स्थानीय तहमा अनियमितता: विपन्न मृतक परिवार विमुख, नातेदारलाई उपचार खर्च!
०६ भदौ २०७८
•
५ मिनेट पाठ
स्थानीय तहमा अनियमितता: विपन्न मृतक परिवार विमुख, नातेदारलाई उपचार खर्च!
सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले आफु चढ्ने जीप चालकलाई दश लाख उपचार खर्च दिन आदेश गरेको खुलेको छ। केसी चढ्ने जिपका चालक गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका विक्रम श्रेष्ठलाई दश लाख उपचार खर्च दिन लेखा अधिकृतलाई आदेश दिएका हुन।  चालक श्रेष्ठ अधिकृत केसीका नातेदार हुन्।  




गोलबजार नगरपालिकाकासँग दुई वटा सरकार गाडी (जीप) हुँदाहुँदै अधिकृत केसीले नयाँ जीप चढ्ने रहर गरे। गोलबजार स्थित गुन्जा कन्सट्रक्सनका साहु विजय साहले नयाँ स्कार्पियो जीप किनेर केसीको रहर पुरा गरिदिए। जीपको मासिक भाडा र इन्धन नगरपालिकाले व्यहोर्ने गरी साहसँग नगरपालिकाले सम्झौता गर्यो। र, जीप अधिकृत केसीले चढ्न थाले।

जीपको चालकमा अधिकृत केसीका नातेदार गोलबजार नगरपालिका –७ का विक्रम श्रेष्ठलाई राखिएको थियो। उनी नगरपालिकाको तर्फबाट राखिएको चालक नभएको गोलबजार नगरपालिका प्रमुख देवनाथ साहले बताए। कोरोनाका दोस्रो लहरमा चालक श्रेष्ठ कोरोना पोजेटिभ भए। उनी उपचारपछि निको भएर फेरी अधिकृत केसी चढ्ने जीप चलाउन थाले। 

यो जीप अधिकृत केसीले कार्यालय प्रयोजनका लागि मात्र नभई निजी प्रयोजनमा समेत प्रयोग गर्दै आएको स्थानीय बताउँछन्। कोरोनाका कालमा यस नगरपालिकाको कार्यपालिकाले जनप्रतिनिधि र कार्यरत कर्मचारीलाई कामको दौरान संक्रमण भए उपचार खर्च नगरपालिकाले व्योहोर्ने निर्णय गरेको थियो। संक्रमित भएका कर्मचारी र जनप्रतिनिधिहरुको उपचार खर्च नगरपालिकाले व्यहोर्यो।  

अधिकृत केसी सरुवा हुनुअघि बसेको कार्यपालिकाको बैठकले विभिन्न निर्णयहरु गर्‍यो। तर, अधिकृत केसी त्यसमै आफु चढ्ने जीप चालकको उपचार खर्च नगरपालिकाले बेहोर्नेछ भन्ने बुँदा पनि चतुराइका साथ छिराइदिएको रहेछ नगर प्रमुख साहले नागरिकसँग भने,‘ अधिकृत केसीले भुक्तानीका लागि लेखा अधिकृतलाई दबाव दिन थालेपछि बल्ल थाहा भयो।’ मैले सम्झौता पत्र पल्टाएर हेर्दा जीपको मासिक भाडा र इन्धन खर्च मात्र नगरपालिकाले बेहोर्नेगरी सम्झौता भएको पाए, प्रमुख साहले भने,‘मैले तत्काल लेखा अधिकृतलाई रकम भुक्तानी रोक्न लगाए।  

नगरपालिकाको पैसा जनताको हो उनले भने,‘नातेदारलाई बाँड्नका लागि कसैलाई छुट छैन। ’ चालक अधिृकतको नातेदार हो उनले भने। अधिकृत केसीको अनियमित कार्यलाई जनप्रतिनिधि र लेखा अधिकृतले रोकेको यो पहिलो घटना हो।  यसअघि उनी मिल्ने कर्मचारीको जालो बनाएर मनोमानी खर्च गर्दै आएको जनप्रतिनिधहरु बताउँछन्। उनको मनोमानी यस पल्ट रोकिएको छ वडा नम्बर १ का वडा अध्यक्ष देव वहादुर थापाले नागरिकसँग भने,‘उनको हैकमबादी प्रवृतिबाट म आजित भैसकेको छु। मेरो उनीसँग खासै सम्पर्क पनि छैन, उनले भने। ’

नगरपालिकाका लेखा अधिकृत सचितानन्द प्रसादले भने,‘प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले निजी जीपका चालकको उपचार खर्च वापत दश लाख भुक्तानी गर्न आदेश गर्नुभएको छ।’ ‘नियम, कानुन मिचेर म उहाँको आदेश पालना गर्न सक्दिन उनले भने,‘म कुनै पनि हालतमा भुक्तानी गर्दिन। ’ विक्रम श्रेष्ठ न नगरपालिकाका कर्मचारी हुन न जनप्रतिनिधि उनले भने,‘असम्बन्धित व्यक्तिको उपचार खर्च नगरपालिकाले कसरी भुक्तान गर्छ। यो अनियमित काम म गर्न सक्दिन भन्ने जवाफ फर्काइसकेको छुँ, उनले भने। ’

प्रमुख प्रशासकिय अधिकृत केसीले भने,‘म चढ्ने जीपक चालकको  कोरोना उपचार खर्चका लागि भुक्तानी आदेश दिएको हुँ।  मैले दश लाख रकम भुक्तानी गरिदिन आदेश दिएको छु, उनले भने,‘अहिलेसम्म भुक्तानी भैसकेको छैन तर छिट्टै हुन्छ।’ अधिकृतले आफु चढ्ने जीप चालक श्रेष्ठ नगरपालिकामा दैनिक ज्यालादारीको कर्मचारी भएको दाबी गरे। तपाई कर्मचारी भनिरहेको चालक नगरपालिकाको हुँदै नभएको नगर प्रमुख र कार्यपालिका सदस्यहरु भनिरहेका छ नि जिज्ञासामा अधिकृत केसी झोक्किँदै भने, ‘तपाइले भनेर हुन्छ, मैले भनेको सुन्नुस र त्यही बुझ्नुस्। ’  

बिस्तारै शान्त हुँदै केसीले भने, ‘कर्मचारी नभएपनि मानवताको हिसाव दिन त मिलिहाल्छ नि।  कार्यपालिकाले पनि निर्णय गरिदिएपछि भएन, उनले थपे।’ मानवताकै आधारमा हो भने त यस नगरपालिका भित्र कोरोनाका कारण थुप्रै विपन्न व्यतिmले ज्यान गुमाएका छन्। उहाँहरुको परिवारलाई नगरपालिकाबाट समान्य राहत समेत उपलब्ध भएको छैन नि प्रश्नमा अधिकृत केसी फेरी झोक्किए,‘अनि त्यो मैले गर्ने होइन मैले त आफ्नो कर्मचारीको हितमा मात्रै काम गर्ने हो।'

मृतक परिवार विमुख

नगरपालिकाकै वडा नम्बर १ कि निर्वाचित सदस्य चिना श्रेष्ठ क्यान्सरबाट पीडित थिइन्। उपचारका लागि बेखर्ची उनले नगरपालिकामा पटक पटक सहयोगको याचना गरिन्। अधिकृत केसीले नगरपालिकाबाट उपचार खर्च दिन नमिल्ने भनेपछि जनप्रतिनिधिहरु निजीस्तरबाट सहयोग उपब्ध गराएका थिए। उनी भरपर्दो उपचार अभावमै ज्यान गुमाइन्।  

कोरोनाको दोस्रो लहरमा गोलबजार नगरपालिकामा–१२ बेतौना गाउँका ४९ वर्षीय जयकृष्ण पाल र उनका ६० वर्षीय दाजु धनवीर पालले ज्यान गुमाए। धनवीरको गत्त बैशाख १५ गत्ते र जयकष्णको बैशाख १६ गत्ते नोबेल अस्पताल विराटनगरमा निधन भयो। पाल परिवारको आर्थिक अवस्था कमजोर छ।  जनसांख्यिक हिसाबले पाल समुदाय अल्पसंख्यकमा पर्छ। चार दाजुभाइमध्ये जेठा उपेन्द्र पाल किसान हुन्। उनी अलग्गै बस्छन्। माइला धनवीर र साइँला जयकृष्णको परिवार सँगै बस्थ्यो।  

कान्छा भाइ बलरामको दुई वर्षअघि निधन भइसकेको छ। जयकृष्ण एक वर्षअघि एक छोरीको विवाह गर्दा १० लाख रूपैयाँ ऋण लिएका थिए। कोरोनाको उपचारले ६ लाख रूपैयाँ ऋण थपिएको छ।  सयकडा तीनका दरले साहुसँग लिएको ऋणको ब्याजको बोझमाथि अर्की छोरीको विवाह खर्च कसरी जुटाउने भन्ने चिन्ता छ जयकृष्णकी पत्नी मिथिलादेवीलाई। उनी भक्कानिँदै भनिन्, ‘हमर त गारजनो नै रहल आ कर्जो चैढ गेल (मेरो त श्रीमान् पनि गुम्यो, ऋण पनि चढ्यो)।’

आर्थिक अवस्था कमजोर भएका जयकृष्णले वैदेशिक रोजगारीबाट परिवारको पालनपोषण गर्दै आएका थिए। पत्थरीको समस्या देखिएपछि उनी दुई वर्षदेखि घरमै थिए। विदेशको आम्दानीबाट अलिकति जग्गा जोडेकाले पछिल्लो समय खेतीकिसानीबाटै परिवार धानिएको थियो। पत्थरीको समस्या निको भएपछि फेरि विदेश जाने उनको सोच थियो। छोरीको विवाहमा लागेको ऋण र उपचार गराउँदा लिएको ऋण उनी विदेशमै कमाएर चुक्ता गर्न चाहन्थे।  

पाल दाजुभाईको निधनले थलिएका परिवारलाई राहत त परको कुरा सन्त्वना दिन समेत नगरपालिकाको तर्फबाट उपस्थिति भएन।  ‘दुखियाके लेल कोनो सरकार नै छै (गरिब, असहाय, दुःखीका लागि सरकार छैन),’ उनी भन्छिन्, ‘गरिबके उपचार सरकारके जिम्मा सुन्ने रहियै सब झुट छै (गरिबको उपचार खर्च सरकारले बेहोर्छ भन्ने सुनेकी थिएँ, सब झुट रहेछ)।’ आफ्नो सुविधाका लागि आरमदायी जीप भाडामा चढ्ने कर्मचारीले मानवताको दुहाई दिएर नातेदार चालकलाई उपचार खर्च भनेर ठूलो धनराशी दिन खोज्नु विडम्बना भएको गोलबजारबासी बताउँछन्।  
अर्को समाचार
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
२५ मिनेट अघि
•
१ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
ताप्लेजुङ । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्चालनतर्फ उन्मुख रहेको दाबी गरेका छन्।




नेपाल बार एसोसिएसन जिल्ला अदालत इकाइ, ताप्लेजुङको नवनिर्मित बार भवनको उद्घाटन कार्यक्रममा शनिबार फुङलिङमा सम्बोधन गर्दै मिश्रले सरकारले न्यायालयमा सुधार गर्नुपर्ने विषयमा यथाशीघ्र श्वेतपत्र जारी गर्नुपर्ने खाँचोसमेत औँल्याए।

वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको मिश्रको आरोप थियो।

‘विधि र प्रक्रियाभन्दा पनि चयनमुखी नीतिमार्फत सरकारले न्याय प्रशासनलाई सत्ताको स्वार्थअनुकूल अघि बढाउन खोजिरहेको छ,’ मिश्रले भने।

उनले वर्तमान सरकारले सत्ताको छायामा गरिने अनुसन्धानलाई बढावा दिइरहेको दाबीसमेत गरे। सत्ताका पात्र परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउँदै मिश्रले फौजदारी न्याय प्रशासनलाई संरक्षण गर्नुपर्ने सरकारले आफ्नै उद्देश्य परिपूर्ति गर्ने व्यक्तिहरू छनोट गरी न्याय प्रशासनलाई सत्ताको छायामा पार्ने प्रयास गरिरहेको बताए।

‘विगतका सरकारले न्यायालयमा आफ्ना मान्छे भर्ती गरेको आरोप लाग्ने गरेको थियो। अहिलेको सरकारले देखिजानी आफ्नू अनुकूलको न्याय सम्पादन गराउने बदनियत राखेर चयनमुखी प्रक्रिया अपनाएको छ,’ मिश्रले भने।

उनले फौजदारी न्याय प्रशासन सोसल मिडियाको ट्रायलबाट प्रताडित र आक्रान्त भएको पनि बताए। पुलिङ र अल्गोरिदमबाट वकिल तथा न्यायालय डराउन नहुने उनको भनाइ थियो।

फौजदारी न्याय प्रशासन घुसखोरी, भ्रष्टाचारीकरण र दलालीकरणबाट पूर्ण रूपमा प्रभावित भएकोसमेत मिश्रले बताए। वर्तमान सरकारबाट न्याय क्षेत्रमा गरिएको सुधारको अपेक्षा सरकारले चयनमुखी प्रणाली र बिचौलियासहितका व्यक्तिको संरक्षणजस्ता कारणले गुमाइसकेको उनको भनाइ थियो।

भ्रष्टाचार र दलालीकरणविरुद्धका अभियानमा नेपाल बार सधैँ सरकारको साथमा रहेको, तर बिचौलियाको प्रभावका कारण वर्तमान सरकार बाहिर जान नसकेको पनि मिश्रले बताए।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य खगेन्द्रसिं हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमसहित नेपाल बारका केन्द्रीय तथा प्रादेशिक पदाधिकारीहरू र विभिन्न जिल्लाका बार अध्यक्षहरूले सम्बोधन गरेका थिए।

जिल्ला अदालतको हाताभित्र ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको बार भवनको निर्माण कार्य पूरा भएसँगै अब बारको दैनिक कामकाज नवनिर्मित भवनबाटै सञ्चालन हुने बार ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए।

कार्यक्रममार्फत बार भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई ताप्लेजुङ बारले कदरपत्रद्वारा प्रशंसा गरेको ताप्लेजुङ बारका सचिव सन्तोष प्रसाईंले बताए।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस