कांग्रेसका सकृय सदस्य वितरणकै क्रममा वडा तहमै ‘गुट’ खडा भैसकेका छन् । यसको दृष्टान्त हो ‘सकृय सदस्यतामा गरिएको भागबण्डा ।’ वडा तहबाट सिफारीस हुने सकृय सदस्यता नामावलीमा नामहरु भागवण्डा गरेरै केन्द्रमा पठाइए, फलतः केन्द्रले पनि उनै भागवण्डा गरेरै पठाइका नामावलीलाई सदर गर्याे ।
कांग्रेसी पुराना नेताहरुका अनुसार कांग्रेसको सकृय सदस्यताको यो वितरण प्रणाली नयाँ र नौलो भने हैन । कांग्रेसका एक पुराना जिल्ला नेता भन्छन्, ‘यो नयाँ र नौलो विषय हैन, यो त कांग्रेसभित्रको पुरानो रोग हो ।’ उनले भने जस्तै जिल्लाका हरेक वडाबाट अहिले वितरण भएको सदस्यता निष्पक्षीय छैन । कांग्रेस नेताहरुका अनुसार जिल्लाका एक सयवटै वडाबाट सकृय सदस्यहरु भागवण्डाकै आधारमा टुंग्याईएका छन् । यसको एउटै उद्देश्य हो ‘क्षेत्रीय तथा जिल्लामा जित्ने लक्ष ।’ पार्टीको तल्लो तह (वडा ईकाई समिति) को निर्वाचनमा उनै ‘टिम’ मा परेर सदस्य बनेका कांग्रेस कार्यकर्ताहरुले मतदान गर्दैछन् । कांग्रेसले तोकेको आफ्नो महाधिवेशनको कार्यतालिका अनुसार १२ साउनमा वडा ईकाई समितिको निर्वाचन हुँदैछ ।
जिल्ला नेतृत्व चयनका लागि समेत मतदाता (क्षेत्रीय प्रतिनिधि) चुनिने महत्वपूर्ण मानिएको वडा ईकाई समितिको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्ला स्तरका नेताहरु अहिले गाउँ केन्द्रित बनेका छन् । उनीहरु ‘कोटा’ मार्फत चुनिएका सकृय सदस्यहरुलाई आफ्नो गुटको ‘आधिकारीकता’ दिन प्रयत्नशिल छन् ।
यससंगै फरक टिमबाट चुनिएका सकृय सदस्यहरुलाई कसरी आफ्नो गुटमा प्रवेश गराउन सकिन्छ ? भन्ने रस्साकस्सी पनि जिल्लाका कांग्रेसीहरु भित्र चलेको छ । ‘आसन्न जिल्ला अधिवेशनलाई लक्षित गरेर वडा तहमा आआफ्नो टिम निर्माण गर्ने क्रम ब्यापक रुपमा चलिरहेका छन्,’तुलसीपुरका एक कार्यकर्ताले भने, ‘कसरी आफ्नो टिमलाई जिल्ला अधिवेशनमा बलियो बनाउने भन्ने सोँचमा नेताहरु लागिपरेका छन् ।’
साउन १२ लक्षित गुट निर्माणमा लागेका नेताहरु जिल्ला अधिवेशनमा आफ्नो वा आफ्नो गुटको बर्चश्व कायम गर्न खोज्दैछन् । वडा अधिवेशनबाटै चुनिने क्षेत्रीय प्रतिनिधिहरु नै जिल्ला नेतृत्वका लागि हुने निर्वाचनका मतदाता हुन् ।
उनीहरु क्षेत्रीय (प्रदेश तथा प्रतिनिधि) समितिसंगै जिल्ला मतदाता हुन पाउँछन् । फलतः अहिले क्षेत्रीय तथा जिल्ला तहका नेताहरुले वडा तहका मतदाताहरुलाई निकै महत्व दिएर निगरानी गरिरहेका छन् ।
उनीहरुले धरै भन्दा धेरै आफ्नै गुटका कार्यकर्तालाई क्षेत्रीय प्रतिनिधिका रुपमा चयन गर्न खोजिरहेका छन् । क्षेत्रीय प्रतिनिधि आफू गुटका बढी ल्याउन सकिए क्षेत्रीय र जिल्ला समितिको नेतृत्वमा आफ्नो पकड जमाउने ध्याउन्नमा नेताहरु छन् ।
‘वडा तहमा परिपक्व टिम निर्माण गरेर आफू पक्षका धेरै भन्दा धेरै कार्यकर्तालाई क्षेत्रीय प्रतिनिधिका रुपमा चयन गर्ने दाउमा नेताहरु देखिन्छन्,’ कांग्रेस घोराहीका एक वडा स्तरीय नेताले भने, ‘क्षेत्र र जिल्ला नेतृत्व चयन गर्ने क्षेत्रीय प्रतिनिधिहरु बढीभन्दा बढी ल्याएर क्षेत्र र जिल्ला नेतृत्वमा आफ्नो पकड जमाउने लक्ष्य नेताहरुले बोकेका छन् ।’
नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगीले वडा तहमा चलेको गुटको यो रस्साकस्सीलाई नकार्दैनन् । आफूले चाहेका वा आफ्नो गुटमा रहेकाहरुलाई मात्रै क्षेत्रीय प्रतिनिधिका रुपमा चयन गर्ने रस्साकस्सीभन्दा पनि सहमतीय आधारमा क्षेत्रीय प्रतिनिधिमा चयन गरिनु पर्नेमा उनले जोड दिए ।
अन्यथा : कांग्रेसभित्रको गुटगत राजनीतिको अन्त्य हुने सम्भावना उनले देख्दैनन् । ‘क्षेत्रीय प्रतिनिधि चयनका क्रममा पार्टीमा योगदान गरेकाहरुलाई मूल्यांकन गरेर सर्वसम्मत रुपमा चयन गर्नुपर्छ भनेर मैले भन्दै आएको छु,’ डाँगीले भने, ‘हामीहरुले कम्तीमा पनि वडा तहमा गुटको अन्त्य गरौँ भन्ने मेरो उद्देश्य हो ।’ जिल्ला सभापतिको आकांक्षी रहेका उनले आफ्नो क्षेत्रका सबै वडाहरुलाई सहमतिबाटै क्षेत्रीय प्रतिनिधि टुंग्याउन सुझाव दिईरहेको समेत बताए ।
‘मैले पनि आफूलाई अहिले जिल्ला सभापतिको रुपमा प्रस्तुत गर्ने योजना बनाएको छु, यसबारेमा साथीहरुसँग सल्लाह पनि गर्दैछु ,’ उनले भने, ‘जिल्ला नेतृत्वसम्म सहमतिबाटै नेतृत्व चयन गर्न सक्ने वातावरण बन्ला नबन्ला तर वडा तहमा भने सहमतिबाटै नेतृत्व चयन गरौँ भनेर मैले सबै वडा समितिहरुलाई भनिरहेको छु ।’
१२ साउनमा वडा समितिको अधिवेशन मिति तय भएपछि वडा जिल्लादेखि वडा तहसम्मका नेताहरुलाई चुनावी रौनकले छोईसकेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ का सहसभापति सन्तोष योगीलाई अहिले क्षेत्रीय प्रतिनिधि चयनको अपेक्षा गरेकाहरुले फोन सम्पर्क गरिरहेका छन् । वडा समितिको नेतृत्वकर्ताको हैसियतमा रहेका योगीको योगदान रहने भन्दै उनलाई क्षेत्रीय प्रतिनिधिका आकांक्षीहरुले भनसुन गरिरहेको योगी बताउँछन् ।
‘कांग्रेसको आन्तरिक चुनावी माहोल सुरु भैसकेको छ, नेताहरुले प्रत्यक्ष भेटघाटसँगै टेलिफोनका माध्यमबाट मतदाताहरुसँग निरन्तर सम्पर्क गरिरहनु भएको छ,’ योगीले भने, ‘क्षेत्रीय प्रतिनिधिका आकांक्षीहरुले पनि हामीहरुलाई फोन मार्फत सहयोगका लागि अनुरोध गर्न थाल्नु भएको छ ।’ जिल्लामा झण्डै १२ हजार सकृय सदस्य छन् । साउन १२ देखि वडा ईकाई बाट सुरु हुने कांग्रेसको अधिवेशन २६ साउनमा जिल्ला अधिवेशन हुने छ ।