प्रधानमन्त्रीलाई सुरक्षा बढाइयो
२४ मंसिर २०७७
•
२ मिनेट पाठ
प्रधानमन्त्रीलाई सुरक्षा बढाइयो
सत्तारुढ नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन्। नेकपा अध्यक्षसमेत रहेका उनी पार्टी मुख्यालय धुम्बाराहीमा जाने भएपछि आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन गरिएलगत्तै मंगलबार कीर्तिपुरको एउटा कार्यक्रममका लागि उनको ‘सवारी’ चलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।  




ज्येष्ठ नागरिक आवास गृह शिलान्यासका लागि मंगलबार अपराह्न प्रधानमन्त्री ओली कीर्तिपुर जाने क्रममा सुरक्षाकर्मीले सडक खाली गरेर ‘सवारी’ चलाएका थिए। विगतमा यस्तो अभ्यास थिएन।  

सडक नै खाली गराइएपछि के प्रधानमन्त्रीमािथ सुरक्षा ‘थ्रेट’ बढेकै हो, बढेको हो भने कहाँबाट भन्नेजस्ता प्रश्न उठेका छन्। ‘त्यति कडाइ होइन, आवश्यकता हेरेर केही कडाइ भएको हो,’ नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले भने, ‘हामीले हाम्रो ठाउँमा कमजोरी हुन त दिनुभएन नि।’ राजनीतिक र अन्य अवस्थालाई ध्यानमा राखेर प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरूको सवारी चलाउने गरिएको जानकारी दिँदै उनले भने, ‘आज (मंगलबार) पनि त्यही अनुसार प्रधानमन्त्रीको सवारी चलाइएको हो।’

प्रधानमन्त्री कीर्तिपुरतिर लाग्दा उनको अघिपछि तैनाथ सुरक्षाकर्मीलाई मास्क लगाउन समेत दिइएको थिएन। आवासगृह शिलान्यास गर्न प्रधानमन्त्री ओली दिउँसो १ः१५ बजे बालुवाटारबाट हिँडेका थिए। उनी हिँड्नुपूर्व नै सर्वसाधारणलाई रोकेर प्रहरीले सडक खाली गराएको थियो। अनिमात्रै प्रधानमन्त्रीले बाटुवाटारबाट कीर्तिपुरको यात्रा तय गरेका थिए। उनले कीर्तिपुरको कार्यक्रममा डेढ घण्टा बिताए। फर्कने क्रममा पनि उनको सुरक्षा व्यवस्था कडा पारिएको थियो।  

प्रधानमन्त्रीको सुरक्षा व्यवस्था कडा पारिनुलाई सुरक्षा निकायका जानकारले राजनीति बेमेलसँगै उत्पन्न चुनौतीका रूपमा चित्रण गरे। पूर्वडिआइजी हेमन्त मल्लले जनआक्रोश बढिरहेका बेला सरकारको मनोविज्ञान यस्तै हुने बताए। ‘कुनै पनि हिसाबमा सरकार कमजोर छैन है भन्ने पार्नलाई पनि बढी सुरक्षाकर्मी परिचालन गरिएको हुनसक्छ,’ उनले भने, ‘यस्तो अवस्थामा प्रधानमन्त्रीले हेलिकोप्टरमा सुटुक्क यात्रा गरेका भए सरकार कमजोर भयो भन्ने सन्देश जान्थ्यो। त्यसैले पनि सुरक्षा कडाइका साथ सडक यात्रा गरेको मान्नुपर्छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पहिलेभन्दा फरक नभएको बताए। उनले आवश्यकताअनुसार सुरक्षा निकायले प्रधानमन्त्रीको सुरक्षा व्यवस्था बलियो बनाउने जानकारी दिए। ‘त्यस्तो लागेको हुनसक्छ, तर होइन,’ उनले भने, ‘अरू बेला पनि यसरी नै सुरक्षाकर्मी परिचालित हुन्छन्।’
अर्को समाचार
प्रधानमन्त्री ओली अध्यक्ष दाहाललाई भेट्न खुमलटार जाँदै
०४ पौष २०७७
•
१ मिनेट पाठ
प्रधानमन्त्री ओली अध्यक्ष दाहाललाई भेट्न खुमलटार जाँदै
प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न उनकै निवास खुमलटार जान लागेका छन्। नेकपा पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली अध्यक्ष दाहाललाई भेट्न शनिबार बिहान खुमलटार जान लागेका हुन्।




नेकपा अध्यक्ष ओली र प्रचण्डबीच हिजो साँझ पनि बालुवाटारमा एक घण्टा भेटवार्ता भएको स्रोतले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस