नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापती भरतकुमार शाहले दुई तिहाइको सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको बताएका छन्।
सत्तामा आएदेखि नै भ्रष्टाचारमा लिप्त रहेको ओली सरकारले महामारीका बेला समेत स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको र भ्रष्टाचारीलाई संरक्षण गरेको बताए। भ्रष्टाचारी संरक्षण गर्ने सरकारबाट जनतको हित हुन नसक्ने भन्दै नेता शाहले जनहितका मुद्दामा कांग्रेस सडकमा उत्रन तयार रहेको बताए।
नेपाली कांग्रेसको पार्टी कार्यालय भैरहवामा आज नेकपाका स्थानीय नेता तथा अगुवा कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराउदै उनले दुई तिहाइको सरकारले जनताको अभिभावकत्व बहन गर्न नसकेकाले कांग्रेस सदन देखि सडकसम्म उत्रने बताएका हुन्। कम्युष्टि सरकारबाटै लोकतन्त्रमाथि खतरा रहेको औल्याउदै उनले लोकतान्त्रिक गणतन्त्र जोगाउने जिम्मेबारी कांग्रेसकै काँधमा आएको बताए।
कम्युष्टिहरुसंग जनता आजित भएको भन्दै नेता शाहले अबको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दावी गरे। ओली सरकारले कुलमान घिसिङ जस्ता कर्मठलाई काम गर्न नदिएको, अदालत जस्तो न्याय क्षेत्रमा राजनीतिक भागबण्डा गरेको जनताका मौलिक हक कानुन बनाएरै खोस्न खोजेको भन्दै नेता शाहले अधिनायकवादविरुद्ध जनता जागरुक हुनु पर्नेमा जोड दिए।
रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाका नेकपाका केही स्थानीय नेता तथा अगुवा कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउदै जिल्ला सभापती अब्दुल रज्जाकले नेपाली कांग्रेसलाई मतदान गर्न जनता आतुर रहेको बताउदै पार्टी बलियो र एकीकृत बन्ने बताए। कांग्रेस रुपन्देहीका उपसभापती फणिन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, क्षेत्र नं. ५ का क्षेत्रीय सभापती वसिउल्लाह मुसलमान, युवा नेता बिष्णु पोख्रेल, तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ लगायतले बोल्दै कांग्रेसलाई बलियो बनाउदै जनताको हितमा काम गर्न एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिए।
नेकपा पत्यिाग गरी कांग्रेस प्रवेश गरेका गणेश ज्ञवालीले जनताले दुई तिहाइ बहुमत दिएको कम्युनिष्ट सरकारले जन हितमा काम गर्नुको साटो भ्रष्टाचारमा डुब्दै गएको र अधिनायकबादी बन्दै गएकाले नेकपा परित्याग गरी लोकतन्त्रिक पद्यतीका लागि नेपाली कांग्रेसमा प्रवेश गरेको बताए।
सैनामैना नगरपालिका ५ को नेकपाका वडा उपाध्यक्ष गणेश ज्ञवालीसहितका स्थानीय नेता कार्यकता कांग्रेसमा प्रवेश गरेका हुन्।