प्रदेश पाँच सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउन प्रदेश सभामा पेश गरेको प्रस्ताव सर्वसम्मत रुपले पारित गर्न बाँके काङ्ग्रेसले आग्रह गरेको छ। प्रदेश पाँचको अस्थायी राजधानी बुटवलबाट अन्यत्र सार्न नहुने माग गर्दै रुपन्देही कांग्रेस र उसको भातृ संगठन आन्दोलित भइरहेका बेला बाँके कांग्रेसले उक्त प्रस्ताव पारित गर्न आग्रह गरेको हो। नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले आइतबार एक विज्ञप्ती जारी गर्दै प्रस्तावित नाम र स्थानलाई प्रदेश सभाबाट यथाशिघ्र पारित गरी कार्यान्वयनमा लैजान माग गरेकी हुन्।
सरकारले प्रदेश पाँचको अस्थायी राजधानी रुपन्देहीको बुटवललाई घोषणा गरेपछि बाँके र बर्दियाबासीले यसअघि असन्तुष्टी जनाउँदै आएका थिए। प्रदेश राजधानीका हिसाबले बुटवल पायक नपर्ने भन्दै बरु बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने माग यहाँ जोडदार रुपले उठेको थियो। ‘अहिले यस क्षेत्रका जनताको व्यापक जनदवाबका कारण प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी भालुवाङमा राख्ने प्रस्तावको निर्णय भएको छ,’ विज्ञप्तीमा भनिएको छ ‘बाँके जिल्लाका जनताको भावनालाई नसमेटिएता पनि प्रस्तावित राजधानी भौगोलिक रुपले ५ नम्बर प्रदेशका सबै जिल्लाहरुको शुलभ पहुँच हुने भएकोले प्रदेशको नाम र स्थान उपयुक्त रहेको हुँदा नेपाली कांग्रेस बाँकेले यसलाई सकारात्मक रुपमा लिएको छ।’
कांग्रेस बाँकेले पटक–पटक साबिक मध्यपश्चिम क्षेत्रको औद्योगिक स्थलको रुपमा परिचित नेपालगन्जलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन सरकारका सम्बन्धित निकायहरुमा डेलिगेशनसहित माग राखी दवाव मुलक कार्यक्रमहरु सञ्चालन गरेपनि सुनुवाई नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ। प्रदेश राजधानीको विषयमा विभिन्न वहानामा जनताका भावनालाई खेलवाड गर्दै षडयन्त्र गरिएको कांग्रेस बाँकेको ठहर छ।
प्रदेश पाँचको राजधानी बुटवलभन्दा भालुवाङ धेरै उपयुक्त रहेको सभापति कोइराला बताउँछिन्। उनी भन्छिन्, ‘भौतिक संरचनाको हिसाबले नेपालगन्ज र बुटवलमा भएको जति भालुवाङमा त नहोला, तर सबै जिल्लाको केन्द्रको हिसाबले भालुवाङ सबैलाई पायक पर्ने देखिन्छ।’ कुनै कारणले भालुवाङलाई स्थायी राजधानी घोषणा गर्न खिचातानी भएमा बाँके जिल्ला कर्णालीमा जान बाध्य हुने उनको चेतावनी छ। प्रदेश राजधानीका लागि नेपालगन्जमा एक संघर्ष समिति नै बनेको थियो।
उक्त समितिको नेतृत्व नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले गरेका थिए। समितिले ज्ञापन पत्र लगायत विभिन्न दवाव मुलक कार्यक्रम गरेको थियो। समितिमा विभिन्न राजनीतिक दल, नागरिक अगुवा सदस्य रहेका थिए। प्रदेश राजधानीका लागि अन्य जिल्लामा जस्तो यहाँ जनजीवन नै ठप्प पार्नेगरी सडक आन्दोलन भएनन्। राजनीतिक दलको समर्थनमा गरिएका शान्तिपुर्ण आन्दोलनमा यहाँको नागरिक समाज, उद्योगी, ब्यापारी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो। प्रदेश पाँच सरकारले अहिले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने निर्णयसँगै प्रदेश सभामा प्रस्ताव पेश गरेपछि बाँकेका राजनीतिक तथा नागरिक अगुवाले स्वागत गरिसकेका छन्।