मधेस विरोधी आरोप चिर्ने दौडाहामा महन्थ पक्ष
२३ साउन २०७८
•
३ मिनेट पाठ

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत पुगेको छ। ठाकुरले सर्वोच्चमा हालेको मुद्दा विचाराधीन छ। निर्वाचन आयोगबाट जसपाको आधिकारिकता प्राप्त यादव पक्ष संघमा सत्ता समीकरण मिलाउन काठमाडौंमा व्यस्त भइरहँदा आफूहरूमाथि लागेको मधेस विरोधीलगायत आरोप चिर्न ठाकुरसहित उनी पक्षीय नेताहरू मधेस झरेका छन्।

महन्थ पक्षका नेताहरूले शुक्रबार मधेसका चार जिल्लामा अगुवा कार्यकर्ता भेलामार्फत तत्कालीन केपी ओली नेतृत्वको सरकारमा सहभागी हुँदाको १८ दिनको हिसाब पेस गरेका छन्। ओली सरकारमा सहभागी भएर जसपामा विभाजनको बिउ रोपेको भन्नेदेखि मधेस विरोधी तथा प्रतिगमनको मतियारसम्मको आरोप खोपिरहेको ठाकुर पक्ष मधेस विरोधीको आरोप चिर्न मधेस झरेको हो ।

निर्वाचन आयोगबाट जसपाको आधिकारिकता नपाए पनि ठाकुर पक्षले प्रदेश २ का चार जिल्लामा सोही पार्टीकै ब्यानरमा कार्यकर्ता भेला गरेको छ। जसपा अध्यक्षकै हैसियतमा ठाकुरले शुक्रबार महोत्तरीको सदरमुकाम जलेश्वरमा अगुवा कार्यकर्ता भेला गरे। भेलालाई ठाकुरसहित नेता शरत्सिंह भण्डारी, निर्जला राउतले सम्बोधन गरे। त्यस्तै, ठाकुर पक्षका नेता राजेन्द्र महतोले सप्तरीको राजविराजमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरे। भेलालाई महतोसहित नेता केशव झाले पनि सम्बोधन गरेका थिए।  

भेलामा राष्ट्रियसभा सदस्य शेखर सिंह, प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीलगायतका नेता उपस्थित थिए। सिरहामा पनि शुक्रबार नै ठाकुर पक्षका नेता अनिलकुमार झाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरे । झासहित नेता उमाशंकर अरगरिया, सुरेन्द्रकुमार झा, जयनुल राइनलगायतका नेता सिरहाको कार्यक्रममा उपस्थित थिए। बारामा आयोजित  कार्यकर्ता भेलालाई नेता लक्ष्मणलाल कर्णले सम्बोधन गरे। बारा भेलामा जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेललगायतका नेता उपस्थित थिए।

निर्वाचन आयोगको फैसलापछि जसपामा विकसित परिस्थितिबारे कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले भेला आयोजना गरिएको नेताहरूले बताएका छन्। अब कसरी अगाडि बढ्ने भन्नेबारेमा नेताहरूले कार्यकर्ताको सुझावसमेत संकलन गरेका छन्।  

जसपाको आधिकारिकता गुमाएपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम अवतरण भएका ठाकुरमा निराश होइन, मुस्कान देखिन्थ्यो। उनको अनुहारमा निश्चिन्तता देखिन्थ्यो। जसलाई उनले आफ्नो प्रतिक्रियाबाट पुष्टि गरिदिए। निर्वाचन आयोगको फैसला अन्तिम नभएकाले अहिले नै हारजित भन्न नमिल्ने उनको जिकिर थियो। उनको भनाइ थियो, ‘हामी अहिले पनि संघर्षमा छौं। अहिले त फैसला नै भएको छैन। अदालतमा मुद्दा गएको छ, फैसला आएको छैन। फैसला आएपछि न हारजित भनिन्छ। मधेस मुद्दामा हाम्रो अडान अडिग छ, रहिरहन्छ।’

ओली नेतृत्वको सरकारमा सहभागी हुनुको कारण मधेस मुद्दा सम्बोधन गराउनुबाहेक अर्को नभएको उनको प्रष्टोक्ति छ। मुद्दा सम्बोधन गरिदिने ओलीको प्रतिबद्धतालाई विश्वास गरेर उनको सरकारलाई सघाएको ठाकुरको भनाइ छ। ओली सरकारको तारिफ गर्दै उनले भने, ‘प्रतिबद्धताबमोजिम उहाँले संविधान संशोधनका लागि कार्यदल पनि बनाउनुभयो।’ ओली नेतृत्वको सरकार गएर शेरबहादुर देउवा नेतृत्वको सरकार आएको छ। देउवासँग पनि मुद्दा सम्बोधन गर्न आग्रह गर्दा आश्वासन पाएको ठाकुरले बताए।

नेता महतोले उपेन्द्र १८ महिना ओली नेतृत्वको सरकारमा रहँदा गर्न नसकेको काम आफूहरूले १८ दिनमा गरेको दाबी गरेका छन्। महतोले भने, ‘१८ दिनभित्र नागरिकता अध्यादेश ल्याएर देखाइदियौं। मधेस थरुहट आन्दोलनका क्रममा मुद्दा लगाइएका १४० जनाको मुद्दा फिर्ता गरायौं । संविधान संशोधनका लागि कार्यदल बनाउन लगायौं । हामीले नागरिकतासम्बन्धी अध्यादेश ल्यायौं तर अदालतले उल्टाइदियो।’ उपेन्द्रले १८ महिना सरकारमा रहँदा  

पटकपटक प्रयास गरे पनि गर्न नसकेको काम आफूहरूले एकैपटकमा गरेको महतोेले बताए । आफूहरूले थालेका कामलाई अब सरकारमा जान लागेका  उपेन्द्रलाई पूरा गरेर देखाइदिन उनले चुनौती दिए। ‘हामीले सुरुवात गरेका काम उहाँ (उपेन्द्र) ले पूरा गराइदिनुपर्‍यो नि,’ महतोले भने, ‘पुनस्र्थापित संसद्बाट नागरिकता विधेयक पारित होस् । यसै संसद्बाट संविधान संशोधन गरी मधेसका मागहरू सम्बोधन गरियोस्। हामीले चाहेको यही हो।’
अर्को समाचार

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस