माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त, काे-काे परे ?
११ असार २०७८
•
२ मिनेट पाठ
माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त, काे-काे परे ?
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारीको पद गुमेको छ। माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको हो।




निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचना अनुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट वि.स. २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन्। पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी र सिरहाका एक-एक जनप्रतिनिधि छन्।

१. रौतहटकाे मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साह।

२. रौतहट कटहरिया नपाका प्रमुख सियारामप्रसाद कुशवाहा।

३. रौतहट देवाही गोनाही नपाका उप्रमुख परनिया देवी।

४. रौतहट मैलापुर नपाका उप्रमुख गौरीशंकर प्रसाद।

५. रौतहट फतुवाविजयपुर न.पा.का उप्रमुख कान्तिदेवी।

६. रौतहट माधवनारायण नपा.का उपप्रमुख सिमलकुमारी साह।

७. रौतहट यमुनामाई गापा.का उपाध्यक्ष गीतादेवी साह।

८. सिरहा लहान नपा.का नगरकार्यपालिका सदस्य सतमीलालदास ताती।

९. ओखलढुंगा चम्पादेवी गा.पा.–७ का वडाध्यक्ष सुरेशकुमार थापा।          

१०. महोत्तरी सम्सी गा.पा.का अध्यक्ष शेष फारुक।                  

११. कैलाली भजनी नपा.का उपप्रमुख छायादेवी देवकोटा।          

१२. कैलाली गौरीगंगा नपा.–४ का वडाध्यक्ष भागिरथी विष्ट।            

१३. कैलाली गोदावरी नपा.–१ का वडाध्यक्ष शर्मानन्द भट्ट।            

१४. कैलाली बर्दगोरिया नपा.–४ का वडाध्यक्ष पुरन बिसी।                 

एमालेमा प्रवेश गरी माओवादी केन्द्र परित्याग गरेकाले उनीहरु निर्वाचित भएको पद स्वतः रिक्त हुने प्रावधानबारे आयोगको ध्यानाकर्षण गर्दै माओवादी केन्द्रले त्यससम्बन्धी सूचना प्रकाशन गर्न पत्राचार गरेको थियो। आयोगको बुधबारको निर्णयले राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिम निजहरुले दल त्याग गरेकाले निर्वाचित पद स्वतः रिक्त रहने जनाउँदै सूचना प्रकाशन गरिएको हो।
अर्को समाचार
कैलाली–१ मा माओवादी केन्द्रको कमजोर दावी
११ असोज २०७९
•
२ मिनेट पाठ
कैलाली–१ मा माओवादी केन्द्रको कमजोर दावी
नेकपा (माओवादी केन्द्र) ले कैलाली–१ को प्रतिनिधिसभा उम्मेदवारमा कमजोर दावी प्रस्तुत गरेको छ। पार्टीले हालै राष्ट्रिय जनमोर्चाबाट आएका दयाराम सञ्ज्याल र सुरेन्द्र देवकरलाई सिफारिस गरेको छ।  




सञ्ज्याल पाँच महिना अघि मात्रै माओवादी केन्द्रमा आएका हुन। उनी राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष थिए भने हाल माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य हुन। देवकर भने माओवादी केन्द्रमा लामो समयदेखी आवद्ध छन। उनी कैलाली–१ संघीय निर्वाचन क्षेत्रको संयोजक हुन।  

पार्टीले लामो समयदेखी काम गरेका सिनियर नेताको ठाउँमा भरखरै पार्टी प्रवेश गरेका व्यक्तिलाई उम्मेदवारका रुपमा सिफारिस गरेपछि माओवादी केन्द्रको दावीलाई कमजोर मान्न सकिने स्रोतको भनाइ छ। ‘यो औपचारिकता निभाएको मात्रै हो’ स्रोतले भन्यो–‘सायद माओवादी डराएको पनि हुनसक्छ।’

२०७४ मा भएको निर्वाचनमा रेशमलाल चौधरीको सानदार जित र हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीको पूर्वी भेगका चार पालिकामा जितेर नागरिक उन्मुक्ति पार्टीको उदयले ठूला दललाई झस्काएको छ। नागरिक उन्मुक्तिसँगको प्रतिस्पर्धालाई लिएर ठूला दल डराएका छन।  

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इञ्चार्ज हरिलाल ज्ञवालीले कसैसँग डराएको नभई गठबन्धनका कारण कमजोर दावी प्रस्तुत गरेको भन्न सकिने बताए। उनी गठबन्धन भए कैलाली–१ काँग्रेसको भागमा पर्ने बताउँछन। ‘काँग्रेससँग पुराना नेता छन। उसैको भागमा पर्ने देखिन्छ’ उनले भने–‘कसैसँग डराएको भने हैन।’

टीकापुर नगर कमिटी अध्यक्ष खडकबहादुर शाह समेत अरुसँग डराएर कमजोर दावी प्रस्तुत गरेको कुरालाई अस्विकार गर्छन। उनले युवालाई अघि सार्नुपर्छ भन्ने मनसायले पुराना नेताको ठाउँमा युवालाई अघि सारेको बताए। ‘डराएको भन्न मिल्दैन’ उनले भने–‘युवालाई अवसर दिएको भन्दा राम्रो होला।’

कैलाली जिल्ला इञ्चार्ज ज्ञवाली र थारु समुदायका हेभिवेट नेपबहादुर चौधरी प्रदेशसभाको उम्मेदवारमा सिफारिस भएका छन। ज्ञवाली संविधान सभा सदस्य हुन। चौधरी २०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए। उनीहरु दुवैजना प्रदेशका लागि सिफारिस हुनुले पार्टीले प्रतिनिधि सभातर्फ खाशै महत्व नदिएको स्रोतको दावी छ।  

गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रतिनिधिसभाको उम्मेदवार काँग्रेसलाई छोडेर कैलाली–१ (ख) मा आफ्नो दावी बलियो बनाएको छ। यो ज्ञवाली र चौधरी दुवैजनाको प्रदेश क्षेत्र हो। उनीहरुले काँग्रेसबाट सिफारिस भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावललाई रोक्नुपर्ने दवाव छ। रावल २०७४ को निर्वाचनमा विजयी भएका हुन।

माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा टीकापुर नगरपालिकाको प्रमुखमा काँग्रेस नेता नवराज रावललाई अघि सारेको थियो। गठबन्धन अन्र्तगत प्रमुखमा काँग्रेसलाई अघि सारेको माओवादी केन्द्रले उपप्रमुखमा चित्त बुझाएको थियो। प्रमुखमा काँग्रेस उम्मेदवार रावल पराजित भए भने उपप्रमुखमा माओवादी केन्द्रका नगर अध्यक्ष शाह विजयी भए।  

स्थानीय तहको निर्वाचनमा प्रमुख छोडेको माओवादी केन्द्रले टीकापुर नगरपालिका भूगोल रहेको कैलाली–१ (ख) लाई टार्गेट बनाएको छ।  
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस