जसपालाई खुसी पार्न मुद्दा फिर्ता
१६ वैशाख २०७८
•
३ मिनेट पाठ
जसपालाई खुसी पार्न मुद्दा फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा) का माग पूरा गर्न थालेको छ। यसबाट ओली नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना बढेको छ। जसपा मागअनुसार सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका १५ थान मुद्दा (१२० जना अभियुक्त) फिर्ता लिने निर्णय गरेको छ। यो निर्णयसँगै जसपाले एमाले नेतृत्वको वर्तमान सरकारसँग सत्ता साझेदारी गर्ने सम्भावना बढेको हो।  




सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले मधेस आन्दोलनका क्रममा १ सय २० जनाविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको जानकारी बुधबार दिए। सरकारले जसपाको मागअनुसार मधेस आन्दोलनका क्रममा लगाइएका १५ थान मुद्दा खारेज गरेको हो। सरकारले जसपाको माग सम्बोधन गर्न दुई सातादेखि कानुनी प्रक्रिया अगाडि बढाएको थियो। 

जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिने मुद्दा, अन्य प्रक्रियामार्फत फिर्ता गर्न सकिने मुद्दा र मन्त्रिपरिषद्‍बाटै फिर्ता गर्न सकिने मुद्दाको लेखाजोखा गरेर सोहीअनुसार फिर्ता लिने निर्णय भएको गृह मन्त्रालय स्रोतले बतायो। कतिपय मुद्दा जिल्ला प्रशासन कार्यालयबाट पनि फिर्ता लिन सकिने भएकाले सरकारले यसका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने बताइएको छ। कैलालीको टीकापुरमा ८ जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाका प्रमुख दोषी रेशम चौधरीलगायतसँग जोडिएका मुद्दा सिधै टुंग्याउन नमिल्ने भएकाले तिनलाई प्रक्रियामा लैजाने गरी जसपासँग वार्ता अघि बढाइएको थियो। 

मधेस आन्दोलनताका एक सय ९२ जनामाथि मुद्दा चलाइएको थियो। त्यसमध्ये १ सय २० जनाको मुद्दा फिर्ता भएको हो। टीकापुर हिंसामा मुछिएका व्यक्तिको मुद्दा भने अहिले फिर्ता गरिएको छैन। अदालतमा रहेका विचाराधीन मुद्दा पनि सरकारले प्रक्रिया पुर्‍याएर फिर्ता गर्ने भएको छ। सरकार संकटमा पर्ने देखिएपछि जसपाको साथ लिन प्रधानमन्त्री ओलीको निर्देशनमा मुद्दा फिर्ता प्रक्रिया अघि बढाइएको थियो। ओली सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेका बेला यसरी मुद्दा फिर्ता लिने निर्णय भएको हो।

ओली सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेका बेला यसरी मुद्दा फिर्ता लिने निर्णय भएको हो। प्रधानमन्त्री ओली जसपालाई खुसी पारेर सरकार जोगाउन चाहन्छन्। 
प्रधानमन्त्री ओली जसपालाई खुसी पारेर सरकार जोगाउन चाहन्छन्। माओवादी केन्द्रले ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पहल गरिरहेको छ। यसका लागि उसले कांग्रेस र जसपासँग छलफल अघि बढाएको छ। तर यस विषयमा जसपाले अहिलेसम्म कुनै निर्णय नगरेकाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउन सकेको छैन। कांग्रेसले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। तर वैकल्पिक सरकार बनाउन संसद्मा निर्णायक अवस्थामा रहेको जसपा यस मामिलामा मौन छ। यस विषयमा जसपा अनिर्णित बन्दा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन। प्रधानमन्त्री ओली भने जसपाका माग पूरा गरेर उसलाई आफ्नो पक्षमा ल्याउन तल्लीन छन्।

नेता नेपाल पक्षका सबै गतिविधि स्थगित  

एमालेभित्र समानान्तर गतिविधि गरिरहेको माधवकुमार नेपाल समूहले तत्काल त्यस्ता सबै कार्यक्रम स्थगित गरेर कोरोना संक्रमण नियन्त्रणमा सरकारलाई सहयोग गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पार्टीत्रि निषेध गरेपछि समानान्तर गतिविधि गरिरहेको नेपाल पक्षले हाललाई सबै कार्यक्रम स्थगित गरेको हो। कोरोना भाइरसको नयाँ भेरियन्ट झन् संक्रामक बन्दै गएपछि प्रकोप न्यूनीकरणका लागि ठूला कार्यक्रम, गतिविधि पूर्णतः रोकिएको नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए। उनका अनुसार नेपाल पक्षीय स्थायी कमिटीको बुधबार दिउँसो बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा देशव्यापी एमाले पुनर्गठन अभियान, ७७ जिल्लामा कमिटी गठन–पुनर्गठन, प्रदेश तहका कमिटी गठन, संगठन सुदृढीकरणलगायत विषयमा समीक्षा भएको थियो। कोरोना संक्रमण कम भएका जिल्लामा भने केही सामान्य गतिविधि सञ्चालन गर्ने निर्णय बैठकले गरेको जानकारी भट्टराईले दिए। आजको बैठकले कोभिड न्यूनीकरणमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ।
अर्को समाचार
सरकारले गर्‍यो १२० मुद्दा फिर्ताः मन्त्री, सांसद, मेयरमाथिको मुद्दाबारे सरकार मौन
१६ वैशाख २०७८
•
१ मिनेट पाठ
सरकारले गर्‍यो १२० मुद्दा फिर्ताः मन्त्री, सांसद, मेयरमाथिको मुद्दाबारे सरकार मौन
सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने निर्णय गरेको हो। जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा फिर्ता लिएको हो। जसपाले २४ वटा मुद्दा फिर्ता लिन सरकारलाई विवरण बुझाएको जसपा नेता मनिष कुमार सुमनले जानकारी दिए। अहिले मुद्दा फिर्ता लिइएकामा जसपाले सरकारलाई बुझाएको विवरणका केही महत्वपूर्ण नेताहरुको नाम छैन।




मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ मा आन्दोलनकारीले महोत्तरीको जलेश्वरस्थित सशस्त्र प्रहरीको जलसागर गणमा कार्यरत असई विकको हत्या गरेका थिए। उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका दाजु प्रेमबहादुर विकले असोज १ मा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा २८ जनाको नाम किटेरै जाहेरी दर्ता गराएका थिए। प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य कौशलकुमार यादव छन्। जलेश्वर नगरपालिकाका मेयर शंकर शाही भनिने रामशंकर मिश्र पनि आरोपित छन्।

सरकारले बुधबार मुद्दा फिर्ता लिएको भनेर सार्वजनिक गरेको नामावलीमा शर्मा, यादव, मिश्रको नाम छैन।

जसपा नेता सुमनका अनुसार २३४ जनाको मुद्दा फिर्ता लिन सरकारलाई नामावली बुझाएकोमा १२० जनाको मात्र मुद्दा फिर्ता भएको छ। टिकापुर, गौर र महोत्तरी घटनाका महत्वपूर्ण नेताहरुमाथिको मुद्दा अझै फिर्ता लिइएको छैन। हामी सरकारसँग सम्पूर्णको मुद्दा फिर्ता लिन लिस्ट नै बुझाइसकेका छौं।

रौतहटको गौर हत्याकाण्डका पनि मुख्य आरोपितमाथिको मुद्दा सरकारले फिर्ता लिएको छैन। टिकापुर घटनाका मुख्य आरोपितहरुमाथिको मुद्दा पनि फिर्ता लिइएको छैन।

सरकारले फिर्ता लिएको मुद्दामा प्रहरी पोष्टमा आगजनी गरेको, प्रहरीको भ्यान तोडफोड गरेको, सार्वजनिक सम्पतीमा क्षति पुर्‍याएकोजस्ताको संख्या बढी छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस