प्रतिबद्धता भुल्दै राजनीतिक दल
०२ माघ २०७७
•
३ मिनेट पाठ
प्रतिबद्धता भुल्दै राजनीतिक दल
सामाजिक दूरी कायम नगरी र मास्क प्रयोग नगरी कार्यक्रममा सहभागी भएका अतिथि । तस्बिर : नागरिक
गत आइतबार दैलेख सदरमुकाममा प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै उक्त समूहको भव्य र्‍याली निस्कियो। त्यसमा युवायुवतीदेखि वृद्धवृद्धासम्मको बाक्लो उपस्थिति थियो। सयौं जना सहभागीमध्ये कमैले मास्क प्रयोग गरेका देखिन्थे। अधिकांश मास्कबिना र्‍यालीमा सहभागी भए। 




सोही दिन रुकुम पश्चिममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक कदम भन्दै गरिएको विरोध र्‍यालीदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा प्रचण्ड–माधव समूहले गरेको प्रशिक्षण कार्यक्रममा पनि उस्तै स्थिति थियो। शनिबार प्रचण्ड–नेपाल समूहको दैलेख दुल्लुमा भएको कार्यक्रममा पनि स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड अपनाइन। विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना भाइरस) न्यूनीकरण नहुँदै यसबाट बच्न न त सामाजिक दूरी कायम गरिएको थितो न सुरक्षित रहन मास्क थियो।

त्यो दृश्य देख्दा लाग्थ्यो, कोरोना भाइरस न्यूनीकरण भइसक्यो। तर अवस्था त्यस्तो छैन। कोरोना भाइरसको औषधि तथा खोप बनिसकेको अवस्था छैन र संक्रमण रोकथाम पनि भएको छैन। परीक्षण दर घटे पनि संक्रमित र यसबाट मृत्यु हुने दर नघटेकाले यसबाट सजगता अपनाउन जरुरी भए पनि दलहरूले आफ्नै प्रतिबद्धता उल्लंघन गर्दा जोखिम झन् बढाएको छ। कोरोना भाइरस फैलिनुभन्दा अघि दलहरूले यसबाट बच्न सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार सभा, सम्मेलन, भेला, गोष्ठी इत्यादि नगर्ने प्रतिबद्धता जनाएका थिए। तर कोरोना भाइरस निर्मूल नहुँदै दलहरूले उक्त प्रतिबद्धता उल्लंघन गरेका छन्।  

कर्णालीमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसले विरोध कार्यक्रम गर्दै आएका छन् भने प्रधानमन्त्री ओली समूह  

ओलीको बचाउमा सडकमा उत्रिएका छन्। जसले कोरोना भाइरस संक्रमणको झन् जोखिम फैलाएको छ। राजनीतिक दलले न्यूनतम मापदण्ड पालना नगरेको नागरिक समाज सुर्खेतका अगुवा पीताम्बर ढकालले बताए। ‘अहिले नै कोरोना भाइरस न्यूनीकरण भइसकेको छैन,’ उनले भने, ‘पछिल्ला केही दिन परीक्षण कम हुँदा कोरोना भाइरस संक्रमितको संख्या कम मात्र देखिएको हो। अहिले पनि कोरोना भाइरस बढ्दो छ।’ यस्तो अवस्थामा सरकारले पालना गरेका मापदण्ड अपनाउनु पर्ने उनको भनाइ छ। अहिले भइरहेको हेलचक्र्याइँले कोरोना भाइरसलाई मत्थर होइन अझ बढावा गर्ने भन्दै उनले भने, ‘यो त नागरिकको स्वास्थ्य सुरक्षामा गम्भीर लापरबाही भयो।’ राजनीतिक दलको नेतृत्वले अरूलाई सिकाउन छाडेर आफैं आफ्ना प्रतिबद्धता उल्लंघन गर्दै जानुले नागरिकको स्वास्थ्यप्रति दलहरू गम्भीर नभएको उनको भनाइ छ।  

‘दलहरूले यतिबेला धेरै मान्छे जम्मा गरेर कार्यक्रम गर्नुभन्दा प्रविधिको प्रयोग गर्नुपर्ने,’ सुर्खेतकी गीता चपाईले भनिन्, ‘यसरी जाँदा त कोरोनाको जोखिम बढेको छ।’ अहिले कोरोना भाइरसलाई सामान्य रूपमा लिइए पनि न्यूनीकरण नहुँदासम्म यसलाई सामान्य रूपमा लिन नहुने उनको सुझाव छ। भेला सम्मेलन गर्दा सामाजिक दूरी कायम नहुने भन्दै अधिवक्ता दुर्गाप्रसाद सापकोटाले परिस्थितिलाई बुझेर सोहीअनुसार कार्यक्रम गर्नुपर्ने बताए। ‘शान्तिपूर्ण तरिकाले विरोध वा समर्थन गर्न पाउने अधिकार छ,’ उनले भने, ‘तर अधिकार हुँदाहुँदै पनि परिस्थितिलाई ध्यान दिएर काम गर्नुपर्छ।’  

कोरोना भाइरसको औषधि र खोपको विकास भइसको अवस्थामा यसरी सामाजिक दूरी कायम नगरी र स्वास्थ्य सुरक्षाका विधि नअपनाएर भेला सम्मेलन गर्नु नागरिकको स्वास्थ्यमाथि ख्याल नगर्नु रहेको उनले बताए। अझ जिल्ला दौडाहामा निस्केका नेताहरू पनि सबैको सम्पर्कमा आउँदा यसले जटिलता थपेको स्थानीयको भनाइ छ। नेपाल सरकारले गरेको लकडाउन अहिले पूर्णरूपमा खुला भइनसकेकाले न्यूनतम मापदण्ड अपनाएर राजनीतिक दलले गतिविधि गर्नुपर्नेमा उनीहरूको जोड छ।
अर्को समाचार
कर्मचारीतन्त्रमा दलीय दलदल
१७ साउन २०७९
•
४ मिनेट पाठ
कर्मचारीतन्त्रमा दलीय दलदल
निर्वाचन आयोगले राजनीतिक दलको सदस्यता लिने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कारबाही गर्न स्थानीय तहलाई निर्देशन दिनु आफैँमा सकारात्मक घटनाक्रम हो। यसले राज्यकोषबाट तलबभत्ता खाने र राजनीतिक दलमा सक्रिय हुने व्यक्तिमाथि नियन्त्रण गर्न सहज हुने विश्वास गर्न सकिन्छ। निर्वाचन आयोगले यस्तो निर्देशन दिएपछि अब यसको कार्यान्वयन होला त? यो त्यस्तो सजिलो पक्ष होइन। वास्तवमा अहिलेको संरचनाकै कारण सरकारी कर्मचारी, प्राध्यापक, शिक्षकलगायतका पेसामा रहेका व्यक्ति दलको सदस्य बनेका हुन्। यिनलाई जसले कारबाही गर्नुपर्ने भनी आयोगले निर्देशन दिएको छ, तिनीबाट यसको पालना सम्भव छैन। सदस्य बनाउने व्यक्तिले यिनलाई किन कारबाही गर्छन्? गर्दैनन्।  




जनआन्दोलन २०४६ र दोस्रो जनआन्दोलन २०६२/०६३ पछि सरकारी कर्मचारीतन्त्रमा राजनीतीकरण भएको छ। सक्ने भए मुख्य दलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा समेत दलको सदस्य बाँड्ने थिए। प्रत्यक्ष सदस्यता नलिए पनि यी निकायमा पनि क्रमशः राजनीतीकरण गरिएको छ। यी निकायमा हुने सरुवा, बढुवा आदिमा समेत दलीय प्रभाव पर्दै आएको छ। सबैभन्दा ठूलो विकृति निजामती कर्मचारी, विद्यालयका शिक्षक र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीमा देखिएको छ। यी सबै निकायमा दलहरूले झण्डा गाडेका छन्। निजामती कर्मचारीमा दलअनुसारका संगठन छन्। सबैजसो दलले कर्मचारीतन्त्रमा आफ्नो प्रभाव विस्तार गर्नु आवश्यक ठानेका छन्।  

निजामती कर्मचारीको एउटा छाता संगठन मात्र रहन सक्छ। कर्मचारीको एउटा तहसम्म त्यसमा सरिक हुने वातावरण बनाउन सकिन्छ। तर उनीहरू दलीय आधारमा प्रतिनिधित्व गर्ने अवस्था हुनुहुँदैन। अहिलेसम्म दलअनुसारका कर्मचारी संगठन खुलेका छन्। त्यही आधारमा तिनले कर्मचारीको पेसागत संगठनमा समेत प्रभाव पार्छन्। त्यतिमात्र होइन, तिनले दैनिक सरकारी कामकाजमा समेत आफ्नो वर्चस्व कायम गर्न खोज्छन्। कार्यालय प्रमुखले तिनकै चाकडी गर्नुपर्छ। आज विश्वविद्यालयका सबैजसो प्राध्यापक दलीय हिसाबले बाँडिएका छन्। विद्यालयका शिक्षकको अवस्था पनि त्यही छ। दलीय आधारमा संगठित कर्मचारी, प्राध्यापक र शिक्षकलाई कसरी कारबाही गर्ने? भए जति सबै कुनै न कुनै दलमा आबद्ध छन्, त्यसको अनुगमन कसरी हुन्छ?

संघ, प्रदेश र स्थानीय सरकार सबैले दलीय संलग्नतालाई हटाउन कोसिस गरेका छैनन्। सबै दलको ध्यान निर्वाचन र संगठन बलियो बनाउनतिर हुनाले कर्मचारी, शिक्षक र प्राध्यापकलाई पनि संगठित गरेका छन्। राजनीतिक दलको सदस्यता लिन नपाउने कानुनी व्यवस्था भए पनि त्यसमा बेवास्ता गरिएको छ। विशेषगरी दलका भातृ वा समर्थक संस्थाका नाममा तिनलाई संगठित गर्नु भनेको पनि एक हिसाबले दलीय संलग्नता नै हो। राज्यकोषबाट तलबभत्ता लिने व्यक्तिले दल वा तिनी निकटका कुनै पनि संस्थामा सहभागी हुन नपाउने व्यवस्थालाई बलियो बनाउन सक्नुपर्छ। त्यसो भयो भने मात्र शासकीय पक्षमा सुधार हुन सक्छ।  

अहिले तीन तहका सरकार सक्रिय छन्। तर कर्मचारी राजनीतिक दलमा सक्रिय रहेका कारण अनुशासन कमजोर छ। विशेषगरी नेतृत्व तहमा रहेका कर्मचारीले राजनीतिक दलमा आबद्ध कर्मचारीसँग आशीर्वाद लिनुपर्ने अवस्था छ। उच्च तहका कर्मचारी, शिक्षक र प्राध्यापकले यिनै कर्मचारीको सहयोग लिएर मात्र राजनीतिक नेतृत्वसँग भेटघाट गर्न सक्ने अवस्था छ। आफ्नो वृत्ति विकासका निम्ति पनि दल निकट कर्मचारीको साथसहयोग तिनलाई चाहिन्छ। यो अवस्थाका कारण पनि तत्कालै कर्मचारी, शिक्षक र प्राध्यापकसँग जोडिएको राजनीतिक सक्रियताको अभ्यास रोकिने अवस्था छैन। कुनै पनि दलसँग संलग्न हुन नपाइने व्यवस्था निजमती सेवा ऐन र अन्य सम्बन्धित सेवासम्बन्धी कानुनमा छ तर यसको पालना कतैबाट पनि भएको छैन।  

दलहरूले पनि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम सदस्यता वितरण गर्दा विवरण अद्यावधिक गर्नुपर्छ। यसअनुसार सदस्यता दिँदा तीन तहका सरकारमध्ये कतै पनि सरकारी कोषबाट तलब नखाने व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ। यस्तो व्यवस्थालाई पूर्ण पालना गरिएको छैन भन्ने तथ्य हालै एम अधिकारीका नाममा देखिएको विवादलाई लिन सकिन्छ। प्रमुख विपक्ष नेकपा (एमाले) को संगठनात्मक संरचनाभित्र रहेका यी एम अधिकारी नामक पात्र कानुनले वर्जित गर्दागर्दै राजनीतिक दलमा संलग्न रहेको भन्ने विवाद सुरु भयो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै यो नाम गरेका व्यक्ति हुन् भन्ने विवाद भएको हो। एमाले र उनी दुवैले यसलाई अस्वीकार गरेका छन्। वास्तवमा यस्तो विवाद आउनुको कारण दलहरूले सदस्यता वितरण गर्दा कानुन उल्लंघन गर्नु हो।  

बिरालाको घाँटीमा घन्टी कसले बाँध्ने? हाम्रो मुलुकका संवैधानिक अंगदेखि राज्यका कानुन कार्यान्वयन गर्ने निकाय कसैले पनि स्वतन्त्र ढंगले काम गर्न सकेको देखिँदैन। तिनले सशक्त ढंगले कानुन कार्यान्वयन गरेका भए कुनै पनि कर्मचारी, शिक्षक र प्राध्यापक राजनीतिमा लाग्ने धृष्टता गर्ने थिएनन्। तर दलमा आबद्ध भएबापत सबैतिर नियुक्ति पाइने, नियुक्तिपछि वृत्ति विकासमा पनि सहयोग पुग्ने भएकाले यस्तो गलत अभ्यास भइरहेको छ। आफूले वितरण गरेको सदस्यता गलत मानिसमा नपरोस् भन्ने ध्यान सम्बन्धित दलले दिनुपर्ने हो। तर दलले आफ्नो प्रभाव विस्तारका निमित जुनसुकै उपाय अपनाएको देखिन्छ। निर्वाचन आयोगले अहिले गरेको पत्राचारलाई यत्तिकै छाड्न मिल्दैन। यसको कार्यान्वयनका निम्ति भविष्यमा पनि यसमा भइरहेको प्रगतिको अनुगमन गर्नुपर्छ। अनिमात्र यसको सकारात्मक परिणाम आउनेछ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस