गत स्थानीय तहको निर्वाचनमा जिल्लामा कांग्रेसको पराजित नतिजाले उसलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पनि उम्कन दिएन। स्थानीय तहको निर्वाचनका बेला १० स्थानीय तह रहेको दाङमा तीन गाउँपालिकामा मात्रै कांग्रेसको नतिजा सुखद रहन पुग्यो।
एक नगरपालिकाको उपमेयर जितेको कांग्रेसले नगरपालिकासंगै जिल्लामा रहेका दुई उपमहानगरपालिकाको नेतृत्व लिनबाट बञ्चित भयो। त्यसपछि जिल्लाका तीन निर्वाचन क्षेत्र मध्य कुनै पनि क्षेत्रबाट कांग्रेसले प्रतिनिधिसभामा आफ्नो प्रतिनिधित्व जनाउन पाएन। नत ६ प्रदेशसभा निर्वाचन क्षेत्रमै कांग्रेसले सुखद नतिजा प्राप्त गर्न सक्यो। एउटा प्रदेशसभा क्षेत्रमा मात्रै कांग्रेसले आफ्नो जीत सुनिश्चित गर्न सक्यो।
लामो समयदेखि गुटउपगुट र यहि गुटगत राजनीतिले बिकसीत अन्तरघातको शिकारनै कांग्रेसको पहिलो हारको कारण कांग्रेसीजनले अड्कलबाजी गर्दै आएका छन्। स्थानीय तहको पराजयलाई पराजित समूहले पार्टीभित्रकै अन्तरघात ठहर्यायो भने प्रदेश तथा प्रतिनिधिसभामा भएको हारलाई स्थानीय तहमा भएको असहयोगको प्रतिफलका रुपमा अर्थ्याइयो।
कांग्रेसभित्रको ब्याप्त गुटगत राजनीतिले कुनै न कुनै निर्वाचनसंग बढी महत्व राख्दै आएको छ। कुन निर्वाचनमा कुन समूहले असहयोग गर्यो? भनेर हिसाव किताब राख्ने कांग्रेसको गुटगत राजनीतिले अर्को निर्वाचनमा ‘साटो’ फेरेको इतिहास जिल्लामा लामै छ। फलतः नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन पनि कांग्रेस राजनीतिमा ‘साटो फेर्ने’ गलत नजिरका रुपमा पुनः स्थापीत बन्ने लख कांग्रेस राजनीतिमा काट्न थालिएको छ।
साउन १२ मा तोकिएको कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गतको वडा ईकाई समितिको अधिवेशनका लागि वडा तहमा ब्यापक गुट खडा भैसकेका छन्। गुटगत रुपमा गाउँ केन्द्रित जिल्लास्तरका नेताहरुले जसरी पनि आफ्नो र आफ्नो गुटको बिजयलाई मात्रै केन्द्रमा राखेका छन्। फलतः पार्टीको आन्तरिक चुनावबाट आउने नतिजा एकले अर्कोलाई निषेध गरेरै आउनेमा शंका छैन। यसको नजिकिएको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई प्रत्यक्ष रुपमा पर्ने खतराको संघारमा कांग्रेस उभिएको छ।
‘स्वाभाविकै रुपमा अहिले पार्टीको निर्वाचनमा एकले अर्कोलाई निषेध गरेर जाने रणनीति बनाइयो भने त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने खतरामा कांग्रेस उभिएको छ,’ नेपाल कांग्रेस दाङका निवर्तमान जिल्ला सचिव कमलकिशोर घिमिरेले भने, ‘कांग्रेस दाङको बिगतलाई हेरे मात्रै पनि पुग्छ, पार्टीभित्र सन्तुलन कायम हुन सकेन भने कांग्रेसले ब्यहोर्नु परेका क्षति इतिहासमा थुप्रै छन्।’
पार्टीको आन्तरिक निर्वाचनमा ‘रोस’ उत्पन्न हुने र उक्त रोस व्यवस्थापन हुन नसके आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाई असर पुग्ने आँकलन कांग्रेसीहरुले गरेका छन्। फलतः आफ्नालाई भन्दा पनि पार्टीमा योगदान गरेकाहरुलाई पार्टीको प्रतिनिधि चयनमा पार्टीले ध्यान दिनु पर्ने तर्क घिमिरेको छ। ‘पार्टीको अधिवेशनबाट सहमतिका आधारमा सबैलाई समान हुने तवरले नेतृत्व चयन गरिनु पर्छ, यसका लागि जिल्ला तहका सबै नेताहरुको ईच्छाशक्ति हुनु पर्यो,’ घिमिरे भन्छन्, ‘अन्यथा पार्टी पंक्तिमा उत्पन्न हुने रोसले स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने खतरा पक्कै रहन्छ, यसतर्फ सचेत बन्नु जरुरी छ।’
त्यसोत, पार्टीको आन्तरिक निर्वाचनमा केन्द्रीय नेताहरुकै स्वार्थ रहनुले पनि पार्टीमा गुटको राजनीति मौलाएको र त्यसले पार्टीलाई नोक्सानी पुर्याइरहेको तर्क जिल्लाका पुराना नेताहरुको बिश्लेषण छ। नेपाली कांग्रेस दाङका पुराना नेता बिरकेसरी गौतमले पार्टीको केन्द्रमा बिद्यमान ६०/४० को भागवण्डाको रोगले स्थानीयस्तरसम्मै गुट हाबी बन्दै गएको र यसले सिंगो पार्टीलाई निर्वाचनमा असर पुग्ने गरेको बताए। ‘केन्द्रले नै ६० र ४० को भागवण्डाको राजनीति गर्दै आएको छ, स्थानीय तहसम्म फैलिएको यो रोगले पार्टीलाई असर पार्दै गएको छ,’ उनले भने, ‘यदि अहिलेको पार्टीको निर्वाचनमा पनि यो विषयमा ध्यान दिईएन भने त्यसपछि हुने निर्वाचनहरुमा कांग्रेसलाई असर पुग्ने खतरा रहन्छ नै।’
पार्टीको महाधिवेशनबाट निम्तन सक्ने यहि खतरा रोक्नका लागि नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुपबहादुर डाँगीले सहमतिबाटै नेतृत्व चयनमा जोड दिएको बताउँछन्। उनले आफ्नो क्षेत्रका सबै वडाहरुलाई वडा नेतृत्व र क्षेत्रीय प्रतिनिधिहरु सहमतिबाटै चयन गर्नका लागि सुझाव दिईरहेको बताए। ‘अहिले जसरी पनि पार्टीको तल्लो स्तर वडा ईकाईमा गुटगत राजनीति हाबी हुँदै गएको छ, यो पार्टीका लागि हानिकारक छ,’ उनले भने, ‘आगामी महाधिवेशनमा कांग्रेसको यो रुप देखा पर्यो भने पुनः कांग्रेसका लागि स्थानीय तहको निर्वाचन परिणाममुखी बन्न नसक्ने खतराहरु देखिन्छन् नै, फलतः मैले मेरो क्षेत्रका सबै वडा नेतृत्वलाई पार्टीमा योगदान गरेका र आवश्यक्ताका आधारमा नेतृत्व तथा प्रतिनिधि चयनका लागि सुझाव दिईरहेको छु।’