प्रतिनिधिसभा निर्वाचनका लागि ३७ दल दर्ता, कांग्रेस–एमाले अझै आएनन्
०५ मंसिर २०८२
•
४ मिनेट पाठ
प्रतिनिधिसभा निर्वाचनका लागि ३७ दल दर्ता, कांग्रेस–एमाले अझै आएनन्
प्रतिनिधि सभा निर्वाचनका लागि शुक्रबारसम्म ३७ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। फागुन २१ मा हुने निर्वाचनमा भाग लिन राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम हालसम्म ३७ दलले दल दर्ता गराएका हुन्। 




आयोगमा दल दर्ता गराएका सबै ३७ दलले प्रत्यक्ष(पहिलो हुने) तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा सहभागी हुने जनाएका छन्। हालसम्म निर्वाचन प्रयोजनका लागि दल दर्तामा आउने दलहरू पुराना स्थापितदेखि नयाँसम्म छन्। 

हालसम्म पुष्पकमल दाहाल दल प्रमुख रहेको नेपाली कम्युनिस्ट पार्टी, उपेन्द्र यादव प्रमुख रहेको जनता समाजवादी पार्टी(जसपा) नेपाल, नारायणमान बिजुक्छे प्रमुख रहेको नेपाल मजदुर किसान पार्टी(नेमकिपा), डोलप्रसाद अर्याल प्रमुख रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), प्रभु साह दल प्रमुख रहेको आम जनता पार्टी(आजपा), चित्रबहादुर केसी प्रमुख रहेको राष्ट्रिय जनमोर्चा, एकनाथ ढकाल प्रमुख रहेको नेपाल परिवार दलजस्ता पुराना स्थापित दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन्। 

यस्तै हरिनारायण प्रमुख रहेको राष्ट्रिय जनता पार्टी, कुमार लिङ्देन प्रमुख रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि निर्वाचन प्रयोजनका दल दर्ता गराएका छन्।

यस्तै जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दल दर्ता गराएका नयाँ दल पनि निर्वाचन प्रयोजनका लागि दर्ता गरिरहेका छन्। हालसम्म सन्ध्या खनाल प्रमुख रहेको देश विकास पार्टी,  दुर्गा सोब प्रमुख रहेको गतिशील लोकतान्त्रिक पार्टी, द्रोण अधिकारी प्रमुख रहेको देशभक्त समाज, गीता क्षेत्री प्रमुख रहेको नेपाल लोकतान्त्रिक पार्टी, बुद्धलाल मेचे प्रमुख रहेको मंगोल नेशनल अर्गनाइजेसन, विश्वेन्द्र पासवान प्रमुख रहेको बहुजन शक्ति पार्टी पनि निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका छन्। 

यस्तै अनिलकुमार झा प्रमुख रहेको नेपाल सद्भावना पार्टी, मेघबहादुर कामी प्रमुख रहेको नेपाल मानवतावादी पार्टी, हुकुमबहादुर लामा प्रमुख रहेको नेपाल जनता संरक्षण पार्टी, चन्द्रलाल मैनाली प्रमुख रहेको नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), त्रिभुवननाथ पाठक प्रमुख रहेको नेपाल जनता पार्टी,  विजयप्रकाश निषाद प्रमुख रहेको राष्ट्रिय समता पार्टी नेपाल, दत्त मर्दन कामी प्रमुख रहेको संयुक्त नागरिक पार्टी, खड्कप्रसाद पालुङवा प्रमुख रहेको नेपाल जनमुक्ति पार्टी, चन्द्रदेव जोशी प्रमुख रहेको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), जितेन्द्र घिमिरे प्रमुख रहेको राष्ट्रिय यथार्थवादी पार्टी नेपाल पनि निर्वाचन प्रयोजनका लागि दर्ता भएका छन्। 

यस्तै किशोर कुमार विश्वास प्रमुख रहेको समावेशी समाजवादी पार्टी नेपाल,  निरबहादुर श्रेष्ठ प्रमुख रहेको जन प्रजातान्त्रिक पार्टी नेपाल, प्रितम मुखिया प्रमुख रहेको विकासशील जनता पार्टी, शुक्रबहादुर गुरुङ प्रमुख रहेको राष्ट्रिय नागरिक पार्टी, अशोककुमार राई प्रमुख रहेको जनता समाजवादी पार्टी,  नाम अपूर्ण प्रमुख रहेको राष्ट्रिय परिवर्तन पार्टी, माधवज गुरुङ प्रमुख रहेको नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), विनय यादव प्रमुख रहेको राष्ट्रिय एकता दल, रुक्मिणी चौधरी प्रमुख रहेको सङ्घीय नेपाल पार्टीसहित नयाँ पुराना गरी ३४ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका हुन्। 

निर्वाचन आयोगले सम्पूर्ण दलहरूलाई निर्वाचन आचारसंहिताको पालना गरी प्रतिस्पर्धामा उत्रन आग्रह गरेको छ।      

शुक्रबारसम्म ३० भन्दा बढी नयाँ राजनीतिक दल दर्ताको लाइनमा छन्।  नेपाली कांग्रेस र नेकपा एमालेलगायतका केही ठुला दल भने अझै निर्वाचन आयोगमा दर्ता भइसकेका छैनन्।  प्रतिनिधिसभा निर्वाचनमा अग्रसर नभएको एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि भने निवेदन दिइसकेको छ।   

एमालेसहित राष्ट्रिय सभा निर्वाचनका लागि अन्य ५ दलले निवेदन दिएका छन्। जसमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल पार्टी, नारायणमान बिजुक्छेको नेपाल मजदुर किसान पार्टी, पुष्पकमल दाहालको नेपाली कम्युनिस्ट पार्टी, विश्वेद्र पासवानको बहुजन शक्ति पार्टी, चित्र बहादुर केसीको राष्ट्रिय जनमोर्चा पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेका छन्। कांग्रेस अझै दर्तामा आउन बाँकी छ। 

नयाँ दर्ता हुने राजनीतिक दल १० पुगे

यस्तै जेनजी आन्दोलनपछि दर्ता हुन पुगेका १० राजनीतिक दलले प्रमाणपत्र प्राप्त गरिसकेका छन्। शुक्रबारसम्ममा श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, नेपाल कम्यनिष्ट पार्टी (माओवादी), राष्ट्र निर्माण दल नेपाल, राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल, पिपुल फस्ट पार्टी र उज्यालो नेपाल पार्टीसहित १० नयाँ राजनीतिक दलले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन्। उनीहरू पनि निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रियामा आएर आगामी निर्वाचनमा भाग लिने बाटो खुलेको छ। 

आयोगको कानुन तथा राजनीतिक महाशाखाका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेभित्र निवेदन लिने र मंसिर १८ सम्म छानबिन गरी मंसिर २० सम्ममा दल दर्ता स्वीकृत गरेर निर्वाचन प्रयोजनका लागि दलहरूको नामावली प्रकाशन गर्ने बताएको छ ।  
अर्को समाचार
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
२ मिनेट अघि
•
१ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
पर्वत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्।




लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्‍याएपछि स्थानीय आवागमन, सडक यातायात तथा सिँचाइ सेवा प्रभावित बनेको छ। मन्त्री श्रेष्ठले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पहिरोका कारण उत्पन्न समस्या, जोखिम र तत्काल आवश्यक पहलका विषयमा जानकारी लिएका हुन्।

अवलोकनपछि स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिसँग भएको छलफलमा पहिरोको तत्काल मर्मतसँगै दीर्घकालीन नियन्त्रण र प्रभावित पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर एकीकृत योजना अघि बढाउने पहल सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।

सो अवसरमा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भूसालले सुनछाप पहिरोको नियन्त्रण अत्यावश्यक रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

स्थानीय समस्या र आवश्यकताको वास्तविक पहिचान स्थलगत अवलोकनबाटै सम्भव हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र समुदायसँगको सहकार्यमा पहिरो नियन्त्रण तथा प्रभावित पूर्वाधारको संरक्षणका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस