विप्लवसंगको सहमतीमा हतियारको बिषय उल्लेख नहुँनु दुभाग्यपूर्ण ः शान्ति समाजका अध्यक्ष खनाल
२४ फागुन २०७७
•
१ मिनेट पाठ
विप्लवसंगको सहमतीमा हतियारको बिषय उल्लेख नहुँनु दुभाग्यपूर्ण ः शान्ति समाजका अध्यक्ष खनाल
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापती गोविन्द खनालले नेत्र विक्रम चन्द विप्लव  नेतृत्वको नेकपा र सरकार बिच भएको सहमतीले शंंका उब्जिीएको बताएका छन । सरकार र विप्लव बिच भएको तीन बुँदे सहमतीमा हतियारको बिषय नै उल्लेख नभएको भन्दै सम्झौता नै शंकाको घेरामा रहेको बताएका हुन । नवनिर्वाचित सभापती खनालले हतियारको बिषय नै उल्लेख नगरीएको सम्झौता अपुरो रहेको र त्यसलाइ रणनैतिक रुपमा प्रयोग गर्न खोजीए दुर्भाग्यपूर्ण  हुने बताए ।  




शान्ति समाजले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले सहमती सकारात्मक भएपनि हतियार व्यवस्थापनको कुरा स्पष्ट उल्लेख हुनुपर्ने बताए ।  विप्लवसंगको सहमती स्वागतयोग्य छ । तर हतियारको कुरा स्पष्ट उल्लेख नहुँदा डरलाग्दो स्थिती आउन सक्छ र यो शंकाको घेरामा छ’ खनालले भने । 

हिंसाको राजनीतिको भविष्य नभएकाले विप्लव सहमतीमा आएको उनले बताए । लोकतन्त्र,प्रेस स्वतन्त्रता र मानवअधिकारका पक्षमा समाज निरन्तर उभिने पनि खनालले बताए । संघीयताको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार न्युनीकरण गर्दै सुशासन कायम गर्ने सन्दर्भमा सरकारले प्रभावकारी काम गर्न नसकेको टिपण्डी पनि खनालले गरे ।
अर्को समाचार
श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्छ: शान्ति समाज
२१ वैशाख २०८१
•
२ मिनेट पाठ
श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्छ: शान्ति समाज
श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ। यसैगरी सञ्चार जगत् राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने र कर्पोरेट क्षेत्र विशेषतः ठूला कम्पनीको स्वार्थको हतियार बन्न नहुनेमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको हो।




आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले जारी गरेको विज्ञप्तिमा युद्धको चपेटामा सयभन्दा बढी पत्रकारको  हत्या गरिएकामा निन्दा गर्दै जस्तोसुकै अवस्थामा पनि पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड दिइएको हो।

यसैगरी लोकतान्त्रिक एवं स्वतन्त्रताको आन्दोलनमा नेपालको सञ्चार जगत्को विशिष्ट योगदान रहेको स्मरण गर्दै शान्ति समाजले अबको बाटो भनेको मर्यादित एवं व्यावसायिक पत्रकारिताकाको क्षेत्रमा अर्को मानक स्थापित गर्नु रहेको उल्लेख गरेको छ। त्यसका लागि सम्बद्धहरुबाटै समीक्षा, मन्थन र मार्ग निर्धारण आवश्यक भएको धारणा शान्ति समाजले अघि सारेको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शान्ति समाजको आयोजनामा विभिन्न जिल्लामा कार्यक्रम भएको छ। युद्धको चपेटामा पत्रकारहरुः युद्ध अन्त्य गर, पत्रकारको सुरक्षा गर, मर्यादित एवं व्यावसायिक पत्रकारिताः केन्द्रविन्दुमा श्रमजीवी पत्रकारको सुरक्षा भन्ने आह्वानसहित २०८१ वैशाख २१ गते दाङमा संवाद कार्यक्रम र काठमाडौँ, सङ्खुवासभा, चितवन जिल्लामा प्रदर्शन सम्पन्न भएको हो। यस्तै शान्ति समाज जिल्ला शाखाको आयोजनामा अन्य जिल्लामा पनि कार्यक्रम भइरहेको जनाइएको छ।

काठमाडौँमा सम्पन्न कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बराल, सल्लाहकार गोविन्द खनाल, पूर्वसभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, समाजसेवी लालु लामा, पत्रकार रघु लामिछानेलगायतले मन्तव्य व्यक्त गर्दैै स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

यसैगरी मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शान्ति समाजको दाङ शाखाले श्रमिकको पेसा तथा भौतिक सुरक्षाको सुनिश्चितता विषयमा अन्तक्र्रिया र पाल्पा शाखाले मर्यादित काम श्रमिकको सम्मान हाम्रो अभियान भन्दै तानसेनको नारायणस्थान चोकका श्रमिकलाई खाद्यान्न वितरण गरेको समाजका महासचिव रेनुका पौडेलले राससलाई जानकारी दिए।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस