नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले काठमाण्डौमा शक्ति प्रदर्शन गरेको तीन दिन पछि शनिबार (फागुन १ गते) नेकपाको ओली समुहले बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । त्यसकालागि बुटवलमा २ लाख मान्छे उतार्ने ओली समुहका लुम्बिनी प्रदेश इन्चार्ज तथा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताए ।
पार्टीको प्रचार बिभागले बिहिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले जनपरिचालन के हो भन्ने शनिबार बुटवलबाट देखाइदिने उल्लेख गरे । ‘जनताको समर्थन, अपेक्षा र जनपरिचालन कस्तो हुन्छ बुटवलबाट राष्ट्रलाइ देखाउन चाहान्छौं’ पोखरेलले भने । शनिबारको सभालाइ प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ ।
पोख्रेलले बुधबार प्रचण्ड–माधव समुहको काठमाण्डौ भेलामा उल्लेख्य जनसहभागीता रहेको खबर बाहिरीने बित्तिकै जनसहभागीता कस्तो हुन्छ हेर्न काठमाण्डौका पत्रकारलाइ बुटवल बोलाएका थिए । मुख्यमन्त्रीले समाजिक सञ्जालमा ‘देशभरीको होइन एउटै प्रदेशका जनताको जनसहभागीता कस्तो हुन्छ हेर्न फागुन १ गते बुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रलाइ’ लेखेका थिए ।
बिहिबार बुटवलमा पत्रकार सम्मेलन नै गरेर उनले बुटवलको सभा ऐतिहासिक हुने दावी गरे । रुपन्देहीबाट १ लाख र बाहिरी जिल्लाबाट १ लाख जनता बुटवल उतार्ने दावी पोखरेलको छ । पोखरेलले प्रधानमन्त्रीलाइ कमजोर पार्ने षडयन्त्र गरेकाले जनतामा जानु परेको बताए । प्रधानमन्त्रीलाइ असफल पार्ने खेल गलत थियो भन्ने स्थापित गर्न चुनाव हुनु पर्ने उनले बताए । शनिबारको सभामा ठुलो संख्यामा जनमुक्ति सेनाका पूर्व लडाकुहरु पार्टीमा समाहित हुने पनि पोखरेलले पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रदेशका कामकाज थाती राखेर बुटवलको शक्ति प्रदर्शनको तयारीमा आफै जुटेका मुख्यमन्त्री पोखरेलले बिहिबार मोटरसइकल र्यालीको पनि रिवन काटेर उदघाटन गरे । जनसभाको पुर्वसन्ध्यामा नेकपाको ओली समुहले बुटवलमा मोटरसाइकल र्याली निकालेको हो । मोटरसाइकल र्यालीमा जिल्लाका १६ वटै स्थानीय तहबाट युवाहरुलाइ सहभागी हुन उर्दी जारी गरीएको थियो ।