नेपाली कांग्रेसका नेता एनपी साउदले नेकपा सरकारले यही स्थितीमा अगाडी बढ्दै गएमा मुलुक दुर्घटनातिर जाने निश्चित रहेको बताएका छन्। वर्तमान सरकारका कारण जनतामा निराशा र आक्रोश पैदा भइरहेको उनले स्पष्ट पारे। नेपाली कांग्रेस बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य साउदले नेकपाको सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको बताए।
‘नेकपाको कुनैपनि बैठकमा कोरोना महामारी नियन्त्रणको विषयबारे छलफल भएको छैन, बरु कहाँ बढी कमिसन आउँछ, त्यहाँ उनीहरुको नजर छ,’ साउदले भने ‘मिलेमतोमा आफ्ना पार्टीका मान्छेलाई ठेक्का दिने र आर्थिक अनियमितता गर्ने नेकपाको ध्यान छ।’ नेकपा सरकारको रबैयाका कारण जनतामा निराशा बढेको र पुर्नउत्थानवादी तथा साम्प्रदायिक शक्ति, विभिन्न जात, जाती सक्रिय भइरहेको पूर्वमन्त्री साउदले बताए।
नेपाली कांग्रेसले आफूलाई सच्याउन सकेन भने समाजवाद र लोकतन्त्रको विकल्पको रुपमा मुलुकमा बिसंगती हुने खतरा बढेको उनले जोड दिए। ‘यो गम्भीर अवस्थामा नेपाली कांग्रेसले आफ्नो महाधिवेशन गर्दैछ, कार्यकर्ताको चिन्तालाई म सम्मान गर्न चाहन्छु,’ साउदले भने ‘कोरोना महामारी विपी भवन सानेपाबाट आएको होइन, अधिवेशन ढिला गर्नलाई चलाएको हल्ला पनि होइन कोरोना महामारी।’
कार्यकर्ता र जनताको स्वास्थ्य जोखिममा राख्ने गरी नेपाली कांग्रेस जस्तो पार्टीले कुनैपनि काम गर्दाखेरी जिम्मेवारी पूर्वक गर्नुपर्ने उनको भनाइ छ। कोरोना महामारीको त्रास अझै कायमै रहेको बताउँदै कांग्रेस नेता साउदले अहिलेपनि बस्नुपर्दाखेरी दुरी बढाएर बस्नुपर्ने स्थिती रहेको औल्याए। पार्टीको महाधिवेशन फागुन महिनाभित्र महाधिवेशन नसकिने उनले खुलासा गरे।
‘मैले यो कुरा ब्यक्तिगत रुपमा भनिराखेको छु, फागुनभित्रमा महाधिवेशन हुन सक्दैन,’ उनले भने ‘कानुनले हामीलाई भदौ महिनाभन्दा पर सार्न पनि अब दिँदैन।’ कतिपय जिल्लामा क्रियाशिल सदस्यताको टुंगो लगाउन बाँकी रहेकाले आगामी भदौं महिनाभित्रमा महाधिवेशनको तयारी गर्न सहज हुने केन्द्रीय सदस्य साउदले बताए। नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलामा उपस्थित नेता, कार्यकर्ताले पार्टीको आसन्न महाधिवेशन लगायत विषयमा जिज्ञासा राखेका थिए।