ओलीप्रति मिलन पाण्डेको कटाक्षः सबै कुरा गयो, तर ढिपी र अहम् गएन
२८ साउन २०७८
•
१ मिनेट पाठ
ओलीप्रति मिलन पाण्डेको कटाक्षः सबै कुरा गयो, तर ढिपी र अहम् गएन
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै कुरा गुमे पनि ढिपी र अहम् नहटेको भन्दै कटाक्ष गरेका छन्। ओलीको अहम्ताका कारण उनको पार्टी एमालेलाई प्रदेश सरकरदेखि केन्द्र सरकारसम्म क्षति पुगेको उनले बताए।  




'एउटा आत्म केन्द्रित मान्छेको ढिपीले कतिसम्म बिग्रिन सक्छ भन्ने ज्वलन्त उदाहरण हो, केपी ओली', सामाजिक सञ्जाल फेसबुकमा उनले भने, '२/३ को सरकार गयो। ६ वटा प्रदेश सरकार आफ्नै थियो, गयो। शक्तिशाली कम्युनिस्ट पार्टीको १ न। को नेता थिए, त्यो गुम्यो। एमाले नै एक छैन, आफ्नै पार्टी गयो। आफ्नै टिम(गुट)का राम्रो भनिएका नेताहरूको छवि गयो। सबै कुरा गयो, तर ढिपी र अहम् गएन।'
अर्को समाचार
‘कसैलाई वैकल्पिक राजनीतिको अपहरण गर्ने छुट छैन’
२१ भदौ २०७८
•
१ मिनेट पाठ
‘कसैलाई वैकल्पिक राजनीतिको अपहरण गर्ने छुट छैन’
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आम नागरिकलाई साक्षी राखेर गरेको पार्टी एकीकरणको मर्म नमार्न अध्यक्ष रवीन्द्र मिश्रलाई आग्रह गरेका छन्। आइतबार विज्ञप्तिमार्फत संयोजक पाण्डेले अध्यक्ष मिश्रले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लगाएर कारबाहीको चेतावनी दिनु हास्यास्पद भएको टिप्पणी गरेका थिए।  




‘रवीन्द्रजीले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लाउँदै कारबाही गर्ने चेतावनी दिनुभएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको थियो, ‘यो हास्यास्यपद छ। ’ पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि समानान्तर गतिविधि होइनन् विज्ञप्तिमा भनिएको छ, ‘समानान्तर गतिविधि भनेको पार्टीको घोषणापत्र र विधान अनुरूप काम नगर्नु भएको हो। पक्कै पनि, समानान्तर गतिविधि गर्नेलाई कारबाही गर्नुपर्छ। 

पार्टीको लाइनभन्दा बाहिर गएर वक्तव्य बाजी गर्नेलाई प्रश्न गर्नुपर्छ। तर त्यसलाई लागि कसले समानान्तर गतिविधि गरेको छ भन्ने कुरा बुझ्न जरुरी छ। अब त त्यो बुझ्न कठिन पनि छैन। ’ यसअघि भदौ १७ गते विवेकशीलका अध्यक्ष मिश्रको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीमा अवैध तथा समानान्तर गतिविधि नगर्न र गरे कारबाही गर्ने चेतावनी दिएको थियो। सो दिन अध्यक्ष मिश्र र संयोजक पाण्डेले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक गरेका थिए।  

पार्टी एकीकरण गर्दा नौ महिनाअगाडि संविधानवादलाई पूर्णत पालना गर्ने भनिए पनि अध्यक्ष मिश्रले पालना नगरी मार्ग प्रशस्त गरेकोमा संयोजक पाण्डेले आपत्ति जनाएका थिए। ‘नौ महिनाअघि मात्र पार्टी एकीकरणको दस्ताबेजमा स्पष्ट रूपमा अग्रगामी पार्टी बनाउने, संविधानवादलाई पूर्णतः पालना गर्ने र हिजोका आन्दोलनका उपलब्धीको रक्षा गर्ने भनेर स्वयं रवीन्द्रजीले नै हस्ताक्षर गर्नुभएको छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। 
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस