कांग्रेस भातृ संगठनद्वारा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग
२१ साउन २०७८
•
१ मिनेट पाठ
कांग्रेस भातृ संगठनद्वारा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।




बिहीवार सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट पार्टी कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापनपत्र बुझाउँदै १४ औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका हुन्। उनीहरुले पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न पनि माग गरेका छन्।  

पार्टीका नीति प्रशिक्षण तथा गणेशमान प्रतिष्ठानका सदस्य प्रमोदहरी गुरागाईंले पार्टीलाई वैधानिक हिसावले कब्जा गर्नका लागि विभिन्न बहानामा गरिएका आल्टाल र देखाइएका उदासीनताले आफूलाई झक्झकाएको बताए। उनले ७७ वटै जिल्ला, सबै क्षेत्र र सबै क्षेत्रमा विधिवत ढंगले पार्टीलाई कब्जा गर्ने, गलत गर्ने नियतका साथ कर्महरु भइरहेको र इतिहासलाई छायाँमा पार्ने कुचेष्ठा गरिएकोले यसमा आफू गम्भीर भएको बताए।

'पार्टीलाई वैधानिक हिसावले कब्जा गर्नको निमित्त विभिन्न बहानामा गरिएका आलटाल र देखाइएका उदासीनताले हामीलाई झक्झक्यायो, त्यही कारणले एउटै परिवारका सदस्य भएको नाताले हामीले श्रद्धेय पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूलाई भन्नुपर्छ', उनले भने, 'वरिष्ठ नेता, पूर्व पदाधिकारीहरु र वर्तमान पदाधिकारीहरुलाई भन्नुपर्छ भनेर ध्यानाकर्षण गराएका हौँ।'

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएपनि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन सकेको छैन।
अर्को समाचार
अब कार्यतालिकाअनुसार संसद्
२२ पौष २०८०
•
१ मिनेट पाठ
अब कार्यतालिकाअनुसार संसद्
प्रतिनिधिसभाले संसद् बैठक बस्ने दिनको कार्यतालिका बनाउन गृहकार्य गरेको छ। एक महिनदेखिको गृहकार्य सकिएपछि शुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग संसद् सचिवालयले तयार गरेको कार्यतालिकाको खाका प्रस्तुत गरेका थिए।




संसद् बैठक कार्यतालिका बमोजिम सञ्चालन भएमा त्यसले प्रभाकारी रूप लिन सक्ने भन्दै सांसदकै पहलमा सभामुखले कार्यतालिकाको लागि छलफल गरेका छन्। संसद् सचिवालयले तयार पारेको प्रस्तावमा सातामा तीन दिन संसदको बैठक गर्ने तीन दिन समिति बैठक बस्ने उल्लेख छ। प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा प्रि-बजेट छलफल गर्ने कार्यतालिका पनि बनाउने तयारी गरिएको छ।

संसदीय समितिहरू पनि नियमित बस्न नसक्ने भएपछि कार्यतालिका बमोजिम चल्नुपर्ने अवस्था आएको छ। कोरम नपुगेर धेरै बैठक बस्न नसकेको अवस्था र संसदीय समितिमा रहेका विधेयकहरू अलपत्र रहने अवस्थाले पनि संसदीय समितिमा कार्यतालिका आवश्यक परेको छ। सांसदहरू आफू खुसी उपत्यकाबाहिर जाने गरेकाले कार्यतालिकाले उनीहरूलाई जथाभावी बाहिर जानलाई रोक्न सक्ने संसद सचिवालयले जनाएको छ।

संसद् र समितिका बैठक सभामुखले कार्यतालिका बमोजिम अघि बढाउन सक्ने हो भने जनताका आवाज पनि उठिरहने र कानून निर्माण र वेथितिको नियन्त्रण गर्न पनि संसद प्रभावकारी हुने देखिएको संसद् सचिवालयको विश्लेषण छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस