खिया लागेका नट र बोल्टु खुस्किए : ओली
१९ पौष २०७७
•
३ मिनेट पाठ
खिया लागेका नट र बोल्टु खुस्किए : ओली
नेकपा (ओली समूह) जिल्ला कमिटी काठमाडौंद्वारा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय
राजनीतिक रुपमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आ–आफ्नो प्रतिरक्षाका लागि सभा, भेला, आन्दोलनका कार्यक्रमसहित कार्यकर्ता र जनतामाझ जाने कार्यक्रम तय गरेका छन् । दुवै समूहले आफ्नो पक्षमा नेता, कार्यकर्ता र जनता आकर्षित गर्न यस्ता कार्यक्रम तय गरेका हुन् । केपी ओली समूहले देशव्यापी कार्यकर्ता भेला तय गरेको छ । यस्ता भेलामा ओली समूहले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई गालीगलौज गरिरहेको छ । त्यस्तै दाहाल–नेपाल समूहले पनि ओली र उनी नेतृत्वको सरकारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  




ओली समूहले शनिबार काठमाडौंको प्रज्ञा भवनमा काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेला गरिरहेको बेला दाहाल–नेपाल समूह आन्दोलनका कार्यक्रम घोषणा गर्दै थियो । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिले आफूविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिरहेको दाहाल–नेपाल समूहलाई कटाक्ष गरे । उनले दाहाल–नेपाल समूहलाई लक्षित व्यंग्य गर्दै भने, ‘सुन्तला खाने इच्छा भएकाहरू सुन्तलाघारीतिर जानुपर्नेमा सल्लाघारीतिर गएका छन् ।’ ओलीले दाहाल–नेपाल समूहलाई निर्वाचनमा दुई अंकको सिट ल्याएर देखाउन चुनौती दिँदै निर्वाचनपछि कसको बहुमत आउने रहेछ हेरौंलासमेत भन्न भ्याए । ‘प्रत्यक्षमा हाम्रो १ सय ६५ सिट आउँछ । र्ले यति नै भनौं, उहाँहरूले कमसे कम दुइटा अंक भएको सिट ल्याएर देखाउँदा हुन्छ,’ ओली भने ।

उनले केन्द्रीय कमिटी बैठकबाट हराएका केही साथीले आफूलाई पार्टीबाट निकालेको प्रसंग कोट्याउँदै उहाँहरू कही नपुग्ने बरु पछि पुरानै घरमा फर्कने बताए । ‘उहाँहरू कतै पुग्नुहुन्न, पछि फर्किनुहुन्छ, फर्किने हो भने पनि ठाउँ राखेका छौं, अब फर्किएर फेरि उपद्रो मच्चाउन पाइँदैन, थान्कोमा बस्नुपर्छ, पार्टीको कार्यकर्ताजस्तै बस्नुपर्छ,’ ओलीले भने, ‘गुटबन्दी गर्न पाइँदैन, हामीले गुटबन्दीलाई बिदा गर्‍यौं, व्यक्तिलाई फर्किन दिए पनि गुटबन्दी फर्किन दिइनेछैन ।’

ओलीले आगामी चुनावमा आफूहरूकै बहुमत आउने दाबी गरे । ‘वैशाख १७ र २७ गते कता बहुमत छ र कसले कसलाई पार्टीबाट निकालेको रहेछ हेरौंला,’ उनले भने । उनले दाहाल–नेपाल समूहको नारा र कृत्य देख्नेहरूलाई लाज लागेको बताए । उनले भने, ‘गोरु नांगो देख्दा मलाई लाज लाग्दैन ।’ ओलीले दाहाल–नेपालप्रति लक्षित गर्दै ‘भेट्नु कुहिएका दुईवटा फल झरेको र कुहिएको फलले रूख नै कुहियो भनेर भन्न सुहाउने कुरा नभएको तथा त्यो पत्याउन पनि नसकिने’ बताए ।  

ओलीले खिया लागेका दुईवटा नट र बोल्टु फुक्लिनासाथ पार्टी गतिशील बनेको बताए । उनले खिया लागेका नट र बोल्टु आफूले नखुस्काएको आफैं खुस्केर गएको पनि बताए । उनले असली नेकपा आफैंसँग भएको दाबी गर्दै असली र नक्कली छुट्याउने बरमझियाको पेडा पसल हो र भन्ने प्रश्नसमेत गरे ।  

‘उहाँहरूले आफू असली हो भनेर निर्वाचन आयोगमा एउटा निवेदन हाल्नुभएको रहेछ । हिजो निर्वाचन आयोगले मलाई सोध्यो, जसको घर हो त्यो निवेदन हाल्न जान्छ, जसको जमिन हो, उसले मेरो जमिन हो भनिरहन्छ ? यो मेरो गाडी हो भनेर निवेदन हाल्न जानुपर्छ, निवेदन हाल्न जानुपर्ने आवश्यकता छैन, त्यसकारण हामी असली हौं भन्ने स्पष्ट छ,’ ओलीले भने ।  

ओलीले लोकतन्त्र खतरामा परेकाले प्रनिधिनिधिसभा विघटन गर्नुपरेको प्रस्ट पारेका थिए । ‘लोकतन्त्र खतरामा परेकाले संसद् विघटन गर्नुपर्‍यो । तपाईंहरूलाई थाहा छ कि मलाई काम गर्न दिएनन्,’ उनले भने । उनले कोही मान्छेले प्रधानमन्त्री बनाउने कुरा राखेर प्रायोजित समाचार बनाएको आरोप लगाए । ‘संसद् पुनःस्थापना भयो भने कसकसलाई प्रधानमन्त्री बनाउँछु भनेर छापिएको छ । दुईचारजना मान्छेलाई झुक्याउन भनेका होलान् । चुनावको तयारी भइसक्यो । मान्छे ताजा जनादेश लिन अघि बढेका छन्,’ उनले भने ।  

ओलीले दाहाल–नेपाल समूहलाई रत्नपार्कमा औषधि बेच्ने मानिससँग तुलना गर्दै उनीहरूलाई जनताको साथ नभएको बताए । ‘उहाँहरूको साथमा भए जति मानिस त रत्नपार्कमा औषधि बेच्ने मानिसकोमा पनि भीड हुन्छ,’ ओलीले भने, ‘गन्तव्यमा पुग्न त राजनीतिक अजेन्डा हुनुपर्‍यो नि । उहाँहरूको अजेन्डा देश होइन, जनता होइन, संविधानको रक्षा होइन, जसरी रत्नपार्कमा औषधि बेच्नेले मानिस जम्मा गरेको हुन्छ, अब उहाँहरूको हालत पनि त्यस्तै हुनेछ । बरु बेलैमा सोच्दा हुन्छ ।’ कार्यकर्तालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले पनि सम्बोधन गरेका थिए ।
अर्को समाचार
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
१० मिनेट अघि
•
१ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।

लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।

उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।

‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।

उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।

लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।

‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।

उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।

प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस