प्रेसमा अंकुश लगाउने कानुन ल्याउँदै प्रदेश सरकार
३० जेष्ठ २०७८
•
३ मिनेट पाठ
प्रेसमा अंकुश लगाउने कानुन ल्याउँदै प्रदेश सरकार
लुम्बिनी प्रदेश सरकारले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार गरेको छ । उक्त विधेयकमा दण्डजरिवानालाई विशेष जोड दिइएको छ । विधेयकको मस्यौदा मन्त्रिपरिषदबाट पारित भई सदनमा पठाइसकिएको छ । आइतबारको सदनमा सो विधेयक दर्ता हुने कार्यसूची छ ।  




प्रस्तावित विधेयकमा मिडिया काउन्सिल गठन गर्ने र त्यसको अध्यक्ष मन्त्री रहने प्रावधान राखिएको छ । बहुमत सदस्यहरू पनि मन्त्रालयकै सचिव रहने व्यवस्था गरिएको छ । प्रदेश सरकारका मन्त्री अध्यक्ष र मन्त्रालयका सचिवहरू सदस्य रहने गरी गठन गरिने उक्त काउन्सिलले नै सञ्चारमाध्यमको दर्ता तथा नवीकरण बन्द गर्ने, सरकारको आदेश र निर्देशन पालना नगर्ने तथा झुटो विवरण प्रकाशन, प्रसारण गरेको लागे सजाय गर्न सक्ने प्रस्तावसमेत विधेयकमा राखिएको छ । जसमा ६ महिनादेखि एक वर्षसम्म कैद सजायसहित दण्डजरिवाना गर्न सक्ने प्रावधान पनि समेटिएको छ ।  

राज्यले बन्देज गरेका विषयमा समाचार प्रकाशन–प्रसारण गरे सञ्चारमाध्यम नै बन्द गरिदिने व्यवस्था विधेयकमा राखिएको छ । सञ्चारमाध्यम दर्ता नगरी समाचार प्रकाशन–प्रसारण गर्नेलाई रजिस्ट्रारले इजाजतपत्रबापतको दस्तुर, प्रसारण वा वितरण शुल्क असुल गरी सोही रकम बराबरको जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुन सक्ने भनिएको छ । झुटो विवरण दिए १० हजार जरिवाना गर्ने भनिएको छ । विधेयकमा सरकारले भनेका सूचना निःशुल्क प्रसारण गर्नुपर्ने प्रावधान पनि छ ।  

पत्रकार महासंघको आपत्ति, पुनर्लेखन गर्नुपर्ने माग

सञ्चारसम्बद्ध संघसंस्था, सञ्चार विज्ञ तथा सरोकारवालाहरूले भने सो विधेयकको मस्यौदाप्रति आपत्ति जनाएका छन् । प्रेस स्वतन्त्रताविरोधी विषय सच्याएर विधेयक पुनर्लेखनको माग उनीहरूले राखेका छन् ।  

नेपाल पत्रकार महासंघसहित सञ्चारसम्बद्ध संघसंस्था तथा विज्ञहरूले प्रस्तावित विधेयक संसदबाट फिर्ता गरी पुनर्लेखन नगरिए आन्दोलन चर्काउने बताएका छन् । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन बनाउन लागेको भन्दै पुनर्लेखन गर्नुपर्ने बताए । महासंघको लुम्बिनी प्रदेश समितिले प्रस्तावित विधेयकका सम्बन्धमा शनिबार गरेको भर्चुअल छलफलमा बोल्दै अध्यक्ष पोखरेलले मिडिया काउन्सिललाई प्रदेश सरकारका मन्त्रीको सचिवालयजस्तो संरचना बनाउन लागिएको भन्दै त्यो कुनै हालतमा स्वीकार्य नहुने बताए । ‘मस्यौदामा भएका दण्ड, जरिवाना, इजाजतपत्र खारेजलगायत नियन्त्रणमुखी प्रावधान तथा त्रुटि नसच्याई विेधयक संसद्मा नपठाइयोस् । जस्ताको तस्तै पास गर्न खोजिए महासंघ आन्दोलनमा जान बाध्य हुनेछ,’ अध्यक्ष पोखरेलले भने ।

महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले प्रस्तावित विधेयक संविधानसँग बाझिनेगरी प्रेस स्वतन्त्रताविरुद्ध तयार गरिएकाले पुनर्लेखन गरिनुपर्नेमा जोड दिए । महासंघका अर्का पूर्वअध्यक्ष तारानाथ दाहालले पञ्चायतकालको भन्दा धेरै नियन्त्रणमुखी र आतंक सिर्जना गर्ने खालका प्रावधान विधेयकमा राखिएको बताए । दाहालले विधेयकको प्रस्तावनामै स्वतन्त्र पे्रसलाई नियन्त्रण गर्ने उद्देश्य राखिएको भन्दै विज्ञ र सरोकारवालाको सुझावलाई समेटेर पुनर्लेखन गर्नुपर्नेमा जोड दिए । मिडिया काउन्सिललाई मन्त्रालयको महाशाखाजस्तो बनाउन खोजिएको उनको भनाइ थियो । प्रदेशसभाको कानुन समितिका सभापति दामाकुमारी शर्माले पत्रकारहरूका सुझावलाई समेटेर परिमार्जन वा पुनर्लेखन गरेर विधेयक पारित गर्नेतर्फ पहल गर्ने बताइन् । 

पत्रकार महासंघका महासचिव रोशन पुरी, केन्द्रीय सदस्य सुशील पोखरेल, पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष पत्रकार डिआर घिमिरे, पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष वसन्त गिरी, महासचिव विक्रम खड्का, नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष देवेन्द्र बर्मा, प्रेस चौतारीका प्रदेश संयोजक शोभाखर पन्थीलगायत पत्रकार महासंघका जिल्ला अध्यक्षहरूले पनि आफ्ना भनाइ राख्ने क्रममा विधेयक पुर्नलेखनको माग गरे ।
अर्को समाचार
एमालेका ४ र नाउपाका १ जना सरकारमा जाँदै, विनाविभागीयको रुपमा आज शपथ
०६ वैशाख २०८१
•
१ मिनेट पाठ
एमालेका ४ र नाउपाका १ जना सरकारमा जाँदै, विनाविभागीयको रुपमा आज शपथ
नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ।




एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यका अनुसार एमालेबाट भुमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन केसी र रत्न बहादुर खत्री सरकारमा सहभागी हुन लागेका छन।

यस्तै नागरिक उन्मुक्ति पार्टीको तर्फबाट धर्मबहादुर चौधरी पनि सरकारमा सहभागी हुन लागेका छन्।

सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लागेपनि मन्त्रालय पनि टुङ्गो लाग्न नसकेको आचार्यले बताए। उनका अनुसार सबैजना मन्त्रीहरूले विना विभागीय मन्त्रीको रुपमा आज साँझ ५ बजे शपथ ग्रहण गर्नेछन्।

चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक/एक जना मन्त्री बनाइसकेका छन्।

जसमा एमालेबाट ढकाल विना विभागीय, माओवादी केन्द्रबाट दिपेन्द्र पुन स्वास्थ्य र जसपाबाट भण्डारी लाल अहिर कृषि मन्त्रीको रुपमा शपथ ग्रहण गरिसकेका छन्।

लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन्। अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ।

यता जसपालाई २ मन्त्रालय दिने लिखित सहमति भएपनि सहमति पालना नगरेको भन्दै पार्टी सरकारमा नजाने प्रदेश अध्यक्ष अशोक यादवले बताएका छन्।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस