धरहरा उद्घाटनमा हतारो
०७ वैशाख २०७८
•
१ मिनेट पाठ
धरहरा उद्घाटनमा हतारो
तस्बिर: माेनिका मल्ल/नागरिक
ठेकेदार कम्पनीका अनुसार धरहरा निर्माणको सम्पूर्ण काम सकिन अझै एक वर्ष लाग्छ। तर सरकार अहिले नै उद्घाटन गर्ने हतारोमा देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार धरहरा निर्माणमा अहिले दिनहुँ बिहानैदेखि रातिसम्म ३ सय हाराहारी कामदार खटिएका छन्।  




प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते उद्घाटन गर्ने भनेपछि ठेकेदार कम्पनीले धरहराको भवन स्तम्भको काम सम्पन्न गर्ने तयारी गरेको छ। तर बाहिरी सुन्दरतासहितको पूर्ण धरहरा तयार हुन अझै एक वर्ष लाग्ने ठेकेदार कम्पनी रमण निर्माणका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले बताए। उनका अनुसार ११ गते उद्घाटन गर्नुपर्ने भएकाले धराहराको उचाइको काम सकी हाल फिनिसिङको काम भइरहेको छ। ११ गतेसम्म राम्ररी फिनिसिङ सकिनेमा ठेकेदार कम्पनी आफैं आश्वस्त छैन।

धरहरा पुनर्निर्माण आयोजनाको हालसम्म ६१ प्रतिशतमात्रै काम भएको छ। धरहरा स्तम्भको भने ९८ प्रतिशत काम सकिएको छ। निर्माण कम्पनीमा अनुसार हालसम्म २ अर्ब १७ करोड बजेट खर्च भइसकेको छ। स्रोतका अनुसार आफू नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना देखेर प्रधानमन्त्री ओली धरहरा उद्घाटन गर्न हतारिएका हुन्। यसअघि पुनर्निर्मित रानीपोखरी र दरबार स्कुल भवन उद्घाटन गरिसकेका ओलीले उपत्यकाको अर्को धरोहर धरहरा निर्माण कार्य पनि औपचारिक रुपमा सकिएको घोषणा गर्दैछन्। ‘यति धेरै हतार गर्नुपर्ने अवस्था त थिएन तर माथिल्लो तहबाट निर्देशन आएकाले काम तीव्र गतिमा भइरहेको हो,’ स्रोतले भन्यो।  

सोमबारसम्म धरहराका दुई तला फिनिसिङको काम सकिएको छ। टुप्पोमा गजुर पनि राखिएको छ भने लिफ्ट पनि तयार भइसकेको छ। २०७२ साल वैशाखको भूकम्पले लडाएको धरहरा पुनर्निर्माण गर्ने काम विवादका कारण दुई वर्षसम्म अघि बढ्न सकेन। बल्लतल्ल सुरु भएको काम पनि ठेकेदार कम्पनीले तोकिएको समयमा पूरा गर्न सकेन। पूर्वनिर्धारित समय सकिएपछि म्याद थप गरेर काम भइरहेको छ।
अर्को समाचार
धरहरा उद्घाटनमा हतारो: ४० प्रतिशत काम अझै बाँकी
१९ वैशाख २०७८
•
४ मिनेट पाठ
धरहरा उद्घाटनमा हतारो: ४० प्रतिशत काम अझै बाँकी
धरहरा चढ्न सिढी बनाइँदै (बायाँ) । लिफ्ट खोलेर पुन जडान गरिँदै। तस्बिरः शिवहरि/नागरिक
बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन्। तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन। बाहिरबाट सिंगो रुप देखिएको धरहराको अझै धेरै काम गर्न बाँकी छ। काम नसकिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ‘धरहरा बनिसक्यो’ भनेर उद्घाटन गरेका थिए। तर धरहराको ६० प्रतिशत मात्रै काम सकिएको छ। धरहराको पूरा काम सकिन अझै १ वर्ष पर्खनुपर्छ। कोभिडका कारण काम रोकियो भने अझै बढी समय लाग्नेछ।  




प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको काम नसकिँदै उद्घाटन गर्न हतारो गरेपछि ठेकेदार कम्पनीले बाहिरी बनावटको काम मात्रै सकेको थियो। दुईवटा लिफ्ट जडान र बाहिरी रुप तयार पारेपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए। तर २२ तले धरहरामा चढ्ने भर्‍याङ अझै बनिसकेको छैन। ठेकेदार कम्पनीले सिढी बनाउने काम बल्ल सुरु गरेको छ। 

प्रधानमन्त्रीलाई उद्घाटन गर्न हतार भएपछि ठेकेदार कम्पनीले काम नसकिँदै लिफ्ट जडान गरेको थियो। २० औं तलासम्म पुग्ने भर्‍याङ (सिढी) बनाउन समय लाग्ने भएपछि लिफ्ट जडान गरिएको थियो। तर राम्रोसँग लिफ्ट नराखिएका कारण फेरि खोेलेर फिटिङ गर्ने कार्य भइरहेको छ। हतारमा बाहिरी र माथिल्लो तलाको मात्रै काम सकाउँदा अन्य काम गर्न कठिन परेको धरहरा पुनर्निर्माणमा खटिएका कामदार बताउँछन्। उनीहरूले माथिल्लो तलाकै भित्री काम धेरै बाँकी रहेको अवस्थामा उद्घाटन गरिएको बताए।

त्यसो त धरहराको फेद पनि बनिसकेको छैन। वरिपरि सम्याउन बाँकी छ। ‘काम अझै धेरै बाँकी छ, मोटामोटी काम सकेर उद्घाटन भयो । हतारमा काम गर्दा बिग्रिन सक्छ, हतार गर्दा लिफ्ट फेरि खोलेर जडान गर्नुपरेको छ,’ एक कामदारले भने, ‘हामीले आफ्नो सुरले काम गर्न पाएनौं, त्यसैले धरहरा निर्माण कार्य भद्रगोल भयो।’  

ठेकेदार कम्पनीले उद्घाटनपछि पनि धेरै काम बाँकी रहेको जानकारी दियो। ठेक्का पाएको रमण निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले बाँकी काम भइरहे पनि तोकिएको समयमा नसकिने अवस्था देखिएको बताए। उनले तीव्र गतिमा निर्माण कार्य भए पनि कोरोनाका कारणले प्रभावित बन्न सक्ने बताए। उनले भने, ‘धेरैलाई उद्घाटन गरेपछि धेरै काम सकियो भन्ने लागेको छ तर खास अप्ठेरो र समय लाग्ने काम गर्ने बाँकी छ, त्यसैले कम्तीमा पनि १ वर्ष लाग्छ।’ उनले कोभिडका कारण कामदार घर फर्कन थालेकोले काम प्रभावित बन्न सक्ने बताए।

तर धरहरामा काम गर्ने कामदारलाई छुट्टै राखेर निर्माण कार्य छिटो सक्ने योजना कम्पनीको छ। प्रोजेक्ट म्यानेजर श्रेष्ठका अनुसार धरहराको भित्री भागको काम धेरै बाँकी छ। २० वटा तलामा भर्‍याङ बनाउन बाँकी छ। त्यस्तै १८ औं तलामा अवलोकन कक्ष बनाउन बाँकी छ। यो तलामा उपत्यकाका खासखास सम्पदा र संस्कृतिलाई डिस्प्लेमा देखाइनेछ। २०, २१ र २२ औं तलाबाट उपत्यका अवलोकन गर्न सकिनेछ। यी तलाभित्र मेच राख्ने ठाउँलगायत बनाउन बाँकी छ। त्यस्तै अन्य तलामा टायल राख्न बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ।

‘माथिल्लो तला मात्रै होइन, ग्राउन्ड तहको पनि धेरै काम बाँकी छ, त्यो सबै फिनिसिङअन्तर्गत पर्छ,’ प्रोजेक्ट म्यानेजर श्रेष्ठले भने, ‘राम्रो काम गर्न सोचेभन्दा धेरै समय लाग्छ।’ त्यस्तै भूमिगत तलामा पार्किङको काम अझै सुरु भएको छैन। भुइँतलामा म्युजिकल फाउन्टेन बनाउने कार्य पनि सुरु भएको छैन। धरहराको उत्तर र दक्षिणमा टक्सार म्युजियम राखिनेछ। त्यसको काम पनि बाँकी छ। उक्त म्युजियममा नेपाल राष्ट्र बैंकद्वारा जारी पुराना सिक्का राखिनेछ। पुराना सिक्कालाई डिजिटल डिस्प्लेबाट प्रदर्शन गरिनेछ। त्यस्तै भूमिगततर्फको एक तलामा भूकम्प आउँदा बच्ने र कसरी सतर्क रहने भन्ने सामग्री डिस्प्लेमा देखाइनेछ। सोही तलाको एक भागमा क्यान्टिन ब्लक राखिनेछ। त्यसका लागि काम भइरहेको छ।  

मुख्य गेटअगाडि पश्चिम साइटमा वाटर ट्यांक राखिनेछ। यसबाहेक अन्य काम पनि बाँकी रहेको प्रोजेक्ट म्यानेजर श्रेष्ठले बताए। उनले धरहरालाई जस्वित राख्न सजावटको काम महत्वपूर्ण हुने बताए। उनका अनुसार यसबाहेक पुरानो सुन्धारा (ढुंगेधारा) पुनर्निर्माणको काम पनि गरिनेछ। सुन्धारामा जलप राख्ने र पानी आउने बनाइनेछ। यो धाराको पानी पिउन मिल्नेगरी शुद्धीकरण गरिनेछ। त्यस्तै बाहिरतर्फ बगैचा र हरियालीको काम पनि बाँकी छ। ‘काम धेरै बाँकी रहेकाले पुनर्निर्माण प्राधिकरणले दिएको म्याद बढाउँछौं, ३ सय बढी कामदार थिए, उदघाट्नपछि सयजना मात्रै छन्,’ उनले भने। धरहराको पूरा काम सकिँदासम्म ३ अर्ब ४८ करोड रूपैयाँ सकिने अनुमान छ। हालसम्म १ अर्ब ६८ करोड खर्च भइसकेको ठेकेदार कम्पनीले जनाएको छ। २०७२ वैशाखको भूकम्पले लडाएको धरहरा पुनर्निर्माण कार्य २०७५ मा सुरु भएको थियो।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ८ सेकेन्ड अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस