एमाले विवाद उत्कर्षमा
०७ जेष्ठ २०७८
•
४ मिनेट पाठ
एमाले विवाद उत्कर्षमा
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ। उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए। थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ।




एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको थियो। तर बिहीबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा कार्यदलको आग्रहविपरीत काम भएको भन्दै ओली पक्षका नेताले यसमा नेपाल समूह दोषी भएको बताएका छन्। यसबाट आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। कार्यदलको अर्को बैठक शुक्रबार बस्ने भनिएको छ। कार्यदलले बुधबार र बिहीबार पनि बैठक बस्ने भने पनि त्यस्तो हुन सकेन।

नेपाल पक्षले २०७५ जेठ २ को विन्दुबाट पार्टी संगठन अघि बढाउने सहमति भएको र त्यतिबेलाको कार्यसमितिले नचिनेका थापालाई उम्मेदवार बनाउने विषय नै गलत भएको बताएको छ। ‘हामीले सुरुदेखि नै पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट अघि बढाउने र त्यही सेरोफेरोमा रहेर विवाद समाधान गर्ने भनेका छौं। त्यसकारण एमालेको कार्य समितिले रामबहादुर थापालाई चिन्दैन’, नेपाल निकट एक नेताले भने।

कार्यदलका केही सदस्य राष्ट्रिय सभा सदस्य उपनिर्वाचन र नतिजाले पार्टी एकतामा कुनै फरक नपर्ने बताउछन्। तर ओली पक्षका केही नेताले कार्यदलको औचित्य सकिएको, नेपाल समूहले पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी हराएको र यो क्षम्य हुने विषय नभएको बताएका छन्।

पार्टी महासचिव ईश्वर पोखरेलले अन्तर्घात क्षम्य नहुने बताएका छन्। ‘एकातिर कार्यदल बनाएर कुनै अन्तरविरोध नबढाउने र आचारसंहितामा ध्यान दिने भनिएको छ। अर्कोतिर खुलेआम विपक्षीहरूसँग मिलेर पार्टीको एउटा पक्षले आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गरेको छ, पार्टीभित्र यस्तो अराजक गतिविधि सह्य हुँदैन। यो अत्यन्तै गम्भीर र भत्र्सनायोग्य छ’, उनले भनेका छन्।

यसअघि पार्टी विभाजन रोक्न ओली र नेपाललाई वार्तामा ल्याएका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पनि विवाद उत्कर्षमा पुगेको संकेत गरेका छन्। उनले अब पार्टीलाई नयाँ आधारका साथ अगाडि बढाउनुपर्ने धारणा राखेका छन्। ‘दूध खुवाएर पालेका सर्पले डसेका हुन्। विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुआत मात्र हो’, बाँस्कोटाले भने। उनको यो भनाइले पनि एमाले विभाजनउन्मुख भएको संकेत गरेको छ।

नेपाल समूह छाडेर हालै ओली समूहमा प्रवेश गरेका केन्द्रीय सदस्य विष्णु रिजालले भने एकता प्रक्रिया छिटो टुंग्याउनुपर्ने बताएका छन्। उनले कार्यदलको बैठकसमेत प्रभावित भएकाले पार्टी एकता प्रक्रिया बिथोलिने संकेत गर्दै चाडै नै कार्यदलको बैठक बस्नुपर्ने धारणा राखेका छन्। ‘राष्ट्रिय सभामा एक सिट एमालेका लागि ठूलो होइन। तर, बन्न लागेको एकताको वातावरण यही घटनाले बिथोलिने खतरा बढेको छ। कार्यदल प्रभावित भएको छ। नेता–कार्यकर्तामा तिक्तता थपिएको छ। देश चुनावतिर सोभिँदै गर्दा कासी जान कुतीको बाटो रोज्नुको साटो खुलस्त कुरा गरेर एकता छिटो टुंग्याउनुपर्छ’, रिजालले भने।

राष्ट्रिय सभाको उपनिर्वाचन परिणामतर्फ लक्षित गर्दै नेपाल पक्षका केन्द्रीय सदस्य राजेन्द्र राईले चित्त नबुझेको कुरा खुलस्त राख्न पाउनु नै लोकतन्त्र भएको टिप्पणी गरेका छन्। ‘विकास भएको लोकतान्त्रिक चेतः चित्त नबुझेमा, छोराले बाउलाई, विद्यार्थीले शिक्षकलाई, श्रीमतीले श्रीमान्लाई, कार्यकर्ताले नेतालाई, कामदारले मालिकलाई, सानोले ठूलालाई प्रश्न गर्न थालिएको छ र हरेक संस्था, पार्टी मात्र होइन, परिवारसमेत लुज फोरम जस्तो भएको छ। यस्तो अवस्थामा घर, समाज, देश, संघसंस्था, पार्टी कतै पनि निरंकुशता चल्दैन’, उनले भनेका छन्।

राष्ट्रिय सभा निर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई नेपाल समूहले असहयोग गरेपछि पराजित भएका छन्। यसबाट पार्टीभित्र मत्थर हुन खोजेको विवाद फेरि उत्कर्षमा पुगेको छ।
हेटौंडामा मतदान हुँदै गर्दा अध्यक्ष ओलीले बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक राखेका थिए। बैठकले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने कतिपय नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलापको निन्दा गरेको छ। बैठकमा नेपाल पक्षले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार थापालाई मत नदिएको बारेमा छलफल भएको थियो। बैठक राख्नुको उद्देश्य पनि नेपाल पक्षलाई अब के गर्ने भन्नेबारे छलफल गर्नु रहेको थियो। प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले पार्टीविरोधी गतिविधि र मतदान गर्ने प्रवृत्तिको भत्र्सना गरेको बताए। उनले यस्तो कार्यलाई क्षम्य मान्न नसकिने पनि बताए। 

‘कार्यदल बनेपछि पनि पार्टीको विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन सकिँदैन। यो गम्भीर विषय हो, थप छलफल हुन्छ’, उनले भने, ‘जेठ २ गते कार्यदल नबन्दासम्मको अवधिलाई कट अफ डेट मान्न सकिन्थ्यो। तर कार्यदल बनेर पार्टी एकताको कुरा अघि बढेपछि पनि यस्ता घटना हुन्छन् भने सामान्य रूपमा लिन सकिन्न।’ ओलीले कार्यदल बनाए पनि त्यसले दिने सुभाm स्वीकार नगर्ने र आफूहरूलाई किनारामा पारिरहने आशंका नेपाल पक्षको छ। यही आशंकाको घेरामा रहेको नेपाल पक्षले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा खुलेर थापालाई असहयोग गरेको स्रोतले बतायो।
अर्को समाचार
एमाले विवाद उत्कर्षमा
०४ चैत्र २०७७
•
३ मिनेट पाठ
एमाले विवाद उत्कर्षमा
सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय सदस्यहरूको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ। फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौं बोलाएर भेला आयोजना गर्न लागेको हो। ओलीले सो भेलामा सहभागी भए कारबाही गर्ने धम्की दिएका छन् तर नेपाल समूहले कारबाही सहन लामबद्ध रहेको जनाएको छ।  




सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र पुरानो विवाद झन् बढेको छ। ओली पक्षले नेपाल समूहको जिम्मेवारी खोस्दै लगेपछि विवाद उत्कर्षमा पुगेको हो। हाल नेपाल पक्षले देशव्यापी रूपमा आफ्नो तहबाट एमालेभित्र समानान्तर कमिटी बनाउन लागेको छ। ‘बुधबार सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा दुई हजार पाँच सय कार्यकर्ता सहभागी हुँदैछन्। पार्टी एकता जोगाउन र पार्टीलाई अझ बलियो बनाउन भेला आयोजना गरिएको हो’, नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने। उनका अनुसार भेलाको सबै तयारी पूरा भइसकेको छ। नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेपछि सोमबार बिहान एमाले पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा जुटेका थिए।  

ओलीले फागुन २८ गतेको निर्णयबाट पछि नहट्ने बताएपछि छलफल बिनानिष्कर्ष टुंगिएको थियो। फागुन २८ को निर्णय नसच्याउने हो भने चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने नेपालले जनाएका थिए। मंगलबार बिहान ओलीले बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाल समूहका कोही पनि सहभागी भएनन्। ओलीले चियापान कार्यक्रममा सम्बोधन गर्दै नेपाल समूहको भेलामा गए कारबाही गर्ने चेतावनी दिए। त्यसपछि नेपाल समूहले आयोजना गरेका पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरू कारबाही भोग्न तयार रहेको बताए। उनले प्रधानमन्त्री ओलीलाई भेलामा सहभागी हुन र भेलाको उद्घाटन गर्नसमेत आग्रह गरेका थिए। भेलामा आउने नेता–कार्यकर्ता एमालेकै भएको भन्दै भेलाको उद्घाटन गर्न ओलीलाई आग्रह गरेका हुन्।  

ओलीले भेलामा जानेहरूमाथि नजर लगाइनेछ भनेपछि प्रतिउत्तरमा भट्टराईले भेलामा सहभागी हुनेहरूका लागि नजर लगाउन कसैलाई खटाउन पर्दैन भनेका थिए। ‘तपाईं नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस्, नजर लगाउन कसैलाई खटाउनै पर्दैन। यो भेलामा देशभरबाट कोको आएछन्, तपाईं नै आएर हेर्नुहोस् र आतिथ्य ग्रहण गर्नुहोस्। उद्घाटन गर्नुहोस्। देशभरबाट आएका तपाईंकै कार्यकर्ता हुन्, केन्द्रीय सदस्य हुन्। के भन्नुपर्ने हो, उहाँहरूलाई भन्दा हुन्छ’, ओलीलाई लक्षित गर्दै प्रचार विभाग प्रमुख भट्टराईले भने। उनले कारबाही गर्ने भन्ने ओली अभिव्यक्तिलाई अहंकारको संज्ञा दिए। ‘अहंकारपूर्ण अभिव्यक्ति हो। हामीलाई कुनै दुःख छैन। हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध छौँ। त्यसमा हामीलाई कुनै पश्चात्ताप हुनेछैन। हामी मुलुक, संविधान, जनसमर्थनको रक्षाका निम्ति उभिएका मानिस हौं। हामीलाई त्यसका कुनै हीनताबोध छैन। त्यसैले तपाईंले गर्ने प्रत्येक कारबाहीका लागि हामी लामबद्ध छौँ’, उनले ओलीलाई लक्षित गर्दै थपे।

ओलीले मंगलबार बिहान सांसद र केन्द्रीय सदस्यहरूलाई चियापानका लागि बोलाएका थिए। त्यस क्रममा उनले नेपाल समूहले पार्टी फुटाएको आरोप लगाएका थिए। नेपाल पक्षले गर्न लागेको राष्ट्रिय भेलाबाट समानान्तर कमिटी मात्रै नभएर छुट्टै पार्टी नै बनाए पनि केही गर्न नसक्ने उनको भनाइ थियो। ‘पार्टी आफ्नोआफ्नो भयो, हिजो ०७५ जेठ ३ गते अघि फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन्, निहुँ खोजिरहेका छन्। ७ गते फेरि केन्द्रीय कमिटीको बैठक बालाइएको छ। उहाँहरू भोलि राष्ट्रिय भेला गर्ने, भेला बोलाउने सुन्दैछु, प्रतिवेदन पास गर्ने रे भनिरहेको पनि सुन्छु। राष्ट्रिय भेलाबाट केके समानान्तर कमिटी बनाउने रे। समानान्तर होइन अर्को कमिटी बन्ला। कसैले अर्को पार्टी बनाए के गर्न सकिन्छ र’, प्रधानमन्त्री ओलीले भनेका थिए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस