लुम्बिनी प्रदेश: सरकारको नेतृत्व आधा-आधा
२७ साउन २०७८
•
३ मिनेट पाठ
लुम्बिनी प्रदेश: सरकारको नेतृत्व आधा-आधा
नेकपा एमालेका शंकर पोख्रेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेशको ‘सत्ता नेतृत्व’ बिपक्षी गठबन्धन तर्फ सोझिएको छ । प्रदेश प्रमुखको ‘नयाँ सरकार गठन आह्वान’ अनुसार बिपक्षी गठबन्धनले संसदमा बहुमतको अंकगणित पुर्याएर आँफूलाई ‘काबिल’ सत्ता नेतृत्वकर्ताको हकदारका रुपमा प्रस्तुत गर्ने छ ।  




चारदल सम्मिलीत यो गठबन्धनमा रहेका प्रमुख दुई दलले प्रदेश सरकारको अबको बाँकी अबधि ‘आधा आधा’ नेतृत्व गरेर पुरा गर्ने छन् । गठबन्धन बिच भएको सहमती अनुसार बाँकी रहेको सरकारको अवधि मध्य आधा माओबादी केन्द्रले सरकारको नेतृत्व गर्ने छ भने बाँकी अवधि कांग्रेसले गर्ने छ । गठबन्धनमा रहेका अन्य साना दलहरु जनता समाजबादी पार्टी र राजमोले भने सरकारमा सहभगीता जनाउने सहमती छ । वर्तमान सत्ता फेरबदलका लागि भएको यो सहमती गठबन्धन निर्माणको पहिलो आधार पनि हो ।  

नेकपा खारेजी पश्चात सत्ता हलचल भएका गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सत्ता समिकरण बारे बिपक्षीहरुको मोर्चाबन्दी सुरु भयो । एमाले ईतरका राजनीतिक शक्तिहरु बिच गठबन्धन निर्माण गरेर प्रदेशको सत्ता परिवर्तन गर्ने योजना मुताबिक लुम्बिनी प्रदेशमा भाबी ‘सत्ता सञ्चालन’ को पनि खाका बन्यो । सरकारको नेतृत्वका सन्दर्भमा बनेको खाका माओबादी र कांग्रेसले सरकार ‘आलोपालो’ चलाउने भन्ने थियो ।

कांगेस र माओबादीले आधा आधा सरकारको नेतृत्व गर्ने सहमती बनेपनि सुरुमा कसको नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने बिषय भने गण्डकी प्रदेशको भुमिकामा निर्भर थियो । लुम्बिनी प्रदेशमा सत्ता फेरबदलको कसरत सुरु भैसक्दा गण्डकीमा भने सुरसारै थिएन । ‘त्यो बेला हाम्रो प्रदेशमा सरकार फेरबदलको कसरत सुरु भैसकेको थियो, यहाँ कांग्रेस र माओबादीले आधा आधा सरकार चलाउने सहमती भैसकेको थियो,’ माओबादी केन्द्रका सांसद ईन्द्रजीत चौधरी भन्छन् ‘तर सुरुमा कसले सरकारको नेतृत्व गर्ने भन्ने बिषय गण्डकीको भुमिकामा निर्भर थियो ।’

उता गण्डकीमा बनेको बिपक्षी गठबन्धनले तत्कालीन मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने योजना बनायो । २ बैशाखमा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै गुरुङ बिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि लुम्बिनीमा पनि सत्ता नेतृत्वको हकदारको टुंगो लाग्यो ।  

गण्डकीमा कांग्रेसलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएपछि लुम्बिनीमा सुरुमा सरकारको नेतृत्व माओबादी केन्द्रले गर्ने निधो भयो । ‘यदि गण्डकीमा माओबादी केन्द्रले सरकारको नेतृत्व पाउने परिस्थती निर्माण भएको भए लुम्बिनी सरकारको नेतृत्व सुरुमा कांग्रेसले लिने गरि अघि बढ्ने सहमती थियो,’ माओबादी सांसद चौधरीले भने ।  

अनि ६ बैशाखमा यो प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल बिरुद्ध अविश्वासको प्रस्ताव गर्दै माओबादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्रीमा प्रस्ताव गरिए । ‘गण्डकीमा कांग्रेसले मुख्यमन्त्री कांग्रेसले पाउने भएपछि लुम्बिनी सरकारको नेतृत्व पहिलो चरणमा माओबादीले गर्ने भन्ने टुंगो लागेको हो,’ सांसद चौधरीले भने ‘सोही अनुसार मुख्यमन्त्रीमा माओबादीका कुलप्रसाद केसीको नाम सिफारीस गरिएको हो ।’  

गठबन्धन निर्माणकै सुत्र ‘सरकारको नेतृत्व आधा आधा’ अनुसार लुम्बिनी प्रदेश सरकारले अबको यात्रा तय गर्ने बिपक्षी दलका सांसदहरु बताउँछन् । पोख्रेलको राजीनामा पश्चात बन्ने सरकारको नेतृत्व माओबादीबाट कुलप्रसाद केसीले गर्ने छन् भने दोस्रो अवधि कांग्रेसका बिरेन्द्र कनौडियाले गर्ने छन् । ‘यो आजको सहमती हैन,गठबन्धन निर्माण गर्ने बेलामै भएको सहमती हो,’कांग्रेसका सांसद शंकर गिरीले भने ‘सरकारको बचेको अवधिमा कांग्रेस र माओबादीले आधा आधा समय नेतृत्व गरेर जाने भन्ने सहमतीबाटै गठबन्धनले औपचारिकता पाएको हो ।’

कांगे्रेसका अनुसार आगामी २ फागुन सम्म माओबादी केन्द्र नेतृत्वको सरकार रहने छ । त्यसपछिको बाँकी अबधि सरकारको नेतृत्व कांग्रेसले गर्ने छ । सत्ता परिवर्तन हुने भएपछि बिपक्षी दलहरुले सत्ता नेतृत्वको अवधि र अन्य पावर सेयरिङका बिषयमा बलियो निर्णय गर्ने जनाएका छन् । 
अर्को समाचार
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
१० मिनेट अघि
•
१ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।

लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।

उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।

‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।

उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।

लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।

‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।

उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।

प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस