पेशाले शिक्षक। तर मष्तिस्कमा भरिएको राजनीतिक ‘चेत’ रत्तिभर बिचलित थिएन। मसालका कट्टर कार्यकर्ता। विद्यालयमा पढाउने स्थायी शिक्षक रोल्पाका कुलप्रसाद केसी ‘सोनाम’ राजनीतिक गतिविधिका पनि उस्तै ‘मास्टर’ थिए।
मसाल राजनीति विस्तारका लागि अध्यापन बाहेकको समय उनी गाउँगाउँमा राजनीतिक कक्षा सञ्चालन गर्थे। कम्युनिष्टको आदर्श र सिद्धान्त पढाउन गाउँगाउँ पुग्ने केसीका लागि राजनीतिक प्रतिष्पर्धामा ‘मसाल’ लाई पास गराउनु राजनीतिक कार्यभार थियो। उनी शिक्षण पेशासंगै मसालको राजनीतिमा थिए।
अध्यापन पछिको राजनीतिक कर्मकै कारण उनको अध्यापन यात्रामा बिराम लाग्यो। २०५० मा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई ‘कालो झण्डा’ देखाउने ‘शाहस’ को दुष्परिणाम २०४८ देखिका शिक्षक सोनाम जागिरबाट हात धुन बाध्य भए। त्यो बेला कोइराला रोल्पा पुगेका थिए। तत्कालीन प्रधानमन्त्री कोइरालालाई कालो झण्डा देखाएकै कारण राज्यले उनलाई बिभिन्न मुद्दा लगायो अनि शिक्षण पेशाबाट बर्खास्त गरिदियो। शिक्षण पेशाबाट निलम्बन भएपछि केसीका लागि राजनीतिक निर्बिकल्प यात्रा बन्यो। प्रधानमन्त्रीलाई कालो झण्डा देखाएकै कारण शिक्षण पेशाबाट हात धुनु परेको घटनाको ईखले पनि उनलाई राजनीतिक प्रतिशोध साँध्ने साहस बढ्नु स्वाभाविकै थियो।
शिक्षण पेशाबाट हात धोएका सोनाम २०५२ को जनयुद्धमा सामेल हुने निर्णयमा पुगे। माओवादीको दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला सदस्य चुनिएपछि औपचारिक रुपमै ‘प्रचण्डपथ’ को मार्गमा सोनामको राजनीतिक यात्रा सुरु भयो। यति मात्रै हैन, द्वन्द्वको कार्यदिशा बोकेको माओवादीका कार्यकर्ता बनेका उनी रोल्पाको होलेरी आक्रमणमा राज्यविरुद्ध भिडे। राज्यविरुद्ध होलेरीमा पहिलो परेड खेलेका उनै सोनाम मुख्यमन्त्रीको कुर्सीमा बिराजमान बनेका छन्। बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री चनिएका छन्।
जिल्ला सदस्य बनेर माओवादीको भूमिगत राजनीतिक यात्रा थालनी गरेका सोनाम माओवाद सिद्धान्तका कुशल ब्याख्याकारका रुपमा समेत चिनिए। ०५५ मा दाङ, सल्यान, प्यूठान जिल्लाको माओवादी सेक्रेटरी बनेका सोनाम ०५६ मा भेरी कर्णाली क्षेत्रका शैन्य कमाण्डर चुनिए। जिल्ला हुँदै बिभिन्न क्षेत्रमा ‘माओवादको कमाण्ड’ सम्हालेका सोनाम ०५८ सालमा माओवादीको केन्द्रीय सदस्य बनेका थिए।
माओवादी राजनीतिमा बौद्धिक नेताको छबी बनाएका सोनामले माओवादी राजनीतिमै लागेका कारण जेल सजाय भोग्नु पर्यो। २०६० मा पार्टीको बैठकमा भाग लिन भारत जाने क्रममा उनी गिरफ्तारीमा परेका थिए। उनलाई त्यो बेला तीन वर्षसम्म भारतको बक्सर जेल चलान गरिएको थियो।
२०६३ मा जेलमुक्त भएका केसी जनमुक्ति सेनाको कमिसार बने। शान्ति प्रकृया सुरु भएपछि सेना समायोजनका क्रममा उनी वाईसिएलको ईन्चार्ज तोकिएका थिए। नेकपामा विभाजन आएपछि उनी मोहन बैद्यको समूहमा सेपिएका थिए। २०७३ मा गठन भएको नेकपा माओवादी केन्द्रमा फर्किएपछि केसीलाई माओवादी राजनीति फलिफाप साबित बन्यो।
उनी रोल्पा क्षेत्र नम्बर १(क) बाट उम्मेदवार बने र उनी निर्वाचित भए। यो बिजयले संसदीय यात्राको सुरुवात गराईदिएका केसी तत्कालीन ५ नम्बर प्रदेशको माओवादी संसदीय दलको नेता चयन भए। तत्कालीन नेकपा नेतृत्वको सरकार प्रदेशमा निर्माण हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएर ‘हेभिवेट यात्रा’ थालनी गरेका केसीका लागि नेकपा खारेजी उनको ब्यक्तिगत जीवनमा लाभसिद्ध भयो।
नेकपा खारेजी पश्चात सुरु भएको प्रदेशको सत्ता परिवर्तनको खेलका नायक उनै केसी बने। केही महिनादेखिको यो खेलले बुधबार टुंगो पायो। यसको प्रतिफल उनै केसी सरकारको नेतृत्वकर्ता बनेर लुम्बिनी प्रदेशको सत्ता हाक्ने अवसर प्राप्त गरे।
त्यसोत, नेकपा खारेजी पश्चात एमाले तिर सेपिएका आफ्ना केन्द्रका नेताको पछि लागेनन् केसी। उनी रामबहादुर थापासंग निकट थिए। नेकपा खारेजी पश्चात माओवादी/एमाले राजनीतिको खिचातानीमा तटस्थ बसेका केसी अन्ततः माओवादी केन्द्रमै सामेल भएका थिए।
फलतः उनको त्यो निर्णय आफ्ना लागि बिवेकपूर्ण निर्णय साबित भईदिएको छ।