लोकतन्त्र कसैले खोस्न सक्दैन : प्रधानमन्त्री
२४ माघ २०७७
•
५ मिनेट पाठ
लोकतन्त्र कसैले खोस्न सक्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य उज्ज्वल रहेको बताएका छन् । उनले यसप्रति कसैले कर्के नजर लगाउन नसक्ने पनि बताए । नेकपा ओली समूहले राजधानीमा शुक्रबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले लोकतन्त्र खोस्न र मास्न नसक्ने स्पष्ट पारेका हुन् । उनले आफूमाथि लागेको प्रतिगमनकारी आरोपको पनि खण्डन गरे ।




पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी र निरंकुश शासकको आरोप लाग्दै आएको छ । दसौं हजार कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमा प्रधानमन्त्री ओलीले माधव नेपाल र पुष्पकमल दाहालको आलोचना गर्दै आफ्नो कदमको बचाउ गरे । नेपाल–दाहाल समूहको नेकपाले लगाउँदै आएको आरोपको खण्डन गर्दै ओलीले आफू गणतन्त्र र लोकतन्त्रविरोधी नभएको प्रस्ट्याए । नेपाल–दाहाल समूहले ओली गणतन्त्रविरोधी भएको आरोप लगाउँदै आएको छ । ‘कसैले पनि लोकतन्त्र खोस्न सक्दैन, लोकतन्त्रको भविष्य उज्ज्वल छ । लोकतन्त्रतर्फ कसैले कर्के आँखा नलगाए हुन्छ, लोकतन्त्रकै लागि म चौध वर्ष जेल बसेको हुँ । यहाँ कसैले भ्रम नपाले हुन्छ’, प्रधानमन्त्री ओलीले भने ।  

प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको धर्म निरपेक्षताविरोधी र राजतन्त्र फर्काउन प्रपञ्च गरेको आरोप पनि मिथ्या भएको बताए । ‘केहीले भनेका छन्, नारायणहिटीमा सभा गरेर ओलीले राजतन्त्र फर्काउन खोज्यो । म तिनीहरूलाई भन्न चाहन्छु, गणतन्त्रका लागि म पनि लडेको हुँ, गणतन्त्र हलचल हुँदैन’, उनले भने ।

ओलीले आफूलाई काम गर्न नदिइएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए । ‘जनताले बुझेको कुरा हो, काम गर्ने अवस्था नभए प्रधानमन्त्रीले संसद् विघटन गर्छ । हाम्रै बलमा संसद्मा आएर काम गर्न नदिने र सरकारले काम गर्न सकेन भन्ने प्रवृत्तिको जबाफ जनताको ताजा जनादेशबाट खोज्नुपर्छ,’ उनले भने । उनले चुनावमार्फत नै जनताले काम गर्न खोज्ने ठीक कि गर्न नदिने ठीक भन्ने फैसला गर्ने बताए ।  

मुलुक निर्वाचनतर्फ उन्मुख भइसकेकाले यसलाई अब कसैले रोक्न नसक्ने दाबी उनले गरे । ‘निर्वाचनमार्फत देशलाई स्थायित्वको बाटोमा डोर्‍याइनेछ’, उनले भने । उनले निर्वाचनको तयारी नगर भन्नु लोकतन्त्रविरोधी हर्कत भएको बताए । प्रधानमन्त्री ओलीले नेपाल–दाहाल समूहप्रति लक्षित गर्दै केही मानिस सरकार छाडेर हिँडेपछि संवैधानिक आयोगमा पदपूर्ति सम्भव भएको दाबी गरे । ‘उनीहरूले काम गर्न दिएनन् । तीन वर्षसम्म आयोगहरू बनेनन् । दुईचारजना निस्केर हिँडेपछि बल्ल आयोग बने । ती मानिस रहुन्जेल आयोगमा पदपूर्ति गर्न दिएनन् । उनीहरूलाई अहिले कति पिर परेको रहेछ भने त्यसकै भोलिपल्ट नेपाल बन्द गरे’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफूहरूलाई ललकार्ने काम भएकाले बाध्य भएर यस्तो आमसभा गरेर आफ्ना कुरा भन्नुपरेको बताए । ‘दुईचार हजार मानिस जम्मा गरेर ललकार्ने काम भएकाले हामी पनि सडकमा आएका हौं । हामी बाध्यताबस यहाँ आएका हौं, कार्यक्रम गर्नैपर्ने अवस्था आयो । आजको त यो कास्टिङमात्रै हो । अब सडकमा सबैतिर लाउडस्पिकर राखेर आमसभा गर्नुपर्ने दिन आउन सक्छ । मित्रहरू मन थामेर बस्नुस् र हेर्दै जानुस् । नेपाल कता जान्छ हेर्नुुस् । नेपाललाई समाजवाद उन्मुख हुनबाट, सामाजिक न्यायसहितको देश बनाउनबाट कसैले रोक्न सक्दैन,’ उनले भने ।  

प्रधानमन्त्री ओलीले नेपाल र दाहालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई धम्की दिएको आरोप लगाए । उनले ती निकाय स्वतन्त्र भएकाले स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले पहिलोपटक चीनसँग पारवहन सन्धि गरेका कारण र दोस्रोपटक नेपालको मिचिएको भूभागसमेत समेटर नक्सा छापेपछि आफूलाई सरकारबाट हटाउन नेपाल र दाहालले षड्यन्त्र गरेको आरोपसमेत लगाए ।  

ओलीले सुरुमा सभालाई सम्बोधन गर्दा आफूले नेतृत्व गरेको पार्टी कम्युनिस्टको मात्र नभई देशकै मूल पार्टी भएको दाबी गरे । ‘आज कुन मूल पार्टी, कुन पार्टी सक्कली, कुन नक्कली भन्ने फैसला भयो, जनताले फैसला गरेका छन् । आज तपाईहरू उपस्थित भएर मूल पार्टी भएको फैसला गर्नुभयो । अब भ्रममा परिरहनु पर्दैन’, पार्टी अध्यक्षसमेत रहेको ओलीले भने । ओलीले शुक्रबार आयोजित सभालाई काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो भएको दाबी गरे । ‘काठमाडौंमा आमसभा गर्न ठाउँ भएन, अरुलाई जहाँ छाने पनि ठूलो हुन्छ । हामीलाई जहाँ छाने पनि सानो हुन्छ । काठमाडौंको सबैभन्दा धेरै अट्ने ठाँउ खोज्दा पनि सानो भयो’, उनले भने ।  

सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताए । उनले अहिलेको लडाइँ पद प्राप्तिका लागि नभएर मुलुकलाई स्थिरता दिनका लागि भएको दाबी गरे । उनले लामो राजनीतिक अस्थिरताबाट आक्रान्त मुलुकलाई स्थायित्व दिने, आर्थिक विकास र समृद्धिबाट पछि परेको मुलुकलाई अघि बढाउने प्रधानमन्त्रीको उद्देश्य रहेको बताए । 

‘संविधानको रक्षा र अराजकताको अन्त्य गर्ने उद्देश्यमा अघि बढिरहँदा असफल पार्ने काम भएकाले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुपरेको हो । सम्पूर्ण कुराको फैसला जनताले गर्ने भएकाले ताजा जनादेशमा जाने निर्णय भएको हो । जनताले जे फैसला गर्छन्, त्यो शिरोधार्य गर्ने भनेर हामी निर्वाचनमा जान लागेका हौं’, पोखरेलले भने ।सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्न खोज्नेहरूलाई जाउलाखेलको चिडियाखानामा लगेर बन्द गर्ने चेतावनी दिए ।

‘मांसाहारी अन्दोलन गर्न खोज्नेलाई हाम्रो संविधान र कानुनले अपराध घोषणा गरेको छ । त्यस्तो अपराध गर्नेलाई जाउलखेलको चिडियाखानामा लगेर बन्द गरिनेछ’, गृहमन्त्री थापाले भने । उनले नेपाल–दाहाल समूहप्रति लक्षित गर्दै अवसरवादी संज्ञा दिए । उनले अवसरवादीकै कारण पार्टी विभाजन भएको पनि बताए । ‘आज देशको कम्युनिस्ट आन्दोलनमा अवसरवादीले फुट सिर्जना गरेका छन् । भ्रम सिर्जना गरेका छन् । वामपन्थी आन्दोलनलाई जनताले मात्रै रक्षा गर्न सक्छन् । त्यसकारण यो अन्दोलनले पार्टी शुद्धीकरण गर्छ’, थापाले भने ।  

यसअघि नेपाल–दाहाल समूहले गरेको सभाभन्दा ओली समूहको सभा निकै ठूलो देखियो । सभामा हरेक जिल्लाबाट एक हजारजनाका दरले कार्यकर्ता ल्याउन ओली समूहले सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । सबैभन्दा बढी तराईका जिल्ला र काठमाडौं आसपासका जिल्लाबाट कार्यकर्ता र शुभेच्छुक आएका थिए ।
अर्को समाचार
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
६ मिनेट अघि
•
१ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षणपछि आसपासका बस्तीमा एक्लै पुगेर नागरिकसँग कुराकानी गर्ने बताएका हुन्। 

लामिछानेले आफू जनतासँग भेट्न जाँदा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता साथमा नआउन आग्रह गरे।

‘म नेताहरूबाट घेरिएर होइन, जनताहरूबाट घेरिन चाहन्छु। म एक्लै जान्छु, तपाईंहरू प्रशिक्षणमा बस्नुस्,’ उनले भने।

उनले विमानस्थलदेखि विमानस्थलसम्म पुग्दा नेता तथा कार्यकर्ताले घेरिने र तिनै व्यक्तिहरू तस्बिरमा देखिने गरेको बताए।

‘धेरै भयो जनतासँग नबसेको। एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू र कार्यकर्ताबाट घेरिन्छु। तिनै साथीहरू वरिपरि फोटोमा देखिन्छन्,’ उनले भने।

लामिछानेले यसपटक फोटो र भिडियो खिचाउनेभन्दा नागरिकका समस्या सुन्ने उद्देश्यले बस्तीमा जान चाहेको बताए।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो भ्रमणको तस्बिर देखाएर आफू सभापतिसँग नजिक रहेको वा उम्मेदवारको टिकट पाउने दाबी नगर्न पनि आग्रह गरे।

‘त्यो फोटो देखाएर म निकै नजिक छु, मैले नै टिकट पाउने हो भनेर बेच्न त पाइन्न,’ उनले भने।

लामिछानेले नागरिकसँगको भेटलाई राजनीतिक प्रचारभन्दा पनि आत्मीय सम्बन्धका रूपमा लिनुपर्ने बताए।

उनले आफू कहाँ जाने भन्ने ठाउँसमेत तय नगरेको उल्लेख गर्दै आसपासका बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने बताए।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस