पारिएको उक्त शिक्षा नीति प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने क्रमममा यो विषयमा प्रम देउवाले समेत चासो राखेर सवाल–जवाफ गरेको नेपाल बताउँछन्। ‘देशमा ११ विश्वविद्यालय सञ्चालनमा छन्। प्रधानमन्त्रीले एउटा विश्वविद्यालयमा ११ मिनेट पनि समय दिन नसकेको हाम्रो दुई वर्षको अध्ययनले देखायो,’ विभाग प्रमुख नेपालले भने, ‘यही विषय हामीले प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई अवगत गरायौं।  

वहाँले भारतमा नरेन्द्र मोदी कुनै विश्वविद्यालयका कुलपति छन् कि छैनन् भनेर सोध्नुभयो । हामीले वास्तविकता जनाउँदै छैनन् भन्यौं । त्यसपछि प्रधानमन्त्रीज्यूले यो व्यवस्था हटाए हुन्छ भन्नुभयो,’ उनले प्राम देउवका भनाइ उद्धृत गर्दै भने, ‘अब विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउनुपर्ने मेरो सहमति छ । प्रमको निर्देशनपछि नीति सार्वजनिक भयो ।’

यसका साथै विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक उन्नतिका लािग प्रधानमन्त्रीको अध्यक्षतामा कम्तीमा सात सदस्यीय उच्च शिक्षा आयोग वा परिषद्को गठन गर्नुपर्ने, प्राज्ञिक व्यक्तिलाई उच्च शिक्षा आयोग वा परिषद्को उपाध्यक्ष बनाउनुपर्ने, अनुदान आयोगको अध्यक्ष र विश्वविद्यालयको कुलपति वा अध्यक्ष छनोटका लागि कम्तीमा पनि पाँच सदस्यीय उच्च शिक्षा आयोग वा परिषद्का पदाधिकारी तथा सदस्य तथा प्राज्ञिक व्यक्तिहरूको समूह गठन गर्नुपर्ने सुझाएको छ।

‘विश्वविद्यालयमा पदाधिकारीलगायतको नियुक्ति प्राज्ञिक व्यक्तिहरू र उच्च शिक्षा आयोग वा परिषद्का सदस्यको सिफारिसमा उच्च शिक्षा आयोग वा परिषद्को उपाध्यक्षले गर्नुपर्नेछ,’ शिक्षा नीतिमा प्रस्ताव गरिएको छ । विश्वविद्यालयमा कार्यरत उपकुलपति, डिन, प्राध्यपाकलगायतलाई आ–आफ्नो कार्यबारे जिम्मेवार बनाउनुपर्ने, विश्वविद्यालयमा प्राध्यापन गराउने प्राध्यापकले वर्षमा कम्तीमा दुईवटा अनुसन्धानात्मक लेख तथा रचना सम्बन्धित विभागमा बुझाउने व्यवस्था कार्यन्वयन गर्नुपर्ने पनि प्रस्ताव गरिएको छ ।  

विभागका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले विद्यालय शिक्षामा अत्याधिक राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अबदेखि विद्यालयको र विश्वविद्यालयका शिक्षक, प्राध्यापक र विद्यार्थीले कुनै पनि दलको सदस्यता लिन नपाइने व्यवस्था शिक्षा नीतिमा गरिएको बताए। ‘अहिले देश नेपाली कांग्रेसकै नेतृत्वमा छ । 

जबसम्म शिक्षालाई प्राथमिकतामा राखिन्न तबसम्म नेपाल अघि बढ्न सक्दैन,’ सचिव पौडेलले भने, ‘शैक्षिक क्षेत्रलाई दलीय राजनीति हस्तक्षेपबाट रोक्न शिक्षक, प्राध्यापक र विद्यार्थीलाई दलको सदस्यता लिन बन्देज लगाइने व्यवस्था गरिएको छ ।’ उनले थपे, ‘यसका लागि शिक्षक परिषद् , प्राध्यापक परिषद् र विद्यार्थी कल्याणकारी परिषद्को स्थापना गरी शिक्षालाई निर्वाध रूपमा चल्न दिनुपर्ने नीतिमा प्रस्ताव गरिएको छ ।’
अर्को समाचार
कांग्रेसको राष्ट्रिय शिक्षा नीति: प्रधानमन्त्री कुलपतिबाट हटाउने प्रस्ताव
१४ भदौ २०७८
•
३ मिनेट पाठ
कांग्रेसको राष्ट्रिय शिक्षा नीति: प्रधानमन्त्री कुलपतिबाट हटाउने प्रस्ताव
विश्वविद्यालयमा ११ मिनेट पनि समय दिन नसक्ने व्यक्ति देशका ११ वटा विश्वविद्यालयको कुलपति बन्न उचित नहरेको प्रस्तावसहित नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ। साथै शिक्षा क्षेत्रलाई गुणस्तर बनाउन शिक्षक, प्राध्यापक र विद्यार्थीलाई कुनै पनि दलको सदस्यता लिन नपाइने व्यवस्थाको नीतिमा प्रस्ताव गरिएको छ।  




दुई वर्ष समय खर्च गरेर देशका विभिन्न विज्ञ, शिक्षाविद्, विद्यार्थी, अभिभावक, शिक्षकका सबै संघ संगठन, विद्यालय प्रदेशलगायतका शिक्षाका सबै सरोकारवाला पक्षसँग प्रत्यक्ष भेट र छलफल गरी तयार पारेको शिक्षा नीतिको प्रस्ताव काग्रेस शिक्षा विभागले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।  

एक सय १६ पृष्ठको शिक्षा नीतिको प्रस्तावमा विश्वविद्यालयलाई पूर्णरूपमा स्वायत्त बनाउन विश्वविद्यालयमा कायम रहेको राजनीति हस्तक्षेपको अन्त्य गरिनुपर्ने र प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्थालाई परिवर्तन गरी प्राज्ञिक व्यक्तिलाई नै विश्वविद्यालयको कुलपति वा अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरिएको छ। 

शिक्षा विभाग प्रमुख हरि नेपाललगायत व्यक्ति संलग्न रही तयार पारिएको उक्त शिक्षा नीति प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने क्रमममा यो विषयमा प्रम देउवाले समेत चासो राखेर सवाल–जवाफ गरेको नेपाल बताउँछन्। ‘देशमा ११ विश्वविद्यालय सञ्चालनमा छन्। प्रधानमन्त्रीले एउटा विश्वविद्यालयमा ११ मिनेट पनि समय दिन नसकेको हाम्रो दुई वर्षको अध्ययनले देखायो,’ विभाग प्रमुख नेपालले भने, ‘यही विषय हामीले प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई अवगत गरायौं।  

वहाँले भारतमा नरेन्द्र मोदी कुनै विश्वविद्यालयका कुलपति छन् कि छैनन् भनेर सोध्नुभयो। हामीले वास्तविकता जनाउँदै छैनन् भन्यौं। त्यसपछि प्रधानमन्त्रीज्यूले यो व्यवस्था हटाए हुन्छ भन्नुभयो,’ उनले प्राम देउवका भनाइ उद्धृत गर्दै भने, ‘अब विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउनुपर्ने मेरो सहमति छ। प्रमको निर्देशनपछि नीति सार्वजनिक भयो।’

यसका साथै विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक उन्नतिका लािग प्रधानमन्त्रीको अध्यक्षतामा कम्तीमा सात सदस्यीय उच्च शिक्षा आयोग वा परिषद्को गठन गर्नुपर्ने, प्राज्ञिक व्यक्तिलाई उच्च शिक्षा आयोग वा परिषद्को उपाध्यक्ष बनाउनुपर्ने, अनुदान आयोगको अध्यक्ष र विश्वविद्यालयको कुलपति वा अध्यक्ष छनोटका लागि कम्तीमा पनि पाँच सदस्यीय उच्च शिक्षा आयोग वा परिषद्का पदाधिकारी तथा सदस्य तथा प्राज्ञिक व्यक्तिहरूको समूह गठन गर्नुपर्ने सुझाएको छ। 

‘विश्वविद्यालयमा पदाधिकारीलगायतको नियुक्ति प्राज्ञिक व्यक्तिहरू र उच्च शिक्षा आयोग वा परिषद्का सदस्यको सिफारिसमा उच्च शिक्षा आयोग वा परिषद्को उपाध्यक्षले गर्नुपर्नेछ,’ शिक्षा नीतिमा प्रस्ताव गरिएको छ। विश्वविद्यालयमा कार्यरत उपकुलपति, डिन, प्राध्यपाकलगायतलाई आ–आफ्नो कार्यबारे जिम्मेवार बनाउनुपर्ने, विश्वविद्यालयमा प्राध्यापन गराउने प्राध्यापकले वर्षमा कम्तीमा दुईवटा अनुसन्धानात्मक लेख तथा रचना सम्बन्धित विभागमा बुझाउने व्यवस्था कार्यन्वयन गर्नुपर्ने पनि प्रस्ताव गरिएको छ।  

विभागका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले विद्यालय शिक्षामा अत्याधिक राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अबदेखि विद्यालयको र विश्वविद्यालयका शिक्षक, प्राध्यापक र विद्यार्थीले कुनै पनि दलको सदस्यता लिन नपाइने व्यवस्था शिक्षा नीतिमा गरिएको बताए। ‘अहिले देश नेपाली कांग्रेसकै नेतृत्वमा छ। जबसम्म शिक्षालाई प्राथमिकतामा राखिन्न तबसम्म नेपाल अघि बढ्न सक्दैन,’ सचिव पौडेलले भने, ‘शैक्षिक क्षेत्रलाई दलीय राजनीति हस्तक्षेपबाट रोक्न शिक्षक, प्राध्यापक र विद्यार्थीलाई दलको सदस्यता लिन बन्देज लगाइने व्यवस्था गरिएको छ।’ उनले थपे, ‘यसका लागि शिक्षक परिषद् , प्राध्यापक परिषद् र विद्यार्थी कल्याणकारी परिषद्को स्थापना गरी शिक्षालाई निर्वाध रूपमा चल्न दिनुपर्ने नीतिमा प्रस्ताव गरिएको छ।’
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस