ललिता निवास जग्गा प्रकरणः ठगी मुद्दा नचल्ने, किर्तेको हदम्याद एक वर्ष
०६ फागुन २०७७
•
५ मिनेट पाठ
ललिता निवास जग्गा प्रकरणः ठगी मुद्दा नचल्ने, किर्तेको हदम्याद एक वर्ष
बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरूबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सिध्याए पनि ठगी मुद्दा भने नचल्ने भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको भन्दै महान्यायाधिवक्ता कार्यालयले ठगी मुद्दा चलाउन रोक लगाएको हो। आरोपितविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दा भने चल्ने भएको छ। सरकारी जग्गा व्यक्तिका नाममा नामसरी गरी राज्यलाई हानिनोक्सानी गरेको ठहर गर्दै सिआइबीले ठगी तथा सरकारी छाप किर्ते दस्तखतमा मुद्दा चलाउन सिफारिस गरेको थियो। सो सिफारिसपछि महान्यायाधिवक्ता अग्नि खरेल र प्रहरी महानिरीक्षक शैलश थापाबीच धेरै पटक छलफल भई ठगी मुद्दा नचलाउने निर्णय भएको हो।




‘महान्यायाधिवक्ता खरेल र प्रहरी महानिरीक्षक थापाबीचको छलफलपछि सरकारी वकिल कार्यालय र प्रहरीले आरोपितलाई ठगी मुद्दा नलगाउने र सरकारी छाप किर्ते मुद्दा भने लगाउने निर्णय भएको छ,’ प्रहरी स्रोतले भन्यो। आरोपितहरूलाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेकाले ठगी मुद्दा नचलाउने निष्कर्ष सरकारी वकिल र प्रहरीले निकालेको हो। मन्त्रिपरिषद्को निर्णयलाई मुद्दा चलाउन नपाइने भए पनि अख्तियारले मन्त्री र सचिवहरूलाई समेत मुद्दा चलाएको थियो। विशेष अदालतले पनि धेरैजसो आरोपितका हकमा धरौटी मागेको छ। सचिवहरू दिनेशहरि अधिकारी, छविराज पन्त धरौटीमा रिहा भएका छन् तर अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई भने अदालतले धरौटी नै नमागी थुनामा पठाएको छ। अख्तियारले २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर गरिएकामध्ये सयभन्दा धेरै अदालतमा उपस्थित भएका छन्। पूर्वमन्त्री विजय गच्छदार भने अदालत उपस्थित भएका छैनन्। मन्त्रिपरिषद्को निर्णय नीतिगत हो/होइन भन्ने विषयमा सिआइबी मौन छ। अख्तियारको क्षेत्राधिकारभित्र नरहेको विषयलाई अख्तियारले नै मुद्दा चलाएकोबारे सर्वोच्च अदालतले त्यसको निरूपण गर्नुपर्ने सिआइबीले जनाएको छ।

सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरी राज्यलाई हानिनोक्सानी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसअघि १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। सिआइबीले भने ठगी र किर्ते मुद्दामा अनुसन्धान गरेको थियो। अख्तियारद्वारा मुद्दा चलाएइकाहरूबारे सिआइबीले थप अनुसन्धान गरेको थियो। ‘सरकारले दिएको जिम्मेवारीअनुसार दायित्व पूरा गरेका छौं, जसअनुसार ठगी र सरकारी छाप किर्ते मुद्दा चलाउन सिफारिस भएको छ,’ सिआइबी स्रोतले भन्यो। अख्तियारले मुद्दा चलाएकाबाहेक १ सय ५० जनाको विषय पनि सिआइबीले अनुसन्धान गरेको थियो। सिआइबी स्रोतका अनुसार ३ सयभन्दा बढीलाई ठगी तथा किर्ते मुद्दा लगाउनुपर्ने सिफारिस गरिएको थियो। अख्तियारले मुद्दा लगाएका बाहेकका हकमा ठगी मुद्दा लाग्छ कि लाग्दैन भन्नेबारे प्रहरी अन्योलमा छ। किर्ते मुद्दाको हदम्याद दुई वर्षको हुने भएकाले अहिले नै प्रहरी कुनै टुंगोमा पुगेको छैन। ‘उच्च अधिकारीलाई मात्रै सरकारी कागज किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी छ,’ प्रहरी स्रोतले भन्यो, ‘कसको संलग्नता कति छ, त्यसैको अनुपातमा मुद्दा चलाइनेछ।’

सिआइबी स्रोतका अनुसार २०४९ सालदेखि अहिलेसम्म अलगअलग फाइल बनाएका छन्। ‘कुन सरकारको पालामा के–के निर्णय भएको छ भन्नेबारे छुट्टाछुट्टै फाइल बनाएर अनुसन्धान गरिएको छ,’ सिआइबी स्रोतले भन्यो। २०४९, २०६२, ०६७/६८ र २०६९/७० सालमा भएका छुट्टाछुट्टै निर्णयबाट ललितानिवासको जग्गा छुट्ट्याउने निर्णय भएको थियो। सोहीअनुरूप फाइल तयार पारी अनुसन्धान गरेको सिआइबीले जनाएको छ। ‘सिआइबीले आफ्नो दायित्व पूरा गरेको छ। यो विषयमा अरू धेरै बताउनुपर्दैन,’ सिआइबीका प्रमुख डिआइजी सहकुल थापाले भने।  

ललिता निवासको जग्गा हिनामिनाको विषयमा सरकारले पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन आयोगले अनुसन्धान गरेको थियो। सो अनुसन्धानकै आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो। सिआइबीले अनुसन्धान गरिरहेका बेला अख्तियारले आरोपितहरूलाई मुद्दा चलाएको हो। ठगी र किर्ते मुद्दाको अनुसन्धान सिआइबीबाट गर्न सिफारिस गरेको थियो। अख्तियारको मुद्दापछि महान्यायाधिवक्ताको कार्यालयले ठगी मुद्दा चलाउनुनपर्ने पत्र पठाएको थियो। ‘ठगी मुद्दाको हदम्याद फागुन १ गते नै समाप्त भएको छ,’ स्रोतले भन्यो, ‘तर किर्ते मुद्दाका हकमा भने अझै एक वर्ष बाँकी छ।’

किर्ते कागजपत्र बनाएर मन्त्रिपरिषद्लाई झुक्याएको निष्कर्ष अनुसन्धानमा निकालिए पनि कसकसले झुक्याएको भन्नेबारे सिआइबीले केही बताएको छैन। बालुवाटारको जग्गा मुकुन्द आचार्य, प्रेमबहादुर खापुङ, सुधीर शाह, गेहनाथ भण्डारी, विनोद पौडेल, जगत पुडासैनी, कलाधर देउजालगायत कर्मचारीले बकस पाएका थिए। सिआइबीको अनुसन्धानका क्रममा गुठीका थप कर्मचारीको यसमा संलग्नता देखिएको र प्रधानमन्त्री निवास विस्तार योजनाको मुचुल्का बनाउँदा गुठी संस्थानका कर्मचारी तथा तत्कालीन वडाध्यक्ष र सचिवको समेत संलग्नतालाई सिआइबीले अनुसन्धानको दायरामा ल्याएको स्रोतको दाबी छ।  

नेपाली कांग्रेस तत्कालीन नेता सुवर्णशमशेर राणाका नाममा हदबन्दीभन्दा बढी रहेको जग्गा पञ्चायत कालमा सरकारले कानुनअनुसार मुआब्जा दिएर अधिग्रहण गरेको थियो। तर प्रजातन्त्रका पक्षमा लागेकाले पञ्चायतले जफत गरेको भन्दै सरकारले २०४९ सालमा सरकारले सो जग्गा फिर्ता गर्ने निर्णय गरेको थियो। जफत गरिएका जग्गा मात्र फिर्ता गर्नुपर्नेमा अधिग्रहण गरिएको जग्गा पनि नक्कली मोही बनाएर किनबेच गरिएको थियो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्बाट समेत नीतिगत निर्णय भएको थियो। तर नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकार नपर्ने भन्दै आयोगले मुद्दा दायर नगर्ने निर्णय गरेको थियो । 

ती मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तत्कालीन मन्त्रीहरू विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध भने मुद्दा दायर भएको थियो। त्यस्तै अख्तियारका पूर्वप्रमुख बस्न्यात, पूर्वसचिवहरू अधिकारी, पन्तविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको थियो। मीनबहादुर गुरुङ, बिचौलियाहरू रामप्रसाद सुवेदी र शोभाकान्त ढकालविरुद्ध मुद्दा पनि दायर भएको थियो। मुख्य आरोपित भएका कारण ढकाललाई विशेष अदालतले थुनामा पठाएको छ।
अर्को समाचार
ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश
२४ भदौ २०८०
•
१ मिनेट पाठ
ललिता निवास प्रकरणमा  पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका  १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।




न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १३ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस