'भालुवाङ सबैलाई पायक पर्ने ठाउँ हो, सबैले स्वीकार गर्नुको विकल्प छैन'
१७ असोज २०७७
•
४ मिनेट पाठ
'भालुवाङ सबैलाई पायक पर्ने ठाउँ हो, सबैले स्वीकार गर्नुको विकल्प छैन'
प्रदेश पाँच सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने निर्णयसँगै प्रदेश सभामा प्रस्ताव पेश गरेपछि बाँकेका राजनीतिक तथा नागरिक अगुवाले स्वागत गरेका छन्। सरकारले प्रदेश पाँचको अस्थायी राजधानी रुपन्देहीको बुटवललाई घोषणा गरेपछि बाँके र बर्दियाबासीले यसअघि असन्तुष्टी जनाउँदै आएका थिए।  




प्रदेश राजधानीका हिसाबले बुटवल पायक नपर्ने भन्दै बरु बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने माग यहाँ जोडदार रुपले उठेको थियो। प्रदेश पाँच सरकारले शुक्रबार दाङको भालुवालाई केन्द्रमा राखेर स्थायी राजधानी बनाउने निर्णयसँगै प्रदेश सभामा प्रस्ताव पेश गरेपछि बाँकेबासीले स्वागत गरेका हुन्।  

राजधानी आन्दोलनको अगुवाई गरेका राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले बाँके र बर्दियालाई कर्णालीमा गाँभ्दा उत्तम हुने भएपनि प्रदेश पाँच सभाले दाङको भालुवाङलाई राजधानी घोषणा गरेपनि पायक नै पर्ने बताए। ‘हामीले त बुटवल स्वीकार गर्न सक्दैनौं, बरु कर्णालीमा गाँभिदिए हुन्छ भनेर भन्दै आएका हौं, तर अहिले आएर प्रदेश सरकारले दाङको भालुवाङलाई राजधानी बनाउने प्रस्ताव पेश गरेपछि यसले पनि हामीलाई राहत नै दिनेछ,’ उनले भने।  

नेपालगन्जबाट अस्थायी राजधानी बुटवल पुग्न मात्रै ६ घण्टा समय लाग्ने गरेकोमा प्रस्तावित स्थायी राजधानी भालुवाङमा अढाई घण्टामै पुग्न सकिने नगर प्रमुख राणा बताउँछन्। प्रदेश राजधानीका लागि नेपालगन्जमा एक संघर्ष समिति नै बनेको थियो। उक्त समितिको नेतृत्व नगर प्रमुख राणाले  गरेका थिए। समितिले ज्ञापन पत्र लगायत विभिन्न दवाव मुलक कार्यक्रम गरेको थियो। समितिमा विभिन्न राजनीतिक दल, नागरिक अगुवा सदस्य रहेका थिए। नगर प्रमुख राणाले प्रदेशको स्थायी राजधानी भालुवाङलाई घोषणा गर्न प्रदेश सरकारले प्रस्ताव गरेको विषयमा जिल्लाका सबै सरोकारवालासँग राय, सल्लाह अनुसार अब अगाडी बढ्ने बताए।  

प्रदेश राजधानीका विषयमा यसअघि जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली कांग्रेस, राप्रपा लगायत दल एक ठाउँमा भएपनि मधेश केन्द्रित दलको धारणा भने केही फरक थियो। नेकपा, कांग्रेस, राप्रपा लगायत दलले पायक पर्ने ठाउँमा स्थायी राजधानी नतोकिए बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाँभ्नुपर्ने माग राखेका थिए, भने मधेस केन्द्रित दलले भने बाँके र बर्दियालाई कर्णालीमा गाँभ्नुपर्ने मागको बिरोध गरेका थिए। प्रदेश पाँचका १२ वटै जिल्लालाई पायक पर्ने ठाउँमा राजधानी तोक्नुपर्ने मधेस केन्द्रित दलको माग थियो।  

बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद एवम् जनता समाजवादी पार्टीका नेता मोहम्मद ईस्तियाक राई प्रदेश पाँच सरकारले १२ वटै जिल्लाबासीलाई न्याय हुने गरी निर्णय गरेको भन्दै प्रदेश सभाले सर्बसम्मत रुपले पारित गर्नुपर्ने बताउँछन्। ‘पायक पर्ने ठाउँमा राजधानी नहुँदा सम्म बुटवललाई स्वीकार गर्दैनौं र कर्णाली प्रदेशमा गाँभिने वाइहात कुरा नगरौं भनेर मैले पहिले नै भनेको हुँ,’ पूर्वमन्त्री राईले भने ‘अहिले जुन चाही निर्णय भएको छ, यो स्वागतयोग्य छ, किनकी भालुवाङ सबै जिल्लाको लागि पायक पर्ने केन्द्र हो।’ प्रदेश सभामा प्रस्तुत उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित हुनुपर्ने उनले बताए। भालुवाङलाई राजधानी घोषणा गरेपनि केही प्रशासनिक कार्यालय बुटवल र नेपालगन्जमा पनि राख्नुपर्ने राईको सुझाव छ।  

नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला प्रदेश पाँचको राजधानी बुटवलभन्दा भालुवाङ धेरै उपयुक्त रहेको बताउँछिन्। ‘भौतिक संरचनाको हिसाबले नेपालगन्ज र बुटवलमा भएको जति भालुवाङमा त नहोला, तर सबै जिल्लाको केन्द्रको हिसाबले भालुवाङ सबैलाई पायक पर्ने देखिन्छ,’ उनले भनिन्। कुनै कारणले भालुवाङलाई स्थायी राजधानी घोषणा गर्न खिचातानी भएको खण्डमा बाँके जिल्ला कर्णालीमा जान बाध्य हुने कोइरालाको चेतावनी छ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाँकेका सचिव अशोक कोइराला बाँकेबासीले लामो समयदेखी पायक पर्ने ठाउँमा स्थायी राजधानी मागेको भन्दै प्रदेश सरकारले अहिले सम्बोधन गरेको बताए। ‘यस क्षेत्रका जनताले पायक पर्ने ठाउँमा राजधानी तोक्नुपर्ने नत्र कर्णाली प्रदेशमा जाने आवाज उठाइरहेको अवस्थामा यहाँका जनताको भावनालाई प्रदेश सरकारले सम्बोधन गरेको छ,’ उनले भने ‘म बाँके जिल्लाको पार्टी नेतृत्वको नाताले सबै सांसद, पार्टीका शिर्ष नेताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’ हिम्मत गरेर जनताको भावनालाई बुझ्ने र जनताको भावना अनुसारको निर्णय भएको सचिव कोइरालाको बुझाई छ।  

प्रदेश राजधानीका लागि अन्य जिल्लामा जस्तो यहाँ जनजीवन नै ठप्प पार्नेगरी सडक आन्दोलन भएनन्। राजनीतिक दलको समर्थनमा गरिएका शान्तिपुर्ण आन्दोलनमा यहाँको नागरिक समाज, उद्योगी, ब्यापारी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो। राजधानीको मुद्दामा सुरुदेखि सक्रिय रहँदै आएका विकासका लागि नागरिक सरोकार समिति नेपालगन्जका संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ प्रदेश पाँच सरकारले सबै जिल्लालाई पायक पर्ने गरी भालुवाङलाई राजधानी बनाउन गरेको निर्णय उपयुक्त भएको बताउँछन्। 

‘हामीले शान्तिपुर्ण आन्दोलन गरेर नेपालगन्जलाई राजधानी बनाउनुपर्छ भनेका थियौं, तर सबैलाई पायक पर्ने ठाउँ खोज्दा प्रदेश सरकारले भालुवाङलाई बनाउने निर्णय गरेको छ, यसलाई सबैले स्वीकार गर्नु बाहेक अर्को विकल्प छैन,’ श्रेष्ठले भने।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४१ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस