एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता
१५ मंसिर २०७७
•
२ मिनेट पाठ
एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका छन्।




पछिल्लो सयम पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेसँगै विवाद झन बल्झने सङ्केत देखिएका बेला तल्लो तहका नेता कार्यकर्ता अझै पार्टीको विवाद समाधान भई अझै सुदृढ हुने आशामा देखिएका हुन्। नेकपाकी केन्द्रीय सदस्य मदनकुमारी शाह (गरिमा)ले पार्टी विधानअनुसार अगाडि बढ्न सके पार्टीको समस्या समाधान हुने बताइन्।  

विगतका एक अर्काका कमी कमजोरीलाई ल्याएर पार्टीलाई कमजोर बनाउने काम भइरहेको उल्लेख गर्दै शाहले भनिन्। 'हाम्रो अहिलेको विवादको कारक धेरै पछाडि फर्किनु पनि हो, २५ वर्ष पहिले कस्ले के गर्यो भन्ने कुरा अहिले बाहिर ल्याउन आवश्यक छैन, यो जनताको विश्वास जित्ने समय हो, त्यसमा पार्टी एकताबद्ध हुनुको विकल्प छैन।'  

पछिल्लो समय आएका प्रतिवेदनले झन पाटीलाई अप्ठ्यारो मोडमा लिन सक्ने भन्दै त्यस्को समाधानका लागि माथिल्लो तहका नेताले कार्यशैली सुधार गर्नुपर्ने शाह बताउँछिन्। 'अहिलेको नेकपाको समस्या नेताको कार्यशैलीले उत्पन्न भएको हो, तल्लो तहका नेता कार्यकर्तामा निराशा छ', शाहले भनिन्,'पार्टी फुट्दैन त्यसमा हामी ढुक्क छौ, पार्टीको एकतालाई मजबुत बनाउँदै लैजाने हो भने पार्टीको विधि र सिद्धान्तलाई सबैले आत्मसात गर्नुको विकल्प छैन।'

नेकपा सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरीले दुवै अध्यक्षको प्रतिवेदन आएको अवस्थामा त्यस्को असर तल्लो तहसम्म स्वभाविक भएको उल्लेख गर्दै अब आवश्यक छलफल र संवादले समस्याको समाधान खोजिनेमा आफूहरु विश्वस्त रहेको बताए।

उनले व्यक्तिगत धारणा राख्ने स्वतन्त्रता सबैमा भएकाले बाहिर जस्तो देखिए पनि पार्टीलाई झन मजबुत बनाएर लैजाने कुरामा सबैको एकमत रहेको बताए। 'पार्टी एकता भएको तीन महिनाभित्र सबै एकताको काम सम्पन्न गर्ने भन्ने थियो, त्यो हुन सकेन, त्यसले पनि कार्यकर्तामा केही खिन्नता ल्याएको छ', सचिव चौधरीले भने,'एकताले  पार्टी मजबुत बन्यो, झण्डै दुई तिहाइको सरकार बन्या, अझै राम्रो गर्न पार्टी एकतालाई मजबुत बनाउनु पर्छ।' उनले देशमा अस्थिरता देख्न चाहनेले नेकपा फुटेको हेर्न चाहेको उल्लेख गर्दै जसले समृद्धि र समुन्नत राष्ट्र भएको हेर्न चाहन्छ त्यसले नेकपा फुटेको हेर्न नचाहेको बताए।

नेकपा कैलाली जिल्ला अध्यक्ष रतनबहादुर थापाले पार्टीको माथिल्लो तहमा जे देखिए पनि त्यस्तो कलह तल्लो तहमा नरहेको जिकिर गरे। उनले तल्लो तहका नेताकार्यकर्ता पार्टीलाई थप एकताबद्ध बनाएर लैजानुपर्नेमा रहेको उल्लेख गर्दै कसैले फुट भन्दैमा फुट्ने र जुट भन्दैमा जुट्ने पार्टी नेकपा नभएको बताए। 'जिल्ला तहमा कसैको पनि मानसिकता छैन कि पार्टी फुट्नु पर्छ भन्ने', अध्यक्ष थापाले भने,'हामी एकता चाहान्छौं, अहिले फुट्ने नभइ जुट्ने बेला हो।'

नेकपा टीकापुर नगर अध्यक्ष खडक शाहले आफूमा भएका गलत मानसिकतालाई नेतृत्वले सच्याउन आवश्यक रहेको उल्लेख गरे। उनले सामाजिक सञ्जालमा देखिएका प्रवृत्तिले पार्टीलाई कमजोर पार्दै जाने भएकाले पार्टीमा अनुशासन सीमा तोडिँदै गएकामा चिन्ता व्यक्त गरे। रासस 
अर्को समाचार
नेपाली काँग्रेस महाधिवेशनः रुपन्देहीमा संस्थापन कमजोर
०९ मंसिर २०७८
•
३ मिनेट पाठ
नेपाली काँग्रेस महाधिवेशनः रुपन्देहीमा संस्थापन कमजोर
गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीमा तुलनात्मक रुपमा संंस्थापन पक्ष कमजोर देखिएको छ। जिल्लाका पाँच वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये तीन वटामा संस्थापन इतर पक्षको नेतृत्व आएको छ। दुईवटा क्षेत्रमा संस्थापन पक्षको नेतृत्व आएको छ। महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन इतर पक्षको संख्या धेरै देखिएको छ।




जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा संस्थापन इतर समुहबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। निर्वाचन भएका तीन वटा क्षेत्रमध्ये दुईवटामा संस्थापन पक्ष र एउटामा संस्थापन इतर पक्षको नेतृत्व आएको छ।

रुपन्देहीको क्षेत्र नं. १ मा हिरा केसी पुनः क्षेत्रीय समितिमा निर्वाचित भएका छन्। केसी यसअघि पनि क्षेत्रीय सभापति थिए। उनी देवदह नगरपालिकाका निर्वाचित मेयर पनि हुन्। संंस्थापन पक्षका केसीले ३९६ मत ल्याइ विजयी भए। उनका प्रतिस्पर्धी पौडेल पक्षका विश्वनाथ यादवले २९५ मत ल्याए। केसीकै प्यानलबाट सचिवमा बैजनाथ शाहनी र विजय गुरुङ, सहसचिवमा नरबहादुर थापा र मेहम्मद रजा पठान निर्वाचित भए। महाधिवेशन प्रतिनिधिमा भने मिश्रीत परिणाम आएको छ।

क्षेत्र नं. २ को क्षेत्रीय सभापतीमा हरि लम्साल निर्वाचित भएका छन्। लम्साल यसअघि पनि क्षेत्रीय सभापति थिए। संस्थापन इतर पक्षका लम्सालले १६० मतको अन्तरले देउवा पक्षका काजिमान श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन्।

सभापति लम्सालले ४०२ मत ल्याउदा अर्का प्रतिस्पर्धी काजिमान श्रेष्ठले २४२ मत ल्याए। सचिवमा भने देउवा समूहका प्रजापाल गिरीले ४२९ र पौडेल पक्षका बिमलराज भट्टराईले ३६८ मत ल्याई विजयी भए। सहसचिवमा पौडेल पक्षकै मिलन थापाले ३५१ र राजबहादुर क्षेत्रीले ३४० मत ल्याई विजयी भए। महाधिवेशन प्रतिनिधिमा पनि अधिकांस पौडेल पक्षकै उम्मेदवार विजयी भएका छन्।

क्षेत्र नं. ३ मा संस्थापन पक्षका सुशील गुरुङ प्यानलसहित निर्वाचित भएका छन्। सभापतिमा गुरुङले ३७७ मत ल्याइ विजयी भएका हुन्। उनका प्रतिस्पर्धी पौडेल समूहका सभापतिका उम्मेदवार मातृका प्रसाद यादवले २४२ मत प्राप्त गरे। यो क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन पक्षकै विजयी भएका छन्। सभापतिका अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले ४ मत पाए। सचिवमा भवानीप्रसाद शर्माले ३७६ मत र लेखनाथ भट्टराईले ३६२ मत ल्याइ विजयी भए। सहसचिवमा कुलप्रसाद न्यौपानेले ३७२ र प्रेमसागर थारुले ३८२ मत ल्याइ विजयी भए। सदस्य र महाधिवेशन प्रतिनिधिमा देउवा समूहकै प्यानलका उम्मेदवारले जितेका छन्। यो क्षेत्र गृहमन्त्री बालकृष्ण खाँणको पकड क्षेत्र हो।

क्षेत्र नं. ४ मा  पौडेल पक्षबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। क्षेत्र नं. ४ मा  मुकेश यादवको नेतृत्वमा क्षेत्रीय समिति सर्वसम्मत चयन भएको हो। यादव पौडेल समूहका हुन्। उनी यसअघि पनि क्षेत्रीय सभापति थिए। क्षेत्रीय सचिवमा राजमन हरिजन र गणेश चौधरी,सहसचिवमा राजेन्द्र यादव र गणेश गौतम निर्विरोध निर्वाचित भएका छन्। यो क्षेत्रमा महाधिवेशन प्रतिनिधि पनि अधिकांस पौडेल पक्षका छन्।

क्षेत्र नं. ५ मा पनि पौडेल पक्षलाई बल पुग्ने गरी सर्वसम्मत नेतृत्व चयन भएको छ। पाँचको क्षेत्रीय सभापतिमा वसिउल्लाह मुसलमान निर्विरोध निर्वाचित भएका हुन्। सचिवमा अशोककुमार गोश्वामी र कृष्ण शर्मा चयन भएका छन्।

त्यस्तै सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध चयन भएको मतदान अधिकृत नुरजंग केसीले बताए। महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्य सबै सर्वसम्मत चयन भएको केसीले बताए। यो क्षेत्र प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका काँग्रेस नेता भरत शाहको पकड क्षेत्र हो। शाह देउवा गुटका भए पनि जिल्लामा भने नेता खाँण र शाहका छुट्टाछुट्टै गुट रहेको नेता कार्यकर्ताहरु नै दाबी गर्छन्।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस