कमिसनतन्त्रकै कारण सरकारले समयमै मल ल्याउन सकेनः लेखा समिति सभापती शाह
१५ मंसिर २०७७
•
२ मिनेट पाठ
कमिसनतन्त्रकै कारण सरकारले समयमै मल ल्याउन सकेनः लेखा समिति सभापती शाह
सोमबार रुपन्देहीको तिलोत्तमा १७ विपि ग्राम सेवा केन्द्रमा निर्माण हुन लागेको १५ शैयाको अस्पताल शिलान्यास सभापती भरतकुमार शाह ।
सार्वजनिक लेखा समिति सभापती भरतकुमार शाहले नेकपा भित्रको आन्तरिक द्वन्द्व र बढ्दो भ्रष्टाचारले मुलुकलाई बर्बादीको दिशा तर्फ धकेलेको बताएका छन्। सोमबार रुपन्देहीको तिलोत्तमा १७ विपि ग्राम सेवा केन्द्रमा निर्माण हुन लागेको १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहले दुई तिहाइको सरकार देश र जनताको हितमा काम गर्नुको साटो आन्तरिक किचलो र भ्रष्टाचारमा चुर्लुम्ब डुबेको बताए।  




‘जनताले तपाइहरुलाई दिएको दुई तिहाइ मत आन्तरिक किचलोमा भुल्न र भ्रष्टाचारी संरक्षण गर्न होइन। शुसाशन कायम गर्दै विकास र समृद्धि ल्याउन हो’ नेता शाहले भने। सरकार भ्रष्टाचारी संरक्षण र कमिसनतन्त्रमा लाग्दा जनतामा निरासा बढेको र राजावादीहरुले चलखेल गर्ने मौका पाइरहेको दाबी शाहले गरे। उनले रासायनिक मलका लागि ११ अर्ब बजेट छुट्याए पनि कमिसनतन्त्रकै कारण सरकारले समयमै मल ल्याउन नसकेको पनि आरोप लगाए।  

नेता शाहले सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट मान्दिन भनेपनि सो रिपोर्टले भनेजस्तै देश भ्रष्टाचारले आक्रान्त बन्दै गएको दाबी गरे। भ्रष्टाचारका ठूल्ठूला काण्डहरु नेपाली काँग्रेसले नै सदन मार्फत उजागर गरेको भन्दै उनले लेखा समितिले कारबाहीका लागि सिफारिस गरेको भ्रष्टाचारीलाई समेत सरकारले नै संरक्षण गर्दा मुलुकमा दण्डहीनता मौलाएको बताए।  

नेता शाहले सडक र पुल निर्माण मात्रै विकासको मानक नभएको भन्दै स्वास्थ्य, शिक्षा र गरिबी उन्मुलन नै एक्काइसौं सताब्दीको विकास भएको उल्लेख गरे। रुपन्देहीबाट निर्वाचित प्रतिनिधि सांसद शाहले रुपन्देहीमा विकासको लहर ल्याएको भनेर गफ दिनेहरु नै बुटवलबाट राजधानी सार्न भित्रभित्रै भूमिका खेलेको पनि आरोप लगाए।  

विपि ग्राममा स्थापना हुने अस्पताल पार्टी विशेषको अस्पताल नभइ सिंगो तिलोत्तमावासीको अस्पताल भएकाले तीन तहकै सरकार र अन्य राजनीतिक पार्टीले पनि पुर्ण सहयोग गर्नु पर्नेमा उनले जोड दिए। कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक, विपी ग्रामका सेवा केन्द्रका अध्यक्ष नेत्रबहादुर राना, रामचन्द्र ढकाल, केन्द्रका सल्लाहकार हरी न्यौपाने, वडा नं. ९ वडा वडाध्यक्ष नारायण न्यौपाने, वडा १७ का वडाध्यक्ष दानबहादुर चौधरी, बिनोद न्यौपाने लगायतले बोल्दै ग्रामिण क्षेत्रमा निर्माण हुन लागेको अस्पतालले सो क्षेत्रका जनतालाई ठूलो राहत हुने बताए।  

विपि ग्राम सेवा केन्द्रमा निर्माण हुन लागेको १५ शैयाको अस्पताल निर्माणका लागि संघ सरकारले गत र यो आर्थिक वर्षमा गरी १८ करोड ४४ लाख बजेट छुट्याएको छ। सो अस्पतालमा बर्थिङ सेन्टर संचालनका लागि तिलोत्तमा नगरपालिकाले गत वर्ष ३० लाख र यो वर्ष २० लाख बजेट बिनीयोजन गरेको तिलोत्तमा ९ का वडाध्यक्ष नारायण न्यौपानेले बताए। कुल साढे ५ बिगाह क्षेत्रफलमा सो अस्पताल निर्माण हुदैछ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस