तानातानमा जसपा
२७ फागुन २०७७
•
३ मिनेट पाठ
तानातानमा जसपा
नेकपा एमाले र माओवादी केन्द्र दुवैतिरबाट सत्ता साझेदारीको प्रस्ताव आएपछि जनता समाजवादी पार्टी स्पष्ट रूपमा दुई कित्तामा देखिएको छ। जसपालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले र पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्रले अलगअलग रूपमा सत्ता साझेदारी गर्न प्रस्ताव गरेका छन्। ओली आफू नेतृत्वको सरकार टिकाइरहन चाहन्छन् भने दाहाल अन्य दलको सहयोगमा ओलीलाई हटाएर नयाँ सरकार बनाउने लाइनमा छन्।




जसपाका शीर्ष नेताहरूले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहालसँग कुराकानी गरे। दाहाललाई भेट्न जसपाका नेताहरू पेरिसडाँडा पुगेका थिए। तीन दिनअघि जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई भेटेका थिए।

जसपा संयुक्त संसदीय दलको मंगलबार बसेको बैठकमा ठाकुरले प्रधानमन्त्री ओलीसँगको भेटबारे ब्रिफिङ गरेका थिए। उनले ओलीसँग वार्ता गर्न टोलीसमेत गठन गरेको जानकारी बैठकमा गराएका थिए। ओली नेतृत्वको सरकार र जसपाबीच सहमति जुटाउन दुवै पक्षको संयुक्त कार्यदल बनेको छ। कार्यदलले पहिलो चरणमा बैठक गरिसकेको छ। संसदीय दलको बैठक बसेको भोलिपल्टै बुधबार जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले सत्ता साझेदारीका विषमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरे। भट्टराईले दाहालसँग छुट्टै कुराकानी पनि गरे। 

पछिल्लो समय दाहाल र भट्टराईबीच मित्रता बढ्दै गएको छ। स्रोतका अनुसार माओवादी केन्द्रसँग मिलेर सरकारमा जाने कि ओलीसँग मिल्ने भन्ने पक्षमा जसपाका नेताहरू दुई धारमा बाँडिएका छन्। यादव र भट्टराई कुनै पनि अवस्थामा ओलीसँग मिलेर सत्तामा जाने पक्षमा छैनन्। गत वर्ष यादव प्रधानमन्त्री ओलीबाट अपमानित भएपछि सरकारबाट बाहिरिएका थिए। त्यो अपमानले यादवको चित्त दुखेको उनी निकट नेता बताउँछन्। भट्टराई र यादवलाई राजेन्द्र श्रेष्ठ, रामसाहय यादवलगायत नेताको साथ छ। ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरू भने आफ्ना माग पूरा भए ओली सरकारमा पनि जान सकिने बताउँछन्। उनीहरू दाहालभन्दा ओलीप्रति केही लचिलो देखिएका छन्।  

जसपाका लागि ओली र दाहाल उस्ताउस्तै भएको ठाकुर पक्षधर नेताहरूको भनाइ छ। यो लाइनमा तत्कालीन समाजवादीकै केही सांसद पनि उभिएका छन। खासगरी गत वर्ष पार्टी फुटाउन लागेका तत्कालीन समाजवादीका असन्तुष्ट सांसद ओलीसँग लचिलो भएको स्रोतको भनाइ छ। तत्कालीन समाजवादीका सांसद इस्तियाक राईले जसपाका लागि दाहाल र ओली बराबरी भएको बताए।  

‘हाम्रो अजेन्डालाई जसले सम्बोधन गर्छ, त्यसलाई हामीले समर्थन गर्छौं,’ राईले भने, ‘हाम्रा लागि दुवै नेता उस्तै हुन्।’ ठाकुर निकट नेता डा. सुरेन्द्र झाले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग पार्टीले बढी नै प्रेम गर्नुपर्ने कुनै कारण नरहेको बताए। ‘दाहालसँग जसपाले बढ्ता मोह राख्नुपर्ने कुनै कारण छैन। हाम्रा माग पूरा नगर्न दाहालको पनि उत्तिकै हात छ’, झाले भने। स्रोतका अनुसार तत्कालीन जसपाका अध्यक्षमण्डलका सदस्य नेता शरतसिं भण्डारी र महेन्द्र यादवले यादव र र भट्टराईलाई साथ दिएका छन्। स्रोतले भन्यो, ‘पूर्वराजपाका १७ सांसदमध्ये तीनजना उपेन्द्र यादवको पक्षमा उभिएका छन्।’ 

तर भट्टराई र यादवका लागि अवस्था सहज छैन। तत्कालीन समाजवादी पार्टीको एउटा हिस्सा रेणु यादव, प्रदीप यादव, विमल श्रीवास्तव गत वर्षदेखि नै ओलीसँग लचिलो हुँदै आएका छन्। जसपाले दुवै पक्षसँग सत्ता साभेदारीका लागि संविधान संशोधन हुनुपर्ने, रेशम चौधरीलाई थुनामुक्त गर्नुपर्ने, लाल आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्नेलगायत सर्त राखेको छ। जसपाका अधिकांश नेता यसपटक पार्टी सरकारमा जाँदा उधारोमा सहमति गर्न नहुने पक्षमा छन्।
अर्को समाचार
जनप्रतिनिधि तानातानमा दुई जसपा
२८ वैशाख २०८१
•
४ मिनेट पाठ
जनप्रतिनिधि तानातानमा दुई जसपा
पार्टी विभाजन भएको हप्ता दिन हुनै लाग्यो। लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले अहिलेसम्म कुन जसपा रोज्ने भन्नेमा अनिर्णित छिन्। उपेन्द्र यादव नेतृत्वको पुरानै जसपामा अडिने वा अशोक राई नेतृत्वको नयाँ जसपासँग जोडिने भन्नेमा अनिर्णित उनी भन्छिन्, ‘अहिलेसम्म केही निर्णय गर्न सकेको छैन, साथीहरूसँग छलफल भइरहेको छ।’




उनी बाँकेकी हुन्। जसपा फुटाउन निर्णायक भूमिकामा रहेका मोहम्मद इस्तियाक राईको गृह जिल्लाकी अम्बिकालाई यादव र राई दुवै पक्षले आफ्नो पार्टीमा रहन लबिङ गरिरहेका छन्। ‘पक्कै पनि दुईवटा पार्टी भैसकेपछि हाम्रो तिर रहनुपर्‍यो भनेर लबिङ त स्वाभाविकै रूपमा हुने नै भयो नि!,’ उनले भनिन्, ‘जता सही लाग्छ, म त्यही पार्टीतिर लाग्छु।’

यसै प्रदेशका अर्का सांसद आदेशकुमार अग्रवालले पनि अहिले सम्म कुन जसपा रोज्ने भन्ने आधिकारिक निर्णय गरिसकेका छैनन्। बाँकेकै उनलाई पनि यादव नेतृत्वको जसपा शीर्ष तहबाट पुरानै पार्टीमा अडिग रहन लबिङ भइरहेको छ।’

प्रदेश तहबाट भन्दा पनि यादव नेतृत्वको जसपा केन्द्रीय तहबाट पार्टी नछोड्न अनुरोध आइरहेको छ,’ सांसद अग्रवाल भन्छन्, ‘तर बाँकेको परिस्थति फरक छ।

इस्तियाक राईको प्रभाव बाँकेको जसपा राजनीतिमा निर्णायक बन्दै आइरहेको छ। फलतः तीनै जना बाँकेबाट सांसद बनेका जसपा सांसदहरू राईको फेरो नपकडे राजनीति समाप्त हुने जगजगीमा छन्। ‘जसपाको बाँकेको राजनीति इस्तियाक राईभन्दा बाहिर जान सक्दैन, यो सबैलाई जानकारी भएकै हो,’ सांसद अग्रवाल भन्छन्, ‘यसर्थ बाँकेको जसपाको राजनीतिक माहोल फरक बन्ने सम्भावना रहन्छ।’

त्यसो त, जसपा नयाँ र पुराना दुई दलले जनप्रतिनिधिलाई आफ्नो दलमा समावेश गर्न सक्रियता देखाइरहेका छन्। निर्वाचन आयोगले जसपाका सांसदलाई सनाखतका लागि आह्वान गरिसकेको छ। यसले गर्दा जनप्रतिनिधिहरू तानातानमा दुई जसपा सक्रिय देखिएका छन्। तर, बाँकेको हकमा भने यादव नेतृत्वको जसपा नीलको अवस्थामा रहने संकेत देखिएकाले यसको प्रभाव प्रदेश तहमा पनि पर्ने उच्च सम्भावना देखिएको छ। सांसद अग्रवालका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरमा ६ अध्यक्ष रहेको जसपाका सबै अध्यक्ष नयाँ दल जसपामा छन्।

यसैगरी, १४/१५ वडा सदस्यसमेत अशोक राई नेतृत्वको जसपामा प्रवेश गर्ने निर्णय गरेका छन्। यसैगरी, डुडुवा गाउँपालिकाका–३ का अध्यक्षसहित वडा सदस्य, जानकी गाउँपालिकाका दुई वडाध्यक्षसहित सदस्य नयाँ पार्टी जसपामा सनाखत गर्ने निर्णयमा पुगेका छन्।

‘बाँकेका स्थानीय तहमा यादव नेतृत्वको जसपा नील जस्तै भइसकेको छ,’ सांसद अग्रवालले भने, ‘यसरी हेर्दा बाँकेमा इस्तियाककै प्रभावमा जनप्रतिनिधि चल्ने वातावरण बनिसकेको छ।’

नेपालगन्ज उपमहानगरका उपप्रमुख र नरैनापुर गाउँपालिकाका अध्यक्ष पनि पुरानो जसपाबाट बाहिरिने सम्भावना देखिन्छ। ‘स्थानीय तहहरूमा याददव नेतृत्वको पार्टी निल हुने अवस्था बनेकाले अब हामी बाँकेकै सांसदहरू पनि फरक निर्णयमा पुग्ने सम्भावना त बढी हुने नै भयो,’ उनले भने, ‘तर सबै बसेर यसबारे निर्णय लिन्छौं, अहिलेसम्म निर्णय लिइसकेका छैनौं।’

इस्तियाकको प्रभाव रहेको बाँकेमा आफ्नो प्रभाव जोगाउन उपेन्द्र यादव समूहले पनि बढी चुनौती देखेको छ। उसले बाँकेका जनप्रतिनिधिलाई आफ्नै पार्टीमा जोगाउन बाँकेमा शक्ति केन्द्रित गरेको छ।

‘हामीलाई समस्या हुने देखिएको भनेको बाँकेको हो,’ यादव नेतृत्वको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले भने, ‘बाँकेमा जनप्रतिनिधि जोगाउनका लागि अहिले म नेपालगन्जमा छु।’

केही वडाध्यक्षहरू नयाँ पार्टीमा सनाखतका लागि गएको भन्ने सुने पनि पालिकाका प्रमुख तथा उपप्रमुखहरू भने नयाँ पार्टीमा नजाने उनले दाबी गरे। ‘केही वडाध्यक्ष नयाँमा सामेल भएको भन्ने सुनिएको छ, तर पालिकाका प्रमुख उपप्रमुखहरू हामीसँगै हुनुहुन्छ, उहाँहरू कतै जानु हुन्न,’ यादवले भने, ‘हामी उहाँहरूसँग बसेर कुराकानी गरिरहेका छौं, उहाँहरू कतै पनि नजाने भनेर हामीलाई भनिरहनु भएको छ।’

इस्तियाक राईको गृह जिल्ला भएकाले जनप्रतिनिधि जोगाउन गारो देखेको यादव नेतृत्वको जसपाले अन्यत्र भने कुनै पनि समस्या नरहेको दाबी गर्छ। प्रदेशभर यो पार्टीका ६ स्थानीय तहका प्रमुख/उपप्रमुख छन्।

बाँकेको नरैनापुर गाउँपालिकामा प्रमुख तथा उपप्रमुख, नेपालगन्ज उपमहानगरपालिकामा उपप्रमुख, कपिलवस्तु नगरपालिकामा प्रमुख र उपप्रमुख तथा रूपन्देहीस्थित रोहीणी गाउँपालिकाका प्रमुख जसपाबाट निर्वाचित हुन्। बाँकेमा समस्या देखिएको भए पनि प्रदेशका अरू कुनै पनि जिल्लामा समस्या नभएको यादवले दाबी गरे।

‘बाँकेमा गाह्रो होला, तर अरू कुनै पनि जिल्लाका जनप्रतिनिधि कतै पनि जानुहुन्न,’ यादवले भने, ‘कपिलवस्तुका एकजना वडाध्यक्षको कुरा मात्रै नयाँमा जान खोजेको भन्ने हल्ला सुनेका छौं, हामीले उहाँलाई पनि सम्झाउने छौं, कतै जान दिँदैनौं।’

यता राई नेतृत्वको जसपाले यादव नेतृत्वको जसपालाई कमजोर पार्ने रणनीति अनुसार जनप्रतिनिधिलाई आफूमै समेट्ने रणनीति बनाइरहेको छ। यसै रणनीति स्वरूप पूर्वमन्त्री इस्तियाक केही दिनमै नेपालगन्ज झर्दैछन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस