संसद विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन्। आइतबार बिहान बसेको नेपाल विद्यार्थी संघ, अनेरास्वयू(क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, अखिल छैटौ लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले संसदविरुद्ध सामूहिक प्रदिवाद गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले बताए।
प्रधनामन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। स्वतन्त्र अदालको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानार्षण स्वरुप दबाब दिएका हुन्। संवैधानिक व्यवस्था अनुसार अदालतले संसद पुर्स्थापना गर्नेमा समेत ति संगठनहरुले विश्वास व्यक्त गरेका छन्।
यस्तै विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपतिसमक्ष संयुक्त डेलिकेसन जाने निर्णय भएको प्रवक्ता मैनालीले बताए। लकडाउन अवधिको शुल्क विद्यार्थीलाई अबिलम्ब फिर्ता गर्न माग गर्दै विज्ञप्तिमा शुल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्थाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ।
मन्त्री जस्तो पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानूनलाई चुनौति दिने गरी गरेको हर्कतको तीव्र बिरोध गर्दै विद्यार्थी संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जाहेर गरेका छन्।
साथै विज्ञप्तिमा सरकारसँग आम विद्यार्थी र शिक्षक लगायतलाई शिघ्र खोप व्यवस्था गरि शैक्षिक वातावरण तयार गर्न माग गरिएको छ।
विद्यार्थी एकता दिवसको अवसर पारेर पाच विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्।
नेकपा माओवादी र नेकपा निकट अखिल क्रान्तिकारी,नेकपा एस निकट अनेरास्ववियु,राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ र नेसपा निकट समाजवादी विद्यार्थी युनियनले कार्यक्रमा आयोजना गर्न लागेका हुन्।
जेठ १ गते राष्ट्रिय नाचघरमा हुने विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एसका अध्यक्ष माधव नेपाल सहभागी हुनेछन्।
त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए।विद्यार्थीहरुमा एकताको सन्देश दिन आफूहरुले संयुक्त कार्यक्रम गर्न लागेको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...