नेकपा विवादः पाँच विकल्पमा छलफल गर्दै आयोग
०६ फागुन २०७७
•
३ मिनेट पाठ
नेकपा विवादः पाँच विकल्पमा छलफल गर्दै आयोग
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ ।  




प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच देखिएको पार्टी आधिकारिकता विवाद झनै पेचिलो बन्दै गएपछि आयोगले विभिन्न पाँच विकल्पमा छलफल थालेको एक आयुक्तले बताए । उनले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन कार्यक्रमलाई समेत ध्यान दिँदै छलफल अघि बढाइएको जानकारी दिए ।

आयोगले अघि सारेको पहिलो विकल्पअनुसार यसअघि नै दिएको निर्णयमा आयोग अडिग रहनेछ । जसअनुसार यसअघि आयोगले नेकपा कानुनी रुपमा एक रहेको निर्णय गरिसकेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार तोकिएको ३० दिनभित्र दुवै पक्षले आधिकारिकता दाबी नगरेकाले त्यसैमा आधारित रहेर निर्णय लिनुपर्ने मत आयोगभित्र बलियो छ । यसअनुसार पुस ५ गते प्रतिनिधिसभा विघटनसँगै नेकपामा विवाद प्रारम्भ भएको हुनाले माघ २० गते दाहाल–नेपाल पक्षले गरेको आधिकारिकता दाबी पनि हदम्याद समाप्त भएपछि आएको देखिएकाले केही गर्नुनपर्ने मत छ । ‘दुवै पक्षले विवाद प्रारम्भ पुस ५ गते भएको भन्ने स्विकारिसक्नुभएको छ, ३० दिनभित्र आधिकारिकता दाबी गरिसक्नुपर्ने व्यवस्था पनि कानुनमै छ, त्यसकारण हदम्याद समाप्त भएपछि गरिएको दाबीको कुनै कानुनी अस्तित्व हुँदैन, हामी हेर्दैनौं भन्ने मत बलियो छ,’ एक आयुक्तले भने, ‘अहिले आयोगमा छलफलमा आएको पहिलो विकल्प यही हो ।’

आयोगले कम्तीमा निर्वाचनसम्म नेकपाको विवाद तामेलीमा राख्न सकिनेलाई पनि विकल्पको रुपमा अघि सारेको छ । यो विकल्पमा जाँदा राजनीतिक परिदृश्य के हुनसक्छ भन्ने विषयमा आयोगका पदाधिकारीले छलफल गरिरहेका छन् । नेकपाको नाम र चिह्नमा विवाद देखिएकाले आयोगले दुवैलाई फ्रिज गर्न सक्ने विकल्पबारे पनि छलफल भएको छ । अन्य विकल्पमा जाँदा नेकपाभित्रको एउटा पक्ष जसरी पनि आन्दोलित हुने, आयोगले आरोप खेप्नुपर्ने भएपछि दुवै पक्षलाई पार्टीको नाम र चिह्न प्रयोग गर्न नदिने आयोगको सोच हो । आयोगले यो विकल्प रोजेमा अब हुने निर्वाचनमा नेकपाका दुवै पक्ष छुट्टाछुट्टै नाम र चिह्नबाट प्रतिस्पर्धा गर्नेछन् ।  

आयोगले अघि सारेको चौथो विकल्पमा नेकपा आधिकारिकता विवादको विषयमा कुनै निर्णय गरी निर्वाचन कार्यक्रममा प्रवेश गर्ने रहेको छ । आयोगले निर्वाचनका लागि दल दर्ता आह्वान गर्नेछ । त्यस्तो अवस्थामा नेकपाका दुवै पक्षबाट दाबी आउनेछ । त्यसअनुसार विगतको अधिकार, पार्टीको विधानअनुसार आएको पत्रअनुसार अधिकार पाएको व्यक्ति वा पदाधिकारीलाई मान्यता दिने र अर्काे पक्षले चाहेको खण्डमा स्वतन्त्र हैसियत दिने अन्यथा अर्काे पक्षबिनै आयोग निर्वाचनमा जाने अवस्था हुन्छ । यस विकल्पमा जाँदा अर्काे पक्षलाई वाइपास गरेर निर्वाचन हुन सक्छ कि सक्तैन भन्नेमा समेत आयोगका पदाधिकारी गम्भीर देखिएका छन् ।  

अन्तिम विकल्पका रुपमा आयोगले नेकपाको विवादलाई नयाँ शिराबाट सुरु गर्ने रहेको छ । जसअनुसार दुवै पक्षले यसअघि गरेका निर्णय एवं गतिविधिलाई पुनः छलफलमा ल्याउने र आधिकारिकता निरुपणको प्रक्रिया सुरु गर्ने रहेको छ । तर यस विकल्पमा जाँदा नेकपा कानुनी रुपमा एउटै दल रहेकोले पुस ५ गतेअघि जे व्यवस्था थियो सोही कायम रहनेगरी भएको आयोगको माघ ११ गतेको निर्णयमा समस्या पर्ने डर आयोगका पदाधिकारीमा छ । ‘माघ ११ गतेपछिबाट सुरु गर्दा नेकपाको समस्या समाधान हुँदैन, माघ ११ गतेसम्म आयोगले नेकपा कानुनी रुपमा एउटै दल छ भनिसकेको छ,’ एक आयुक्तले भने, ‘यो विकल्प छलफलमा त छ तर यो विकल्पमा जाँदा विवाद निरुपण हुन कम्तीमा ६५ दिन लाग्ने भएकाले यो विकल्पमा प्रवेश गर्दा छ महिना निर्वाचन हुन सक्तैन ।  

एउटा दलको विवादका कारण मुलुकको निर्वाचन व्यवस्था नै प्रभावित गर्ने कुरा पनि भएन ।’

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा विवादको विषयमा छलफल भइरहेको बताए । ‘यो विषयमा विभिन्न कोणबाट छलफल चलिरहेको छ,’ उनले भने, ‘अब निर्वाचन आचारसंहिता, कार्यतालिकासहित यो विषयमा पनि छिट्टै निर्णय आउँछ ।’ वैशाखको निर्वाचनका लागि गत साता नै दल दर्ता आह्वान गर्ने आयोगको तयारी भए पनि नेकपा विवादका कारण दल दर्ता र निर्वाचन आचारसंहिता जारी गर्ने कार्यक्रम प्रभावित भएको छ ।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१४ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस