नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण
०८ वैशाख २०७८
•
३ मिनेट पाठ
नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका सांसदलाई पदबाट हटाउने चेतावनी दिएका छन्। अध्यक्ष ओलीले नेपाल पक्षमा लागेर समानान्तर कमिटी गठन गरेको, पार्टी हितविपरीत काम गरेको तथा नयाँ दल गठनमा तल्लीन भएको आरोप लगाउँदै २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। उनले चित्तबुझ्दो जबाफ नआए सांसद पदबाटै हटाउने धम्की पनि दिएका छन्। पार्टी महाधिवेशन आयोजक कमिटीको बैठक राखेर ओलीले नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका हुन्।  




संसदीय दलको नेताको हैसियतमा ओलीले संघीय सांसदलाई सोधेको तीनपाने स्पष्टीकरण पत्रमा एमालेको नाम र चिह्न दुरूपयोग गरी अलग पार्टीको अभ्यास गरेको भन्दै कारबाही किन नगर्ने भन्ने प्रश्न गरिएको छ। ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारबाही किन नगर्ने ? सांसद सदस्यबाट किन नहटाउने ?’ स्पष्टीकरण पत्रमा लेखिएको छ। ओली पक्षका एक नेताका अनुसार नेपाल पक्षमा लागेर पार्टी हितविपरीत गतिविधिमा लागेका सांसदलाई सुध्रिन मौकासहित स्पष्टीकरण सोधिएको हो। ‘उहाँहरूलाई सुध्रिने मौकासहितको पत्र पठाइएको हो। सुध्रिनुभएन र यस्ता गतिविधि भइरहे सांसद पद जान्छ भन्ने संकेत गरिएको हो। बाँकी उहाँहरूकै निर्णयमा भर पर्छ’, उनले भने।  

नेपाल समूहमा लागेका गोकर्ण बिष्टसहितका केही सांसद र नेतालाई भने स्पष्टीकरण सोधिएको छैन। बिष्टले मंगलबार बिहान एकतामा जोड दिँदै विधिसम्मत तरिकाले पार्टीलाई अघि बढाउन आग्रह गरेका थिए। बिष्ट एमाले सचिव पनि हुन्। माओवादीसँग एकीकरण गर्नेगरी एमालेलाई विभाजित गर्न नहुने उनको धारणा छ। ‘एउटा इमानदार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ। यसर्थ नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम माओवादी केन्द्रसँग एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटी ब्युँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्छु ’, बिष्टले सामाजिक सञ्जालमार्फत भनेका छन्। बिष्टको धारणा आएसँगै उनीलगायत बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई स्पष्टीकरण सोधिएको छैन।  

यसैबीच नेपाल समूहले पार्टी विभाजन नगर्ने तर अन्तर्संघर्ष गर्ने निर्णय गरेको छ। अध्यक्ष एवं संसदीय दलका नेता ओलीले पार्टी विभाजन गर्न लागेको र समानान्तर कमिटी बनाउँदै नयाँ दलको अभ्यास गरेको भन्दै स्पष्टीकरण सोधेलगत्तै बसेको नेपाल समूहका स्थायी कमिटी सदस्य र सांसदको बैठकले पार्टी विभाजन नगरी अन्तर्संघर्ष गर्ने निर्णय गरेको हो। नेपाल समूहका स्थायी कमिटी सदस्य वेदुराम भुसालले पार्टीभित्र निषेध गरेर ओलीले नै विभाजनको रेखा कोरेको तर आफूहरू एकताको प्रयासमा लागेको दाबी गरे। ‘ओलीले पार्टी विभाजन गर्न खोजे पनि हामीले रोक्ने प्रयास गरिरहेका छौं। हामीले अहिले पनि पार्टी विभाजनको विपक्षमा निर्णय गरेका छौं’, उनले भने।  

अध्यक्ष ओलीले नेता नेपालसहित प्रतिनिधिसभाका २७ सांसदलाई स्पष्टीकरण सोधेपछि मंगलबार दिउँसो नेपाल समूहका सांसद र स्थायी कमिटी सदस्यको बैठक बसेको थियो। नेपाल पक्षले पार्टीभित्र अन्तर्संघर्ष गर्ने बाटो पनि ओलीले बन्द गरेपछि बाध्य भएर समानान्तर कमिटी बनाएर अघि बढ्नुपरेको प्रष्ट पारेको छ। बैठकले पार्टी फुटाउन लागेको जस्ता झुटा आरोप लगाएर अध्यक्ष ओलीले स्पष्टीकरण सोधेको भन्दै त्यसको सामना गर्ने निर्णय पनि गरेको छ। ‘ओलीले हामीमाथि पूर्वाग्रह राखेर झूटा आरोप लगाएका छन्। पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थाबाट अघि बढाऔं भन्ने हाम्रो आग्रहलाई बेवास्ता गरेर हामीलाई पार्टीभित्र निषेध गरेका छन्। यस्तो अवस्थामा समानान्तर कमिटी गठन गर्नुको विकल्प छैन’, नेपाल समूहको बैठकमा सहभागी एक सांसदले भने। उनका अनुसार स्पष्टीकरणको जबाफ समयमै दिइनेछ।  

‘हामीलाई अर्को पार्टी बनाएको भनेर स्पष्टीकरण सोधिएको छ। हामीले अर्को पार्टी बनाएका छैनौं। पार्टीभित्रै अन्तर्संघर्ष गरिहेका छौं। पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भनेर लागिरहेका छौं,’ नेपाल पक्षका सांसद गणेश पहाडीले भने। ओलीले २८ फागुनमा आफू पक्षका नेताको बैठकबाट एकलौटी निर्णय गराएर पार्टीलाई विभाजनको दिशामा लगेको नेपाल पक्षको आरोप छ। बैठकपछि सांसद एवं केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राजनीतिक र कानुनी रूपमा स्पष्टीकरणको प्रतिवाद गर्ने निर्णय गरेको बताइन्। ‘हामीले समयभित्रै स्पष्टीकरण दिन्छौं, कानुनी प्रतिवाद पनि गर्छौं र राजनीतिक रूपमा पनि नेतृत्वका गलत कदमविरुद्ध प्रतिवाद गरिरहन्छौ’, उनले भनिन्।
अर्को समाचार
नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
०७ वैशाख २०७८
•
१ मिनेट पाठ
नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
नेकपा एमालेले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ। पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो।  




सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्ष्टीकरणको पत्र आजै ती नेतालाई पठाइएको छ। उनका अनुसार दुई दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन दिइएको छ।  

उनीहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) (१) देखि (७) र (१२) र (१४) मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ। उनका अनुसार स्पष्टीकरण सोधिनेमा पूर्वप्रधानमन्त्री नेपाल र  झलनाथ खनालसहित भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत रहेका छन्।

यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई छ महीनाका लागि पार्टीबाट निलम्वन गरेको थियो।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस