कांग्रेस महाधिवेशन: झन् मजबुत बन्दै ‘गुट’
१६ असार २०७८
•
४ मिनेट पाठ
कांग्रेस महाधिवेशन: झन् मजबुत बन्दै ‘गुट’
कांग्रेसका सक्रिय सदस्य वितरणकै क्रममा वडा तहमै ‘गुट’ खडा भैसकेका छन्। यसको दृष्टान्त हो ‘सक्रिय’ सदस्यतामा गरिएको भागबण्डा। वडा तहबाट सिफारिस हुने सक्रिय सदस्यता नामावलीमा नाम भागबण्डा गरेरै केन्द्रमा पठाइए, फलतः केन्द्रले पनि उनै भागबण्डा गरेरै पठाइका नामावलीलाई सदर ग¥यो।  




कांग्रेसी पुराना नेताका अनुसार सक्रिया सदस्यताको यो वितरण प्रणाली नयाँ र नौलो भने होइन। कांग्रेसका एक पुराना जिल्ला नेता भन्छन्, ‘यो नयाँ र नौलो विषय हैन, यो त कांग्रेसभित्रको पुरानोे रोग हो।’ उनले भने जस्तै जिल्लाका हरेक वडाबाट अहिले वितरण भएको सदस्यता निष्पक्ष छैन। कांग्रेस नेताहरूका अनुसार जिल्लाका एक सयवटै वडाबाट सक्रिय सदस्य भागबण्डाकै आधारमा टुंग्याइएका छन्। यसको एउटै उद्देश्य हो ‘क्षेत्रीय तथा जिल्लामा जित्ने लक्ष्य।’ 

पार्टीको तल्लो तह (वडा एकाइ समिति) को निर्वाचनमा उनै ‘टिम’ मा परेर सदस्य बनेका कांग्रेस कार्यकर्ताले मतदान गर्दैछन्। कांग्रेसले तोकेको आफ्नो महाधिवेशनको कार्यतालिका अनुसार १२ साउनमा वडा एकाइ समितिको निर्वाचन हुँदैछ।

जिल्ला नेतृत्व चयनका लागिसमेत मतदाता (क्षेत्रीय प्रतिनिधि) चुनिने महत्वपूर्ण मानिएको वडा एकाइ समितिको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्लास्तरका नेता अहिले गाउँ केन्द्रित बनेका छन्। उनीहरू ‘कोटा’ मार्फत चुनिएका सक्रिय सदस्यहरूलाई आफ्नो गुटको ‘आधिकारिकता’ दिन प्रयत्नशील छन्।  

यससँगै फरक टिमबाट चुनिएका सक्रिय सदस्यहरूलाई कसरी आफ्नो गुटमा प्रवेश गराउन सकिन्छ भन्ने रस्साकस्सी पनि जिल्लाका कांग्रेसीभित्र चलेको छ। ‘आसन्न जिल्ला अधिवेशनलाई लक्षित गरेर वडा तहमा आ–आफ्नो टिम निर्माण गर्ने क्रम व्यापक रूपमा चलिरहेका छन्,’ तुलसीपुरका एक कार्यकर्ताले भने, ‘कसरी आफ्नो टिमलाई जिल्ला अधिवेशनमा बलियो बनाउने भन्ने सोँचमा नेताहरू लागिपरेका छन्।’

साउन १२ लक्षित गर्दै गुट निर्माणमा लागेका नेताहरू जिल्ला अधिवेशनमा आफ्नो वा आफ्नो गुटको वर्चश्व कायम गर्न खोज्दैछन्। वडा अधिवेशनबाटै चुनिने क्षेत्रीय प्रतिनिधि नै जिल्ला नेतृत्वका लागि हुने निर्वाचनका मतदाता हुन्। उनीहरू क्षेत्रीय (प्रदेश तथा प्रतिनिधि) समितिसँगै जिल्ला मतदाता हुन पाउँछन्। फलतः अहिले क्षेत्रीय तथा जिल्ला तहका नेताहरूले वडा तहका मतदाताहरूलाई निकै महत्व दिएर निगरानी गरिरहेका छन्।  

उनीहरूले धरैभन्दा धेरै आफ्नै गुटका कार्यकर्तालाई क्षेत्रीय प्रतिनिधिका रूपमा चयन गर्न खोजिरहेका छन्। क्षेत्रीय प्रतिनिधि आफू गुटका बढी ल्याउन सकिए क्षेत्रीय र जिल्ला समितिको नेतृत्वमा आफ्नो पकड जमाउने ध्याउन्नमा नेताहरू छन्।  

‘वडा तहमा परिपक्व टिम निर्माण गरेर आफू पक्षका धेरैभन्दा धेरै कार्यकर्तालाई क्षेत्रीय प्रतिनिधिका रूपमा चयन गर्ने दाउमा नेताहरू देखिन्छन्,’ कांग्रेस घोराहीका एक वडास्तरीय नेताले भने, ‘क्षेत्र र जिल्ला नेतृत्व चयन गर्ने क्षेत्रीय प्रतिनिधि बढीभन्दा बढी ल्याएर क्षेत्र र जिल्ला नेतृत्वमा आफ्नो पकड जमाउने लक्ष नेताहरूले बोकेका छन्।’

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगीले वडा तहमा चलेको गुटको यो रस्साकस्सीलाई नकार्दैनन्। आफूले चाहेका वा आफ्नो गुटमा रहेकाहरूलाई मात्रै क्षेत्रीय प्रतिनिधिका रूपमा चयन गर्ने रस्साकस्सी भन्दा पनि सहमतीय आधारमा क्षेत्रीय प्रतिनिधिमा चयन गरिनु पर्नेमा उनले जोड दिए। अन्यथा: कांग्रेसभित्रको गुटगत राजनीतिको अन्त्य हुने सम्भावना उनले देख्दैनन्। 

‘क्षेत्रीय प्रतिनिधि चयनका क्रममा पार्टीमा योगदान गरेकालाई मूल्यांकन गरेर सर्वसम्मत रूपमा चयन गर्नुपर्छ भनेर मैले भन्दै आएको छु,’ डाँगीले भने, ‘हामीहरूले कम्तीमा पनि वडा तहमा गुटको अन्त्य गरौं भन्ने मेरो उद्देश्य हो।’ जिल्ला सभापतिको आकांक्षी रहेका उनले आफ्नो क्षेत्रका सबै वडाहरूलाई सहमतिबाटै क्षेत्रीय प्रतिनिधि टुंग्याउन सुझाव दिइरहेको समेत बताए।

‘मैले पनि आफूलाई अहिले जिल्ला सभापतिको रूपमा प्रस्तुत गर्ने योजना बनाएको छु, यसबारेमा साथीहरूसँग सल्लाह पनि गर्दैछु,’ उनले भने ‘जिल्ला नेतृत्व सम्म सहमतिबाटै नेतृत्व चयन गर्न सक्ने वातावरण बन्ला नबन्ला तर वडा तहमा भने सहमतिबाटै नेतृत्व चयन गरौँ भनेर मैले सबै वडा समितिहरूलाई भनिरहेको छु।’

१२ साउनमा वडा समितिको अधिवेशन मिति तय भएपछि वडा जिल्लादेखि वडा तह सम्मका नेताहरूलाई चुनावी रौनकले छोइसकेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १७ का सहसभापति सन्तोष योगीलाई अहिले क्षेत्रीय प्रतिनिधि चयनको अपेक्षा गरेकाहरूले फोन सम्पर्ककै गरिरहेका छन्। वडा समितिको नेतृत्वकर्ताको हैसियतमा रहेका योगीको योगदान रहने भन्दै उनलाई क्षेत्रीय प्रतिनिधिका आकांक्षीले भनसुन गरिरहेको योगी बताउँछन्। 

‘कांग्रेसको आन्तरिक चुनावी माहोल सुरु भइसकेको छ, नेताहरूले प्रत्यक्ष भेटघाट संगै टेलिफोनका माध्यमबाट मतदाताहरूसंग निरन्तर सम्पर्क गरिरहनु भएको छ,’ योगीले भने, ‘क्षेत्रीय प्रतिनिधीका आकांक्षीहरूले पनि हामीहरूलाई फोनमार्फत सहयोगका लागि अनुरोध गर्न थाल्नु भएको छ।’ जिल्लामा झण्डै १२ हजार सकृय सदस्य छन्। कांग्रेसको साउन १२ देखि वडा एकाइबाट र २६ साउनमा जिल्ला अधिवेशन हुनेछ।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
१५ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस