प्रदेश न. ५ को स्थायी राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव उपर संशोधन पेश गर्नका लागि १८ घन्टा समय निर्धारण गरिएको छ। असोज १६ गते शुक्रबार प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरि प्रदेशसभामा प्रस्ताव पेश भएको थियो।
उक्त प्रस्ताव पारित गर्नका लागि निर्माण गरिएको प्रदेश न. ५ को नामाकरण र स्थायी राजधानीको प्रस्ताव सम्बन्धी आन्तरिक कार्यविधि, २०७७ मा प्रस्तावमाथि छलफल समाप्त भएको १८ घन्टाभित्र चित्त नबुझेका प्रदेशसभा सदस्यहरुले संशोधन पेश गरिसक्नुपर्ने नियम बनाइएको हो। सामान्यतया विधेयकहरुका लागि भने संशोधन प्रस्तावका लागि ७२ घन्टाको समय दिइने प्रचलन छ। प्रदेशसभामा छलफल साँझसम्म भएमा सदस्यहरुले उज्यायलो भएपछि संशोधन पेश गरौला भन्ने हो भने समय त्यसै घर्किन सक्ने छ। छलफल सकिएको समयदेखि समय शुरु हुने र समयभित्र नआएमा संशोधन दर्ता नहुने प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले बताए।
गत शुक्रबार कार्यपरापर्श समितिको परामर्शमा सभामुख पूर्ण बहादुर घर्ती मगरले आफ्नो अधिकार प्रयोग गरि तयार पारेको उक्त कार्यविधिको सभाबाट समर्थन लिएका थिए।
प्रदेश सरकारले राजधानी सम्बन्धी निर्णयलाई अबको तीन दिनभित्र सक्ने गरि आन्तरिक तयारीमा जुटेको छ। प्रदेशभसाको सोमबार (१९गते) बस्ने प्रदेशसभा बैठकमा प्रस्तावमाथि छलफल शुरु हुनेछ। स्थायी राजधानीको विषयलाई लिएर प्रतिपक्षी नेपाली काँग्रेस सडक संघर्षमा होमिएको छ भने बुटवलमा व्यवसायिक संघसंस्था समेत आन्दोलनमा उत्रेका छन्। रुपन्देही, कपिलबस्तु, नवलपरासी र पाल्पा जिल्लाका सत्तासिन सांसदहरुले समेत स्थायी राजधानीका विषयमा असुन्तुष्टि व्यक्त गरेका छन्। सरकारको प्रस्तावलाई प्रदेशसभाले भने जति सक्दो चाँडो टुँग्याउने गरि प्रक्रिया शुरु गरेको छ।
कार्यविधि अनुसार छलफलमा कति लामो हुने त्यस आधारमा प्रस्ताव निर्णायथ सभामा पेश हुने छ। छलफलका लागि सामान्य तय दुई दिनका लागि समय तय गरिने जनाइएको छ। राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलीपल्ट नै प्रदेशसभाले राजधानी र नामाकरण टुँग्याउने तयारी गरिएको छ।
मूल प्रस्तावमा दुई तिहाई नआए संशोधनमा मतदान
प्रदेश न. ५ को स्थायी राजधानीको विषय शुरुदेखि नै विवादित थियो। अस्थायी राजधानी रहेको बुटवल र दाङ पक्षमा प्रदेशसभा सदस्य र राजनीतिक पार्टीका नेताहरु विभाजित हुँदा मुद्धा पेचिलो बनेको हो। संविधान अनुसार सरकारले पेश गरेको राजधानी र नामाकरणमा प्रदेशसभाको दुई तिहाई बहुमतले पारित हुनुपर्ने प्रावधान छ। तर, प्रदेशभा सदस्य र राजनीतिक पार्टीहरु समेत विभाजित भएकाले दुई तिहाई नभएको खण्डमा मतदान मार्फत यसलाई टुँग्याउनुपर्ने हुन्छ। यहाँ ८७ जना प्रदेशसभा सदस्य संख्या हो।
दुई तिहाईका लागि कम्तिमा ५८ जना प्रदेशसभा सदस्यहरुले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने छ। सत्तासिन नेकपाको ६१, नेपाली काँग्रेस १९, संघीय समाजवादी पार्टीका ६ र राजमोको १ सदस्य छन्। नेकपामा १४ जना सांसदहरुले लिखित रुपमा फरक मत जाहेर गरेकाले दुई तिहाई पुग्न नसक्ने अनुमान गरिएको छ। यद्यपि नेकपाले ह्वीप नै लगाउने बताएकाले दुई तिहाई सहजै पुग्ने कतिपयको विश्लेषण पनि छ।
प्रक्रिया यसरी शुरु हुनेछ
सभामुखले सभामा छलफलपछि पेश भएको संशोधन प्रस्तावकलाई बैठकमा पेश गर्न दिने छन्। त्यसपछि सभामुखले संशोधन प्रस्ताव फिर्ताका लागि समेत समय दिने छन्। संशोधन प्रस्ताव पेश भएपछि सभामुखले मूल प्रस्तावमाथि मतदान गर्न आदेश दिनेछन्। मूल प्रस्तावमा दुई तिहाई पुगेको खण्डमा संशोधन प्रस्ताव स्वतः निष्कृय हुनेछ। तर, मूल प्रस्तावमा दुई तिहाई नपुगेको खण्डमा भने संशोधन प्रस्तावमाथि मतदान गर्ने आदेश सभामुखबाट हुने छ। यदि संशोधन प्रस्तावमा दुई तिहाई भएको खण्डमा भने त्यो नै पारित हुने प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। उनका अनुसार राजधानी र नामाकरणको विषय निकै पेचिलो र संवेदनशील भएकाले मतदानका लागि आवश्यक सम्पूर्ण तयारी गरिएको छ।