राष्ट्रियसभा सदस्यमा एमालेकै दुई उम्मेदवार
२५ वैशाख २०७८
•
३ मिनेट पाठ
राष्ट्रियसभा सदस्यमा एमालेकै दुई उम्मेदवार
राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा, एमालेकै डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । थापा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका र देवकोटा एमालेकै माधव नेपाल पक्षका हुन् ।




गृहमन्त्रीसमेत रहेका थापा शुक्रबार मनोनयन दर्ता गर्न हेलिकोप्टरबाट प्रदेश राजधानी हेटौंडा आएका थिए । थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन् ।

देवकोटा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल समूहको साझा उम्मेदवार हुन् । उनको प्रस्तावकमा माओवादीको वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशकी प्रमुख सचेतक राधा घले रहेका छन् । कांग्रेस, माओवादी, एमाले नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदसहित हेटौंडा ५ स्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर देवकोटाले मनोनयन दर्ता गराएका थिए ।

नेमकिपाका उम्मेदवार तामाङको प्रस्तावकमा सोही दलका प्रदेश सांसद सुरेन्द्रराज गोसाईं र समर्थकमा प्रदेश सांसद सिर्जना सैजु रहेका छन् । २०७४ सालको निर्वाचनमा माओवादीबाट राष्ट्रियसभा सदस्य भएका थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले पदमुक्त गराएको थियो । वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा चुनाव हुने प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

नेपाल समूह निर्णायक

उपनिर्वाचनमा नेकपा एमालेको नेपाल समूह निर्णायक हुने देखिएको छ । ९ हजार ५ सय ६४ मतभारमध्ये ५ हजार ८२ मत भारसहित एकल बहुमतमा रहेको एमालेको नेपाल समूहले आफ्नै उम्मेदवार देवकोटाको पक्षमा मतदान गरे मन्त्री हुनका लागि सांसद हुनैपर्ने संवैधानिक व्यवस्थाका कारण दबाबमा रहेका थापालाई गाह्रो गर्ने देखिन्छ ।

एमालेका प्रदेश सांसदको २ हजार ६ सय ८८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको २ हजार ३ सय ९४ गरी कुल ५ हजार ८२ मत भार छ । त्यस्तै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनअन्तर्गत ५४ प्रदेश सांसदको मतभार २ हजार ५ सय ९२ तथा १ सय ५ स्थानीय तहका प्रमुख र उपप्रमुखको एक हजार ८ सय ९० गरी ४ हजार ४ सय ८२ मतभार छ ।

प्रदेशमा १ सय १० प्रदेश सांसद तथा १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदाता छन् । प्रदेश सांसदको ५ हजार २ सय ८० तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको ४ हजार २ सय ८४ मतभार छ । प्रदेश सांसद एकजनाको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार मानिन्छ ।

प्रदेशसभामा एमालेका ५७ (ओली पक्षमा ३२ र नेपाल पक्षमा २२ जना), माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेपाल मजदुर किसान पार्टीका २–२ र जसपाका एक सांसद छन् । स्थानीय तहका २ सय ३८ मतदातामध्ये एमालेका १ सय ३३, कांग्रेसका ६७, माओवादी केन्द्रका ३३, राप्रपाका २, नेमकिपाका २ र जसपाका एकजना छन् ।
अर्को समाचार
प्रदेश र स्थानीय तहको पनि सभा हो राष्ट्रियसभा: नेता देवकोटा
१६ मंसिर २०८०
•
८ मिनेट पाठ
प्रदेश र स्थानीय तहको पनि सभा हो राष्ट्रियसभा: नेता देवकोटा
राष्ट्रियसभाका सांसद डा. खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हावी हुँदा संघीय संसदले अपेक्षित नतिजा दिन नसकेको धारणा राखेका छन्। राज्यका अंगबीचको नियन्त्रण र सन्तुलन गुम्दा सरकार संसद प्रति जिम्मेवार तथा जवाफदेही हुन नसकेको उनको विश्लेषण छ।




सरकार नै संसद्माथि हावी छ। सरकार हावी भएका कारण संसद् बलियो हुन नसकेको हो। यसलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन हुन नसकेको भनेर बुझ्न सकिन्छ’, उनले भने,संसद्ले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन सकेको छैन। सरकारका गतिविधिको अनुगमन गर्ने अधिकार संसद्लाई छ, तर कुनै मन्त्रीलाई संसद्मा उभ्याएर जवाफ दिन लगाउन सकेको देखिँदैन। प्रश्न गरेको देखिँदैन।’

संघीय कानुन निर्माणको गति सुस्त हुँदा पछिल्लो समय संसद्को विधायिकी भूमिकामाथि प्रश्न उठ्न थालेको छ। एकातिर नागरिकका अपेक्षा र जनजीविकासँग जोडिएका विषयको उठान तथा सम्बोधन संसद्मा नहुने र अर्कातर्फ कानुन निर्माणमा पनि गति नदेखिने भएपछि नागरिक तहबाटै व्यवस्थाप्रति वितृष्णा बढ्दो रहेको उनको बुझाइ छ।

सदन कमजोर छ। विधेयक आएका छैनन्।सांसद केवल हाजिर गरेर तलबभत्ता खाएर बसेका छन् भन्ने जनगुनासो छ। नतिजा दिन नसकेपछि जनताले गुनासो गर्नु स्वाभाविक हो’, देवकोटाले भने। सरकारलाई लगाम कस्ने संसद्मा सरकार र सत्तापक्ष दलको छायाँ देखिएको उनको बुझाइ छ। सरकार आफैंले विधेयक नल्याउने र सांसदबाट गैरसरकारी विधेयकसमेत आउन सक्ने अवस्था नरहेको उनको भनाइ छ। हाम्रो संसद् दलसँग मात्रै जोडियो। सांसद जुन दलको सरकार छ, संसद्मा सांसदपनि दलभन्दा दायाँबायाँ नजाने भए, जसकारण संसद् एकदमै कमजोर भएको छ’, स्वतन्त्र सांसद देवकोटा भन्छन्।

संसद्लाई सरकारले विधेयक दिएर क्रियाशील बनाउने हो, तर संसद्ले सरकारलाई दोष दिएर विधेयक आएनन् भन्छन्। सांसद आफैंले पनि गैरसरकारी विधेयक ल्याउन सक्छन्। त्यस्ता विधेयक पनि आएका छैनन्।’ संघीय निजामती विधेयक, शिक्षा, कृषि, तीन तहको सरकारबीचका एकल र साझा अधिकारसँग सम्बन्धित विधेयक तत्काल बन्न आवश्यक देखिए पनि ती आउन नसकेको देवकोटाको भनाइ छ। नेपालमा गैरसरकारी विधेयक ल्याउने चलन कम रहेको र त्यसका लागि संसद् सचिवालयले पनि प्राविधिक रूपमा सहयोग गर्न नसकेको उनको बुझाइ छ। आफूले संसद् सचिवालयलाई पछिल्लो एक वर्षदेखि एउटा गैरसरकारी विधेयक (प्राइभेट बिल) दर्ता गर्नुप¥यो भनिरहे पनि सचिवालयले त्यसमा सहजीकरण नगरेको उनी बताउँछन्। बेलायत, अमेरिका, भारत, अस्ट्रेलियालगायत मुलुकको अभ्यास हेर्दा

सांसद आफैंले पनि विधेयक दर्ता गर्ने गरेको देखिन्छ। सामान्यतः राष्ट्रियसभा (माथिल्लो सभा) लाई बौद्धिक व्यक्ति र विद्वत् वर्गको

उपस्थिति रहेको थलोका रूपमा लिइन्छ। सरकार निर्माणमा माथिल्लो सदनको खासै भूमिका रहन्न। यस अर्थमा राष्ट्रियसभाको मुख्य भूमिका विधायिकी नै मान्न सकिन्छ, तर राष्ट्रियसभा पनि दलीय राजनीतिको कोपभाजन र सत्तापक्ष–प्रतिपक्षको छायाँबाट मुक्त नभएको उनको भनाइ छ।प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको फरक भूमिका हुन्छ र काम गर्ने शैली पनि फरक छ, तर हामीकहाँ प्रतिनिधिसभा अवरुद्ध भयो भने राष्ट्रियसभा पनि चल्न दिइँदैन’, उनी भन्छन्,त्यसकारण

मैले पटकपटक ।।।प्रतिनिधिसभाको रिसले राष्ट्रियसभाको खामो उछिट्ट्याउने काम नहोस्’ भनेर बोलेको छु।’ संविधानले नै राष्ट्रियसभालाई कमजोर बनाएको पनि सांसद देवकोटाको अनुभव छ। प्रतिनिधिसभाबाट राष्ट्रियसभाबाट पठाइएका विधेयक फिर्ता पठाउन समय तोकिएको तर प्रतिनिधिसभाबाट राष्ट्रियसभामा पठाउनका लागि कुनै समयसीमा

नतोकिएको राष्ट्रियसभाको भूमिका कमजोर देखिएको उनी बताउँछन्।

।।।संविधानले नै राष्ट्रियसभालाई कमजोर बनाएको छ। प्रतिनिधिसभाबाट

राष्ट्रियसभामा आएपछि अर्थ विधेयक १५ दिन र अरू विधेयकको ६० दिनमा फिर्ता गर्ने समयसीमा (डेडलाइन) छ। तर माथिल्लो सदनबाट तल्लो सदनमा पठाइएका विधेयकको कुनै डेडलाइन संविधानमा तोकिएको छैन। विधेयक तर्जुमामा यस्तो समस्या छ’, सांसद देवकोटाले भने।

राष्ट्रियसभालाई प्रदेश र स्थानीय तहको पनि सभा (काउन्सिल अफ सब–नेसनल गभर्मेन्ट) का रूपमा परिभाषित गर्छन् सांसद देवकोटा। प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गरेर निर्वाचित भएका व्यक्ति राष्ट्रियसभामा आउँछन्, तर प्रतिनिधिसभाका सांसद जनताबाट प्रत्यक्ष निर्वाचित भएर आएकाले जनताका घरदैलोमा जानुपर्ने हुन्छ। जनजीविकाका सवालमा केन्द्रित हुनुपर्ने हुन्छ। यस अर्थमा पनि राष्ट्रियसभाका सांसद विशुद्ध रूपमा विधायिकी भूमिका निर्वाह गर्नुपर्ने

अवस्थामा छन्। जसकारण सरकारलाई जवाफदेही र उत्तरदायी बनाउनका लागि सशक्त भूमिका राष्ट्रियसभाले खेल्न सक्छ।जनप्रतिनिधिले पनि निर्वाचित गरेको वा जनप्रतिनिधिको पनि प्रतिनिधि हुने थलो

हो राष्ट्रियसभा। प्रदेशका सांसद र पालिकाका प्रमुख एवं उपप्रमुखले मतदान गरेर निर्वाचित गरिसकेपछि राष्ट्रियसभामा त उनीहरूको आवाज बोलिनुपर्ने हो’, उनी भन्छन्।

संघीय शासन प्रणालीको सबलीकरण र क्रियाशीलताका लागि राजनीतिक दल, तिनका शीर्षस्थ नेता र सरकारले पर्याप्त भूमिका खेल्न नसकेको सांसद देवकोटा बताउँछन्।सदनलाई हाम्रा सांसद, राजनीतिक दल र सरकारले कमजोर बनाएका हुन्। दलले जे भन्यो, सांसदले त्यही मान्छन्। संसद्मा विधेयक आउँदैन। संसद्को अवमूल्यन हुन्छ’, उनी भन्छन्, राष्ट्रियसभामा पनि त विधेयक दर्ता हुन सक्छन्, तर अधिकांश विधेयक प्रतिनिधिसभामा दर्ता हुन्छन्।’ सांसद देवकोटाको स्पष्ट बुझाइ छ, चाहे स्थानीय तह, प्रदेश वा केन्द्र सरकार होस्,शासन लहडले नभई कानुनले चल्नुपर्छ। तर केन्द्र सरकार र संघीय सांसदको लहडका कारण संघीयताको मर्मविपरीत केन्द्र सरकारले प्रदेश र स्थानीय तहको अधिकार पनि आफैं प्रयोग गरिरहेको छ। एकात्मक र केन्द्रीकृत शासन व्यवस्थाबाट संघात्मक र विकेन्द्रित शासन व्यवस्थामा विकासको वाहकका रूपमा प्रदेश सरकारलाई परिकल्पना गरिएको थियो। तर संघीय सरकारले प्रदेश र स्थानीय तहको कार्य क्षेत्रमा हात हाल्ने अवस्था देखिएको उनको भनाइ छ। संविधानले प्रदेशलाई प्रहरीको अधिकार दिएको छ, तर संघीय सरकारले त्यो अधिकार अझै प्रदेशलाई दिएन। संघीय निजामती कानुन अहिलेसम्म आएको छैन। शिक्षाको अधिकार स्थानीय तहलाई छ, त्यो पनि दिइएको छैन’, सांसद देवकोटा भन्छन्, ।।।प्रदेश र स्थानीय तहका हातमा कर्मचारी छैनन्, प्रहरी प्रशासन छैन। दण्ड जरिवाना गर्न सक्ने अधिकार प्रयोग गर्न पाएका छैनन्। पर्याप्त वित्तीय साधन र स्रोत छैन। यी सबै कमजोरी संघीय सरकारले सिर्जना गरेका हुन्। किनकि केन्द्रीकृत सोच र मानसिकता संघीय सरकार र नेतामा हावी भएको छ।’ संघीयता सहितको संविधानले जनताको घरदैलोमा अधिकार पु¥याएको छ। सेवा

प्रवाहसँग जोडिएका संस्था तल्लो तहसम्म पुगेका छन्, तर नागरिकले अपेक्षा गरे अनुसारको सहज सेवा प्रवाह हुन नसकेपछि नागरिकस्तरबाटै संघीयताप्रति वितृष्णा र गुनासो बढेको देखिन्छ। त्यसो हुनुको मुख्य कारण केन्द्र सरकारले प्रदेश र स्थानीय तहमा सरकारको अनुभूति नै गर्न नदिएको सांसद देवकोटा बताउँछन्।

जनताका घरदैलोमा सेवा पुगेको छ, त्यो आफ्नो ठाउँमा छ। तर जति हुनुपथ्र्यो र हामीले जति गर्न सक्थ्यौं, त्यति भएको छैन। राष्ट्रियसभा प्रदेश र स्थानीय तहको पनि सभा भएकाले यसका लागि पनि हामी अझ क्रियाशील हुनुपर्छ’, उनी भन्छन्। प्रदेश र स्थानीय तहमा देखिएका समस्याका गाँठा फुकाउने, कानुन अभावमा प्रदेश सरकारले काम गर्न पाएन भनेर खबरदारी गर्ने भूमिका पनि राष्ट्रियसभाको रहेको उनको बुझाइ छ। सांसद देवकोटालाई लाग्छ– संघीय शासन प्रणालीको सबलीकरण र क्रियाशीलतामा राष्ट्रियसभा जुन रूपमा लाग्नुपथ्र्यो, त्यो लागेको छैन। बजेट केन्द्रीकृत सोच र मानसिकताको आउँछ। कर्मचारी तल जान चाहँदैनन्। हिजोकै मानसिकता र सोचबाट सरकार चलिरहेको छ’, उनी भन्छन्, त्यो सबै असन्तुष्टि संघीयतामा गएर पोखियो। संघीयताकै कारण समस्या देखिए भनेर भाष्य बनाउन खोजियो। वास्तवमा त्यो साँचो होइन।’जनताले सहज सेवा प्रवाह खोजेको हो। हिजोको भन्दा प्रभावकारी सेवा प्रवाह हुन नसकेपछि नागरिक तहमा संघीयताप्रति वितृष्णा देखियो। देशभित्र गुणस्तरीय शिक्षा÷स्वास्थ्य पाइयोस्, रोजगारी पाइयोस्, दिगो खालका विकास निर्माणका काम हुन सकून् भन्ने नागरिकका आकांक्षा थिए। त्यो अपेक्षाअनुसार नतिजा देखिएन। यसमा

मुख्य जिम्मेवार केन्द्र सरकार र संघीय संसद् रहेको उनी स्वीकार्छन्। तर अब संघीय शासन प्रणालीमाथि प्रश्न गर्नेभन्दा पनि यही प्रणालीलाई सुदृढ

गर्नुको विकल्प छैन।मुलुक संघीयतमा गइसकेपछि पनि केन्द्रीकृत सोच र मानसिकताले काम ग¥यो। यसमा हामी पनि जिम्मेवार छौं, तर अब संघीय शासन प्रणालीमा गइसकेपछि फर्कने भन्नुको पनि तुक हुन्न’, उनी भन्छन्,अझै पनि सुधार गर्न सकिने ठाउँ प्रशस्तै छन्। यही शासन व्यवस्थामा केही कमीकमजोरी छन् भने सुधार गरौं तर प्रयोगशाला नबनाऔं। मुलुकलाई कतिपटक शासन व्यवस्थाको प्रयोगशाला

बनाउने ?’ नेपालले पछिल्लो सात दशक अवधिमा पटकपटक फरक शासन व्यवस्थासहितका संविधान बनाएर पटकपटक प्रयोगजस्तो मात्रै गरेको उनको बुझाइ छ। हुन पनि नेपालमा राणाशासन अन्त्य हुनु र भारत–अंग्रेज शासनबाट मुक्त हुनु लगभग एकै कालखण्डमा भएको हो। भारतले त्यो बेला ल्याएको संविधान अहिले पनि कार्यान्वयन भइरहेको छ। तर नेपालमा पटकपटक संविधान फेरिएको छ। त्यसो भए संघीयता सबलीकरणका लागि के गर्न सकिन्छ ? राससको यो प्रश्नमा सांसद देवकोटा भन्छन्,मन्त्रालयको संख्या कम गर्ने कि ? निर्वाचन

प्रणालीमा सुधार गर्ने कि ? प्रदेशलाई चुस्त बनाउने कि ? त्यसबारे सोचौं।

संविधानले दिएको अधिकारअनुसारको काम गर्ने वातावरण सिर्जना गरौं। पर्याप्त वित्तीय स्रोत, साधन र कर्मचारीको व्यवस्था गरौं। जनताका गुनासा सुनेर उनीहरूका अपेक्षाअनुसार काम गरौं।’ द्वन्द्वकालमा करिब २० वर्ष स्थानीय तहको चुनाव गर्न सकेका थिएनौं, तर अहिले चुनाव

भएको छ र जनप्रतिनिधि छन्। स्थानीय तहमा ठूलो वित्तीय साधन स्रोत परिचालन भएको छ। महिला, दलित, जनजातिलगायतको उपस्थिति राम्रो छ। अहिले स्थानीय तहमा करिब ४१ प्रतिशत महिला जनप्रतिनिधि छन्। समावेशी समानुपातिक प्रतिनिधित्व राम्रो देखिएको छ।

मुख्यगरी कानुन संघीय सरकारले बनाउने र कार्यान्वयन तल्लो तहले गर्ने अर्थात् कानुन तर्जुमा एवं अनुगमन संघीय सरकार र सेवा प्रवाहको काम स्थानीय तह र प्रदेशले गर्नुपर्ने सांसद देवकोटा बताउँछन्। तर हामीकहाँ भने सबै काम संघीय सरकार आफैं गर्ने सोच र मानसिकताबाट चलिरहेको छ, जसकारण जनताले चाहेअनुसार काम पनि हुन सकेको छैन।

सांसद देवकोटाको जवाफ थियो, मेरो समीक्षा आफैंले भन्दा पनि स्थानीय तह र प्रदेशका जनप्रतिनिधिले गर्लान्। स्थानीय तह र प्रदेश सबलीकरणका लागि म आफैंले संकल्प प्रस्ताव पेस गरेको छु। तलको अधिकारलाई मिचेर ऐन–कानुन आएका छन् भनेर बोलिरहेको छु। राष्ट्रियसभामा प्रदेश र स्थानीय तहको आवाज भएर बोलेको छु भन्ने लाग्छ। यसबाट म सन्तुष्ट छु।’
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस