नेकपा एमाले सुदूरपश्चिम प्रदेश शभाका सदस्यहरुले प्रदेश सरकारको मुख्यमन्त्री त्रिलोचन भट्टको बिश्वासको मतको पक्ष र बिपक्षमा मतदान गरेसँगै सुदूरपश्चिममा एमालेको बिवाद चर्किएको छ । नेकपा एमालेको स्थाई कमिटीले प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमाले स्थाई कमिटीको निर्णय बमोजिम नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीले संसदिय दलका नेता प्रकाश बहादुर शाह र प्रमुख सचेतक दुर्गा कामीलाई मुख्यमन्त्री भट्टको बिश्वासको मतको विपक्षमा मतदान गर्नका लागी ह्विप जारी गर्न निर्देशन दिएको थियो । भने एमालेका सवै सासंदलाई पनि बिश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको थियो । माधव नेपाल पक्षको राम्रो पकड रहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश शभाको संसदिय दलको बैठकले पार्टीको निर्णय र निर्देशन विपरित बिश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेर ह्विप जारी गर्यो । माधव पक्षका १७ सासंदले संसदिय दलको ह्विप अनुसार मुख्यमन्त्री भट्टको बिश्वासको मतको पक्षमा मतदान गरे भने ओली पक्षका ७ जनाले एमाले पार्टीको निर्देशन अनुसार बिश्वासको मतको विपक्षमा मतदान गरे । एमाले सुदूरपश्चिम प्रदेश शभा संसदिय दलका नेता प्रकाश बहादुर शाहले मंगलवार साँझ नै संसदिय दलको ह्विप उलंघन गरेको भन्दै ओली पक्षका ७ प्रदेश शभा सदस्यलाई २४ घण्टे स्पष्टिकरण सोध्यो । ओली पक्षका पठान सिंह वोहरा, रतन थापा, लिलाधर भट्ट, मायालु चौधरी, ग्याल्वु वोहरा, माया तामाङ र वलदेव रेग्मीलाई स्पष्टिकरण सोधीएको हो । बुधवार ७ जना सासंदले स्पष्टिकरणको जवाफ बुझाएका छन । एमाले पार्टीको निर्देशन बमोजिम मुख्यमन्त्रीको बिश्वासको मतको विपक्षमा मतदान गरेको र पार्टीले टिकट दिएर सुर्य चिन्हवाट चुनाव लडेर जितेका सवै सासंद र संसदिय दलले पार्टीको निर्देशन मान्नुपर्ने उनीहरुले स्पष्टीकरण पत्रमा लेखेका छन । आफूहरुले नभई पार्टीको निर्देशन विपरित मुख्यमन्त्रीको बिश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाउनेले गल्ती गरेको भन्दै उनीहरुले स्पष्टिकरण दिएका छन ।‘पार्टीले टिकट दिएर पार्टीको चुनाव चिन्ह सुर्यवाट चुनाव जितेका सासंदहरुको संसदिय दल पार्टीकै अंग हो, पार्टीको निर्देशन उलंघन गर्ने अधिकार संसदिय दललाई छैन’ओली पक्षका सासंद पठानसिंह वोहराले भने,‘हाम्रो नभई पार्टीको निर्देशन बिपरित ह्विप गर्नेले अपराध गरेका हुन भनेर स्पष्टिकरण बुझाएका छौं ।’
एमाले पार्टी स्थाई कमिटीको निर्णय विपरित मुख्यमन्त्रीको बिश्वासको मतको पक्षमा मतदान गर्ने १७ सासंदलाई पार्टीको सधारण सदस्यवाट निष्कासन गरिने नेकपा एमाले प्रदेश समितीका अध्यक्ष कर्ण थापाले बताएका छन । मुख्यमन्त्रीको बिश्वासको मतको पक्ष र बिपक्षमा मतदान गरेसँगै एमाले पार्टी र माधव पक्षको बहुमत रहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश शभा संसदिय दल बिच विवाद बढेको छ ।
एमाले संसदिय दलका प्रमुख सचेतक पार्टीले निर्देशन दिएपनि संसदिय दलले अहिलेको अवस्था अनुसार उपयुृक्त निर्णय गरेको बताइ्न । ‘संसदिय दललाई निर्णय गर्ने र त्यसअनुसार दलका सदस्यहरुलाई ह्विप लगाउने अधिकार रहेको छ’उनले भनिन् । एमाले प्रदेश समितीले पार्टीको निर्णय नमान्ने संसदिय दलका नेता, मन्त्री, प्रमुख सचेतक र सासंदहरुलाई कारवाही गर्न चाहेको छ भने माधव पक्षको बहुमत हरेको संसदिय दलका नेताले ओली पक्षिय सासंदलाई कारवाही गर्न खोजेको छ । दुवै पक्षको कारवाही गर्नका लागी स्पष्टिकरण सोध्ने दोहोरीका बिच कस कसलाई कारवाही हुन्छ भनेर चासोको साथ हेरिएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा राजनीतिक दल र संसदिय दलका कामकारवाही एक अर्का संग जोडिएकाले सासंदवाट हटाउन त्यती सहज भने छैन ।
नेकपा एमाले स्थाई कमिटीको बैठकले जेठ १० गते प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने र पार्टीको तर्फवाट सहभागी मन्त्रीलाई सरकारवाट फिर्ता हुन निर्देशन दिने निर्णय गर्यो । जेठ १२ गते नेकपा एमाले प्रदेश शभा संसदिय दलको बैठकले स्थाई कमिटीको उक्त निर्णयलाई चुनौती दिदै सरकारको समर्थन कायमै राख्ने निर्णय गर्यो । भने जेठ १४ गते सुदूरपश्चिम प्रदेश शभा नेकपा एमाले संसदिय दलले २ मन्त्री फिर्ता वोलाएर ३ मन्त्री र ३ राज्यमन्त्री प्रदेश सरकारमा पठाएको थियो।
एमाले स्थाई कमिटीको निर्णय नमानेको भनेर संसदिय दलका नेता प्रकाश बहादुर शाहलाई एमालेका अध्यक्ष केपी ओलीले शुक्रवार ४८ घण्टे स्पष्टिकरण सोधेका थिए । स्पष्टीकरणको उनले जवाफ समेत फर्काएका छन । एमाले प्रदेश समितीले सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक गरि १० जनालाई यस अघि नै स्पष्टिकरण सोधे सकेको थियो ।