अध्याँरो सुरुङमा छिर्दैनौँ
२७ साउन २०७८
•
१ मिनेट पाठ
अध्याँरो सुरुङमा छिर्दैनौँ
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जानीजानी अध्याँरो सुरुङमा नछिर्ने बताएका छन्। ‘शिर निहुराउने छैनाैँ, कसैको टाङमुनि छिर्ने छैनाैँ, साहसी र बहादुरहरूको मात्रै कदर हुन्छ,’ उनले भने। एमालेका अध्यक्ष केपी ओलीको नाम नलिई अध्याँरो सुरुङमा नछिर्ने उनको भनाइ छ। एमालेको विवाद मिलाउने कसरत भैरहेका बेला वरिष्ठ नेता नेपालको अभिव्यक्ति आएको हो ।




आफूनिकट अनेरास्ववियुले एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्यााएका आशिष झाको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले सो कुरा बताएका हुन्। उनले कर्णाली प्रदेशमा ‘साहस र बहादुरी देखाएका’ नेताहरूलाई फेरि चुनाव जिताएर ल्याउने जिम्मा आफ्नो भएको समेत बताएका थिए। ‘कर्णालीका साथीहरूले बहादुरी देखाउनुभयो, कायरता देखाउनु भएन, उहाँहरूले जितेको पद धरापमा छ, खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि उपचुनाव भयो भने उहाँहरूलाई जिताएर ल्याउने जिम्मा मेरो भयो,’ नेता नेपालले भने। नेता नेपालले दम्भी अहंकारीलाई परास्त गर्ने दाबीसमेत गरे। ‘हामी अगाडि बढ्छौं, दृढताका साथ अघि बढ्छौं, शिर निहुराउने छैनौं, कसैको टाङमुनी छिर्ने छैनौं, अँध्यारो सुरुङमा जानेवाला छैनौं, दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरूलाई चुनौती दिएर नै तिनलाई माथ गरेरै अगाडि बढ्नेछौं,’ एमालेका वरिष्ठ नेता नेपालले भने।

उनले कर्णालीका सांसदहरूलाई साहसीको उपमा दिने सन्दर्भमा सो कुरा बताएका हुन्। माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाउन एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए। उनीहरूलाई एमालेले सांसद र पार्टीको साधारण सदस्यताबाट निस्कासन गर्ने निर्णय गरेको थियो। सर्वोच्चले शुरुमा अन्तरिम आदेशमार्फत् त्यसमा रोक लगाए पनि पछि उनीहरूलाई कारबाही गर्ने एमालेको निर्णय सदर गरेको थियो। 
अर्को समाचार
अप्ठ्यारोमा नेता नेपाल
०७ वैशाख २०७८
•
४ मिनेट पाठ
अप्ठ्यारोमा नेता नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन्। उनलाई साथ दिइरहेका धेरैजसो नेताकार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब दिएपछि नेपाल कठिन परिस्थितिमा पुगेका हुन्।  




एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेतालाई जिम्मेवारी लिन आग्रह गरेसँगै पार्टीभित्रै संघर्ष गर्नुपर्ने लाइन बलियो भएको छ। जिम्मेवारी पनि खोसिएको र अब हुने निर्वाचनमा आफूहरूले टिकट पाउने सम्भावना पनि नदेखेपछि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षका केही नेताले अर्को पार्टी निर्माण गर्ने पहल थालेपछि त्यसो नगर्न दबाब बढेको हो।  

‘धेरै साथी एमाले विभाजन गर्नुहुँदैन भनेर लाग्नुभएको छ। माधव नेपाल आफैं पनि यो विषयमा मौन देखिनुभएको छ। पार्टी विभाजन गरेर माओवादीसँग एकीकरण गर्ने भन्ने कुरा स्वीकार गर्ने अवस्था छैन’, नेपाल पक्षका एक नेताले भने। उनका अनुसार नेता नेपालको इमानदारीसामु धेरै नेता नतमस्तक भए पनि पार्टी विभाजन गर्ने विषयमा भने सहमत छैनन्।  

माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले माधव नेपाल समूहसँग चाँडै नै पार्टी एकीकरण हुने भनाइ केही दिनअघि सार्वजनिक गरेका थिए। यसैबीच नेपाल पक्षधर केही नेता ओलीले बोलाएको बैठकमा सहभागी भएका छन्। ओली समूहले सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको थियो। बैठकमा नेपाल समूहका केन्द्रीय सदस्यहरू विष्णु रिजाल, तिलकुमार मेयाङ्बो र सोम मिश्र सहभागी भए।

यसअघि नै नेपाल पक्षधर नेता लालबाबु पण्डित, शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेललगायत ओली पक्षमा लागेका थिए। नेपाल पक्षका सोमप्रसाद पाण्डे, गणेश पहाडी, यज्ञराज सुनुवारलगायतका नेताले पार्टी विभाजन गर्नु हुँदैन भन्ने मत राखिरहेका छन्। ‘धेरैजसो नेताले पार्टी विभाजनको विपक्षमा मत जाहेर गरेका छन् तर पनि पार्टीमा एकता नरहने अवस्था छ यो निकै विडम्बना हो’, नेपाल पक्षका एक नेताले भने।

नेपाल पक्षधर धेरैजसो नेताकार्यकर्ता पार्टी विभाजन गर्न नहुने पक्षमा रहे पनि विवाद सल्टाउन गरिएका प्रयास असफल भइरहेका छन्। पार्टीभित्रको विवाद मिलाउन नेपाल पक्षका नेता योगेश भट्टराईले चारबुँदे प्रस्ताव अघि सारेका थिए। उनले ओली र नेपाल दुवैले आआफ्ना कमजोरीबारे आत्मआलोचना गर्ने, २०७५ जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक राख्ने, माओवादीबाट आएका नेतालाई स्वतः केन्द्रीय सदस्यमा मनोनयन गर्ने र महाधिवेशन आयोजक कमिटी बनाएर देशव्यापी रूपमा वैचारिक मन्थन गर्ने प्रस्ताव राखेका थिए।

उनले यही प्रस्तावमा केन्द्रित रहेर ओली पक्षधर शंकर पोखरेललगायतका नेतासँग छलफल पनि अघि बढाएका थिए तर ताप्लेजुङमा उनी निकटका नेतालाई ओली समूहले प्रलोभन देखाउन थालेपछि संवाद बन्द भएको थियो। ‘ओली पक्षले एकएक गर्दै नेपाल पक्षका नेता चोर्न थालेको छ। त्यसमाथि माओवादीसँग पार्टी मिलाउने भनेपछि अधिकांश नेताले नेपालको साथ छाड्ने सम्भावना छ। अहिले आन्तरिक संघर्षका लागि र समानान्तर कमिटी गठन भनेका कारण नेपाललाई साथ दिएका हुन्। विभाजन हुने अवस्था आउँदा अहिलेकै हाराहारीका नेताकार्यकर्ता नेपालसँग जान कठिन छ’, नेपाल पक्षका एक नेताले भने।  

उनका अनुसार २०६४ सालमा तत्कालीन माओवादीलाई हेर्ने दृष्टिकोणमा ओली र नेपाल एकै ठाउँमा थिए। उनीहरूले माओवादीविरुद्ध प्रहार गर्ने रणनीति लिएका थिए। कालान्तरमा ओलीले माओवादीसँग एकीकरण गरेर नेपाल पक्षलाई पेल्न थालेपछि मात्रै दुई नेताबीचको सम्बन्ध बिग्रेको थियो। ‘ओलीले चुनावी प्रयोजनका लागि माओवादीसँग एकीकरण गरे। त्यही एकीकरण माधव नेपाल र माओवादी नेताहरूबीच सम्बन्ध बलियो बनाउने कडी बन्यो। जसले गर्दा पार्टी विभाजनको अवस्थामा पुग्यो। यसले नेताकार्यकर्तालाई राजनीतिक दुर्गतितर्फ उन्मुख गराएको छ। यो राम्रो कुरा भएन। यसमा माधव नेपालले सोच्नुपर्छ’, ती नेताले भने।  

एक महिनाअघि नेपाल पक्षका केन्द्रीय सदस्य विजयकुमार पौडेलले एमालेभित्र ओलीले टिक्न नदिने र आउँदो निर्वाचनमा पनि ओलीले टिकट दिने सम्भावना नभएकाले अर्को पार्टी खोल्नुपर्ने आशयको राजनीतिक प्रतिवेदन सो समूहको केन्द्रीय कमिटी बैठकमा पेस गरेका थिए। उनको प्रस्ताव बैठकले अस्वीकार गरेको थियो। त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले पार्टीभित्रै संघर्ष गर्ने, समानान्तर कमिटी गठन गर्ने निर्णय गर्दै दुईमहिने कार्यक्रम घोषणा गरेको थियो। त्यसपछि खनाल–नेपाल समूहले सातवटै प्रदेश इन्चार्ज तोकेर समानान्तर कमिटी बनाउन थालेको थियो। नेपाल पक्षले ६७ वटा जिल्लामा समानान्तर कमिटी बनाइसकेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस