संवैधानिक आयोगहरूमा नियुक्ति
११ असार २०७८
•
१ मिनेट पाठ
संवैधानिक आयोगहरूमा नियुक्ति
 राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगका पदाधिकारीमा २० जनालाई नियुक्त गरेकी छन्। संवैधानिक परिषद्को वैशाख २६ गते बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरेकी हुन्।




राष्ट्रपति भण्डारीले लोकसेवा आयोगको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मी र सदस्यहरूमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारीलाई नियुक्त गरेकी छन्। त्यस्तै, उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा हरि पौडेल र सुमित्रा श्रेष्ठ तथा निर्वाचन आयोगमा सगुनशमशेर जंगबहादुर राणालाई आयुक्त नियुक्त गरेकी छन्। राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सेनालाई नियुक्त गरिएको छ। त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगमा पनि सदस्यहरू नियुक्त भएका छन्।  

प्रमुख प्रतिपक्षी दलका नेता र प्रतिनिधिसभाका सभामुखको उपस्थितिबिनै बसेको परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो। सिफारिस नाममा संसदीय सुनुवाइ हुनुपर्नेमा प्रतिनिधिसभा विघटन भएकाले हुन सकेन। सिफारिस भएको ४५ दिनसम्म सुनुवाइ हुन नसके स्वतः नियुक्ति हुने व्यवस्थाअनुसार राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरेकी हुन्। त्यस्तै, राष्ट्रपति भण्डारीले बिहीबारै संविधानको धारा १५३ को उपधारा (१) खण्ड (घ) अनुसार वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्यायपरिषद् सदस्य नियुक्त गरेकी छिन्।
अर्को समाचार
अवकाशपछि आयोग
२१ असार २०७८
•
५ मिनेट पाठ
अवकाशपछि आयोग
संवैधानिक निकायका नियुक्तिमाथि हालैका दिनमा विविध कोणबाट टिप्पणी भइरहेको छ। एक, यी निकायमा हुने नियुक्तिका निम्ति पूर्वप्रशासक नै छनोटमा पर्छन्। दुई, नियुक्तिको मापदण्डमा ध्यान दिने भन्दा पनि आफू निकट व्यक्तिलाई अवकाश प्राप्त जीवनलाई सुखमय बनाउन पुरस्कृत गरिन्छ। यसरी पुरस्कृत हुने व्यक्तिले यसअघि काम गरेको पदमा पनि राम्रो ध्यान दिँदैनन्। त्यतिमात्र होइन, भविष्यका नियुक्तिकर्तालाई प्रभावित गर्न अनेकनक प्रयास गरिरहन्छन्। यसो गर्दा एकातिर वर्तमानमा काम गरिरहेको पदले न्याय प्राप्त गर्न सक्दैन भने अर्कोतिर संवैधानिक निकायले योग्य व्यक्ति प्राप्त गरी आफ्नो संविधानप्रदत्त दायित्व पूरा गर्न सक्ने अवस्था पनि हुँदैन।




यी निकायको नियुक्तिमा पूर्वसचिव, प्रशासक वा सुरक्षा निकायको उपल्लो स्थानमा अवकाश प्राप्त गरिसकेका व्यक्तिलाई प्राथमिकतामा राखेको पाइन्छ। संविधानले परिकल्पना गरेका यी निकायको उद्देश्य मुलुकको शासन/प्रशासनमा सन्तुलन र नियन्त्रणलाई प्राथमिकतामा राख्ने हो। राज्यका निकायहरूले काम गर्दै जाँदा त्यसमा कसैले निगरानी गर्नुपर्ने हुन्छ भने कसैले त्यसलाई सचेत तुल्याउनुपर्ने हुन्छ। लोकतान्त्रिक शासन प्रणालीमा कार्यकारिणीका विभिन्न निकायले गरेका कामलाई यी आयोगले आफ्नो कार्यक्षेत्र बनाउँछन्। महालेखा परीक्षकले राज्यका विभिन्न निकायले गरेको खर्चको औचित्य र आवश्यकताका आधारमा लेखापरीक्षण गर्छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका कुनै पनि निकायले अख्तियार दुरुपयोग गरेमा अनुसन्धान गरी कारबाही चलाउँछन्।  

त्यसैगरी निर्वाचन आयोगको काम लोकतान्त्रिक शासन व्यवस्थाभित्र कार्यरत दलहरूलाई संविधान र कानुनअनुसार सञ्चालित भए/नभएको हेर्ने हो। दलभित्र कुनै समस्या भएमा त्यसलाई समयमै निरुपण गरी समस्या समाधान गर्न मद्दत गर्ने पनि हो। हालैका दिनमा निर्वाचन आयोगले यसरी काम गर्न नसकेको प्रष्ट देखिँदै छ। यसअघि नेपाल कम्युनिस्ट पार्टीमा समस्या आएका बेला निर्णय गर्न अक्षम रहेको आयोग अहिले राष्ट्रिय जनता पार्टीको हकमा पनि उही स्थितिमा रहेको छ। नियुक्ति गर्दा प्रस्पिर्धात्मक क्षमता भएका योग्य व्यक्तिलाई आयोगहरूमा नपठाउँदा यो परिणाम आएको हो। 

यस्ता नियुक्तिमा सरकारी क्षेत्रमा काम गरेकोमात्र अनुभव नहेरी निजी क्षेत्रबाट समेत व्यक्तिहरूलाई पु¥याउने हो भने भिन्न परिणाम आउनेछ। अवकाश प्राप्त कर्मचारीलाई मात्र यस्ता आयोगमा नियुक्ति गर्दा तिनको ध्यान जसरी हुन्छ कुनै विवादमा नपरी आफूलाई निगाहा भएको समय भुक्तान गर्ने भन्ने हुन्छ। यस्ता निकायमा प्रभावशाली व्यक्ति नियुक्त हुने हो भने सरकारको समग्र कार्य सञ्चालनमै सकारात्मक प्रभाव पर्छ।  

संवैधानिक निकायमा ४५ वर्ष कटिसकेका व्यक्तिलाई नियुक्ति दिने चलन छ। यसका निम्ति सरकारी निकायमै काम गरिरहेका व्यक्तिहरूले बढ्ता जोड लगाएको देखिन्छ। आफू पदमा रहेकै बेला त्यस्तो पदका निम्ति प्रयास गर्ने र सकेसम्म अवकाशअघि नै त्यसमा फड्किने उद्देश्य धेरैको हुन्छ। केहीले भने अवकाशको केही महिना नहुँदै फेरि विभिन्न आयोगमा नियुक्ति पाउन प्रयास गर्छन्। पछिल्ला वर्षहरूमा कैयन् यस्ता आयोगका पद बिक्री भएकोसमेत चर्चा हुने गरेको छ। आफूले केही रकम दिएर यस्ता पद किन्न कतिपय व्यक्ति इच्छुक हुन्छन्। सरकारी पदमा बस्दा अनियमितता गर्ने वा अन्य कुनै हिसाबले आफूअनुकूलका व्यक्तिलाई तिनले फाइदा पुर्‍याएका हुन्छन्। संवैधानिक आयोगमा गएर आफ्नो नाम कमाउने, कतिपयले त्यहीँबाट थप कमाइ पनि गर्ने र आफ्ना नातानालाका निम्ति थप माध्यम तयार पार्ने काम तिनले गर्छन्। 

अख्तियारजस्तो निकायको प्रमुख आयुक्तमा पुगेका लोकमान सिंहजस्ता व्यक्तिले त्यसको दुरुपयोग गरी आफूलाई लाभान्वित गर्न अपनाएका हथकण्डालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ। कुनैबेला कार्कीका कारण सरकारी संयन्त्रहरूले काम गर्नै नसक्ने अवस्था उत्पन्न भएको थियो। उनी एक्लैले सबैतिरबाट रकम जम्मा गरेका थिए। तर उनी पदबाट हटाइए पनि तिनले गरेका खराब कामको बारेमा कुनै अनुसन्धान भएन।  

संवैधानिक निकायको नियुक्तिका निम्ति संविधानले संवैधानिक परिषद्को परिकल्पना गरेको छ। यसमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रमुख विपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई परिषद् सदस्यको जिम्मेवारी दिएको छ। मुलुकका यी सर्वोच्च स्थानमा रहेका पदाधिकारीहरूले नियुक्तिलाई कहिल्यै व्यवस्थित बनाउन ध्यान दिएनन्। कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी नेता शेरबहादुर देउवाको उपस्थिति नभए पनि नियुक्तिका निम्ति सिफारिस गर्ने गरी संवैधानिक परिषद्को कानुनमा अध्यादेशबाट संशोधन गरी बहुमतका आधारमा नियुक्ति गर्ने व्यवस्था मिलाए।  

अहिले संवैधानिक आयोगहरूमा नियुक्ति पाएका ५२ जनाको त संसदीय सुनुवाइसमेत भएको छैन। संसदीय सुनुवाइ गरेर नियुक्ति गर्दा उचित व्यक्तिले जिम्मेवारी पाउँछन् र अनुचित व्यक्ति रोकिन्छन् भन्ने परिकल्पना संविधानले गरेको हो। तर पछिल्ला वर्षमा संसदीय सुनुवाइ पनि नाममात्रको हुने गरेको थियो। सुनुवाइका निम्ति सुनुवाइ गर्दै जस्तासुकै नियुक्ति सिफारिसले औपचारिकता पाउने अवस्था सिर्जना भएको हो। त्यसमा पनि ओलीले संसदीय सुनुवाइको प्रावधानसमेत छलेर सिधै नियुक्ति गर्न सकिने अवस्थातर्फ लगे। भएकै संवैधानिक व्यवस्थालाई मात्र पालना गरिएको भए पनि थोरै आशा गर्ने ठाउँ हुन्थ्यो।  

समग्रमा भन्नुपर्दा संवैधानिक आयोगका नियुक्ति भनेका आफू निकटस्थ व्यक्तिहरूलाई बक्स हुने व्यवस्थामात्र हो। हिजो राणा शासनमा पजनी प्रणाली थियो। आजको व्यवस्था त्यो पजनीकै केही परिस्कृत रूपमात्र हो। रूप जस्तोसुकै भए पनि सारमा राणाकालीन नियुक्तिकै निरन्तरता अहिले देखिन्छ। उचित व्यक्ति नियुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थालाई जनउपयोगी बनाउने अवसरलाई अहिलेको सरकारमात्र होइन, यसअघिका सरकारहरूले पनि बेवास्ता गर्दै आएका छन्। यो स्थितिका बारेमा प्रतिगमनविरुद्धको आन्दोलन गरिरहेका पाँच दलका नेताहरूलाई समेत जानकारी दिने काम विभिन्न पक्षले गरेका छन्। यस किसिमको नियुक्तिको परिपाटी बदलिनु जरुरी भइसकेको छ। सरकारी कार्यालयमा अवकाश प्राप्त गरिसकेपछि फेरि बुढ्यौली अवस्थामा आराम गर्ने थलोका रूपमा आयोगहरूलाई परिवर्तन गर्नु उचित छैन। 
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
Clock २५ सेकेन्ड अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस