विघटन अधिकारको दुरूपयोग
०५ फागुन २०७७
•
३ मिनेट पाठ
विघटन अधिकारको दुरूपयोग
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइअन्तर्गत मंगलबार बहसमा भाग लिँदै एमिकस क्युरी (अदालतका सहयोगी) का सदस्यले प्रधानमन्त्रीलाई विघटनको अधिकार भए पनि गलत प्रयोग गरिएको बताएका छन्। एमिकस क्युरीका तर्फबाट संविधानविद् बद्रीबहादुर कार्कीले संविधानतः प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार भएको तर अहिलेको अवस्थामा गलत प्रयोग भएको जिकिर गरे।  




प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता कार्कीले विघटनको अधिकार प्रधानमन्त्रीमा भए पनि अहिले देखाइएको कारण ठीक नभएको दाबी गरे। पार्टी झगडाका कारण संसद् विघटन गर्नु भएको उनको तर्क थियो। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने विषयलाई संविधान लेख्नेले नभई इजलासले व्याख्या गर्नुपर्ने उनले बताए। उनले संविधानको धारा ८५ ले नै प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको दाबीसमेत गरे।  

बहसकै क्रममा न्यायाधीश प्रधान मल्लले प्रश्न गरिन्, ‘संविधानसभाको १६ बुँदे सहमतिको कुरा ल्याउनुभयो। पहिलो संविधानसभा विघटन भएकै दिन भएका सहमति र अन्य अवधारणलाई कसरी हेर्ने ?’ पहिलो संविधानसभा विघटन हुँदा शासकीय प्रणालीबाट विशेष प्रणालीमा जाने निर्णय भएको प्रसंग न्यायाधीश प्रधान मल्लले जोडेकी थिइन्। प्रधान मल्लको प्रश्नमा थप्दै न्यायाधीश केसीले विघटन हुनुअघि सत्तामा रहेका दल विभाजित भएको भए त्यस धारामा प्रवेश गर्न हुँदैनथ्यो भनेर सोधे। जबाफमा पूर्व महान्यायाधिवक्तासमेत रहेका कार्कीले हरेक अधिकारमा सीमितता रहेको बताए। उनले लेखिएको अधिकारमा समेत सीमितता हुने तर्क गरे। अहिले संसद्ले काम गर्न नसकेको अवस्था नभएको उनले दाबी गरे। उनले संविधानले गर्न हुँदैन भनेका कुरा गर्न नहुने बताए। संविधानले नबोलेका कुरामा त्यसविपरीत हुनेगरी काम गर्न नपाइने उनले स्पष्ट गरे। उनले संविधानमा अप्रत्यक्ष अन्तरनिहित अधिकार भएको भने स्वीकार गरे। तर अहिले कारण देखाएर भएको विघटन संविधानअनुसारको अधिकार नभएको उनको दाबी थियो।

संविधानको धारा ८५ मा ‘संविधानबमोजिम अगाबै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ’ भन्ने उल्लेख छ। ‘धारा ८५ मा संसद् विघटनको अधिकार दिइएको छ। संसदीय प्रणाली हाम्रो हो भन्नेमा विवाद छैन। सबै कुरा संसदीय व्यवस्थाबाट ल्याइएको हो’, कार्कीले भने, ‘धारा ७६ (७) भनेको दुईवटा सिद्धान्त बुझ्नुपर्छ। पहिलो सरकार विफल र दोस्रो संसद् विफल।’ पहिलो चोटि निर्वाचन भएपछि संसद्को पहिलो काम सरकार दिनु हो। सरकार दिन नसकेमा मात्रै संसद् असफल हो। ‘तर अहिलेको अवस्थामा संसद् असफल होइन’, उनले भने, ‘सरकार कुनै कारणले असफल भयो भने व्यवस्थापिकाले फेरि सरकार बनाउन पाउनुपर्ने व्यवस्था छ।’ उनले संविधानमा भएको मौन व्यवस्थाविपरीत काम गर्न नहुने बताए। त्यसै क्रममा न्यायाधीश सिन्हाले सोधे, ‘मौन व्यवस्था राखिएको हो कि रहन गएको ? ती कसरी क्रियाशील हुन्छन् ?’  

‘चेक एन्ड ब्यालेन्स, प्रजातान्त्रिक मान्यतामा विघटनको अधिकार सरकारलाई हुन्छ भन्ने धारा ८५ ले भनेको छ’, संविधानविद् कार्कीले भने, ‘७६ (७) बमोजिम मात्रै विघटन हुने लेखिएको छैन। तर बाँकी विघटनको कुरा ८५ ले भनेको छ। विघटन गर्ने कार्यकारी हो।’

प्रधानमन्त्रीले सिफारिस नगरी विघटन नहुने धारा ८५ ले भनेको र अहिलेसम्मको चलन, व्यवहार पनि भएको उनले बताए। ‘संविधानमा लेखिएका कुरा हेर्ने कि साइलेन्स राखिएकोमा व्याख्या गर्ने’, न्यायाधीश प्रधान मल्लले सोधिन्। त्यसमा राजनीतिक सहमतिमा काम गर्नु फरक भएको कार्कीले बताए। ‘संविधानमा लेखिएका कुरा अदालतले व्याख्या गर्ने हो’, उनले भने। अहिले संविधानमा भएको शक्तिको दुरूपयोग हुन पुगेको उनको तर्क छ। पार्टीले काम गर्न नदिएको भनेर संविधानले नचिनेका व्यक्तिले काम गर्न दिएनन् भनेर प्रधामन्त्रीले विघटन गर्न नपाउने उनको तर्क छ।

देशमा २००८ सालदेखि नै राजनीतिक दलले समाधान दिन नसकेको एउटा समस्या विघटन भएको उनले इंगित गरे। ‘जब कुनै एक पार्टी सत्तामा जान्छ, त्यसपछि प्रधानमन्त्री सर्वेसर्वा कि पार्टी भन्ने विवाद उठ्छ। यो उहिलेदेखिको झगडा हो। मातृका (मातृकाप्रसाद कोइराला) र बिपी (बिपी कोइराला) को झगडाले प्रजातन्त्र नै गएको थियो’, कार्कीले भने। उनले संविधान र कानुन सूत्रमा लेखिने, विस्तृतमा नलेखिने बताए। एक महिनादेखि चलिरहेको सुनुवाइमा बुधबार पनि एमिकस क्युरीका तर्फबाट बहस हुनेछ। नेपाल बार एसोसिएसन र सर्वोच्च बारका तर्फबाट ५ जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीका रूपमा पठाइएको छ।
अर्को समाचार
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४४ मिनेट अघि
•
० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
काठमाडौं । ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको छ।




समितिले आज (शनिबार) दिउँसो ३ बजे काठमाडौंको असन डबलीमा विरोध कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले विरोध कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुन सबै सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

सरकारको निर्णयको विरोधमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा समितिका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
यो पनि पढौँ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस