'करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक'
११ साउन २०७८
•
१ मिनेट पाठ
'करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक'
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन्। मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आइतबार उनले कर्मचारीलाई करको दायरा बढाउन र दायित्व हस्तान्तरण गर्नुभन्दा निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन्। आगामी बजेट दोब्बर बनाउन  केन्द्र सरकारसँग पहल गरिने पनि मन्त्री खड्काले बताएका थिए।




कार्यक्रममा मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यलय प्रमुखहरुले वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए। उनीहरुले कार्यक्रम सम्पन्न गर्न आइपरेका कठिनाइ र चुनौतिबारे पनि जानकारी गराएका थिए।  

समीक्षामा प्रदेशसभा सदस्यहरु ओमकला गौतम, ललितकला गुरुङसहित नीति तथा योजना आयोगका पदाधिकारी, मन्त्रालयका सचिव, कार्यालय प्रमुखको उपस्थिति थियो।
अर्को समाचार
कुमार खड्का भन्छनः बर्खास्त गर्नुको चित्तबुझ्दो जवाफ नपाए मुख्यमन्त्रीका गलत क्रियाकलाप बाहिर ल्याउँछु
०१ मंसिर २०७९
•
२ मिनेट पाठ
कुमार खड्का भन्छनः बर्खास्त गर्नुको चित्तबुझ्दो जवाफ नपाए मुख्यमन्त्रीका गलत क्रियाकलाप बाहिर ल्याउँछु
पत्रकार सम्मेलनमा बर्खास्तमा परेका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री। तस्बिरः नागरिक
बर्खास्तिमा परेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका गलत क्रियाकलापका सनसनीपूर्ण अडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन। बर्खास्तमा परेको दुई दिनपछि पत्रकार सम्मेलन गरेर खड्काले मुख्यमन्त्री संलग्न गलत क्रियाकलाप सार्वजनिक गर्ने बताएका हुन्।




‘मैले के अपराध गरे र मलाई बर्खास्त गरियो,’ उनले भने, ‘यसको चित्तबुझ्दो जवाफ मुख्यमन्त्रीले नदिए म उहाँको गोप्य अडियो, भिडियो सार्वजनिक गर्दिन्छु।’ उनले चुनाव अघि नै सार्वजनिक गर्दा चुनावमा पार्टीलाई असर पर्ने भएकाले चुनावपछि उक्त अडियो भिडियो सार्वजनिक गर्ने बताए। त्यसोभए मुख्यमन्त्रीले चित्त बुझ्दो जवाफ दिएमा उक्त अडियो–भिडियो लुकाईराख्ने हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, ‘यसबारे म थप बोल्दिन। तर बार्गेनिङ गर्नका लागि मात्र भनेको होईन।’ तर आफ्नो अन्तिम सास जानुअघि अडियो, भिडियोबारे खुलासा गरेरै छाड्ने उनले बताए।

खड्काले आफूलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने कारण आफूले थाहा नपाएको बताए। तर कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले लगाएको आरोप र मुख्यमन्त्रीले उनको क्षेत्रमा पर्ने माईतीघाटमा एक अर्ब रुपैयाँ लागतको पुल बनाउन खोज्दा आफूले विरोध गरेपछि त्यसको रिस फेरेको हो कि भन्ने आफूलाई आशंका रहेको उनले बताए। उनले पूर्व पदाधिकारीलाई सुविधा दिने विषयमा पनि आफूले अब्जेक्सन गरेकाले त्यसको प्रतिशोध मुख्यमन्त्रीले साँधेको हुनसक्ने पनि बताए। उनले भने, ‘चुनावलगत्तै पूर्व पदाधिकारीलाई सुविधा दिने प्रस्ताव आउँदैछ। त्यस विरुद्धमा मसहित अन्य दुईजना मन्त्री थियौं र त्यो प्रस्ताव आए पदबाट सामुहिक राजिनामा दिने भनेका थियौं। त्यसलाई रोक्न पनि मलाई बर्खास्त गरिएको हुनसक्छ।’

खड्काले मन्त्री थापा कास्की–२ को (२)मा अलोकप्रिय रहेको दाबी गरे। ‘मैले वडामा बजेट हाले, त्यहि विषयलाई लिएर थापाले मलाई वडामन्त्री भन्ने आरोप लगाए,’ उनले भने, ‘उनले वडामा बजेट हालेनन, त्यो बजेट लगेर आफ्नो घर अगाडि बाटो लैजान, आफूले प्लटिङ गरेको जग्गामा बाटो बनाउन लगे।’ त्यसैले थापा आफ्नो क्षेत्रमा अलोकप्रिय भएको उनको दाबी छ।

खड्काले आफूलाई बर्खास्त गरेर अपमान गरेपनि कांग्रेस पार्टी नछाड्ने बताए। ‘म विद्यार्थी कालदेखि नै कांग्रेसमा लागेको व्यक्ति हुँ, त्यसैले कसैले मलाई अपमान ग¥यो भनेर पार्टी छाड्ने कुरा हुँदैन’ त्यसमा पनि मलाई मुख्यमन्त्रीले अपमान गरेका हुन् कांग्रेस पार्टी र शीर्ष नेताहरुले त गरेका होईनन् नि। त्यसैले म कांग्रेस कहिल्यै छाड्दिन।’
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस