केहि दिनअघि एमालेमै फर्किएको भनिएकी लुम्बिनी प्रदेशकी सांसद बिमला ओली आफू माओवादी केन्द्रमै रहेको बताएकी छिन्। उनले माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई म्यासेज गरेर आँफूले दल त्याग नगरेको जनाएकी छिन्। माओवादी केन्द्रका सांसद ईन्द्रजीत चौधरीका अनुसार सांसद बिमलाले केसीलाई मोबाईलमा म्यासेज गरेर आँफू माओवादीमै रहेको जनाएकी हुन्।
‘संसदीय दलको नेतालाई मोबाईलमा म्यासेज गरेर आँफूले दल त्याग नगरेको जनाउनु भएको छ,’सांसद चौधरीले भने ‘बिहिबार सम्म आँफू पार्टीको सम्पर्कमा आउने पनि उहाँले म्यासेजमा लेख्नु भएको छ।’ गत शुक्रबार देखि माओवादी केन्द्रको सम्पर्क भन्दा बाहिर रहेकी सांसद बिमलाले आँफू एमालेमा फर्किएको बिज्ञप्ती जारी गरेकी थिईन्।
तर बिहिवार माओवादी केन्द्रको सम्पर्कमा आएकी बिमलाको विज्ञप्ती कसले तयार पारेको भन्ने आशंका उब्जिएको माओवादी केन्द्रका नेताहरुले जनाएका छन्। प्रदेशसभाको उपनिर्वाचनबाट दाङ,३ ख बाट निर्वाचित बिमलाले गत वैशाख १९ मा माओवादी केन्द्र रोजेकी थिईन्।