स्वास्थ्य सुरक्षा मापदण्ड मान्दैनन् राजनीतिक दल
२६ भदौ २०७७
•
३ मिनेट पाठ
स्वास्थ्य सुरक्षा मापदण्ड मान्दैनन् राजनीतिक दल
जुम्लाको स्थानीय प्रशासनले कोरोना भाइरसको संक्रमण हुन नदिनको लागि जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह  गर्न थालेको ६ महिना भइसक्यो। घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्दै सामाजिक दूरी कायम गर्न र हुलहुज्जत, भिडभाड नगर्न आग्रह गरेको थियो। तर यहाँका राजनीतिक दलले स्थानीय प्रशासनको आग्रहलाई अटेर गर्दै गाउँगाउँमा सभा, सम्मेलन, हुल, हुज्जत, पार्टी प्रवेश कार्यक्रम गरिरहेका छन्।




पटक पटक स्थानीय प्रशासनले दलका नेताको ध्यानाकर्षण गराएको भएपनि अटेर गरिरहेका छन्। यहाँका प्रमुख राजनीतिक दल सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले राजनीतिक कार्यकर्ता भेला गरी छलफल गर्ने गरेका छन्। उनीहरु भेला गरेको फोटा सामाजिक सञ्जालमै राख्न थालेपछि जुम्लामा दलका कार्यक्रमबाटै कोरोना संक्रमण फैलन सक्ने खतरा बढेको हो। डेढ महिना अघिसम्म गाउँगाउँमा नेकपाका भेला, भेटघाट र पार्टी प्रवेशको लहर चल्यो। अहिले नेपाली कांग्रेसका नेता कार्यकता गाउँमा प्रवेश गरेर जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको उल्लंघन गरिरहेका छन्।

चन्दननाथ नगरपालिका–६ मा नेकपा र कांग्रेस पार्टीको राजनीतिक कार्यकर्ता भेला गर्ने प्रतिस्पर्धा चलिरहेको हो। स्थानीय तहको निर्वाचन नजिकिँदै गरेपछि जुम्लामा विशेषगरी नेपाली कांग्रेस र नेकपाको चहलपहल बढेको देखिन्छ। कोरोना संक्रमण हुन नदिन सर्वसाधारण नागरिकले लकडाउनको प्रभाव झेलिराख्नु पर्ने अवस्था छ। दलका नेता कार्यकर्ता गाउँमा गएर हुलुज्जत गरीरहेका छन्। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत भन्छन्,‘जुम्लामा कोरोना संक्रमण दलका कार्यक्रमबाटै फैलन सक्ने खतरा छ।  

राजनीतिक पार्टीका नेता–कार्यकर्तालाई जनताको माया छैन। सबैभन्दा संवेदनशिल राजनीतिक दल हुनु पर्नेमा झन असंवेदनशिल कार्यक्रम गर्दै अघि बढेका छन्। ’अहिले विशेषगरी दुई पार्टी नेकपा र कांग्रेस सत्ता कसरी बचाउने र सत्तामा कसरी जाने भन्ने खेलमा लागेका छन्। कोरोना भाइरसको विकराल अवस्थामा पनि आफ्ना पार्टीका भेला तथा कार्यक्रम गर्ने गरेका छन्।’

राजनीतिक पार्टीले गरेको गल्तीका कारण सिंगो जुम्लाबासीले पिडा खेप्नु पर्ने तर्क उनी गर्छन्। गत साउन ३० गते सर्वदलीय बैठकमा पार्टीका नेताले कोरोना महामारीको बेलामा राजनीतिक गतिविधि नगर्ने र सबै कोरोना नियन्त्रण तथा रोकथाममा लाग्ने भनेर हस्ताक्षर पनि गरेका थिए। तर आफैँले गरेको हस्ताक्षरको खिल्ली उडाउँदै भेला र कार्यक्रम गर्न नेताहरू ब्यस्त छन्।  

राजनीतिक दलबाटै लकडाउन र निषेधाज्ञाको उल्लंघन भइरहेको आरोप स्थानीयको छ। सर्वसाधारणलाई  भोकभोकै मार्नका लागि लकडाउन र निषेधाज्ञा प्रशासनले गरेको छ। राजनीतिक दलका गतिविधिलाई नियन्त्रण गर्न सकेको छैन, अध्यक्ष महतले भने,‘कोरोना भाइरसले महामारीको रुप लिए जवाफदेही राजनीतिक दल नै हुनुपर्छ।’

राजनीतिक दलका नेताहरु पिसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकाले मात्र कार्यक्रममा सहभागिता जनाउने गरेको दाबी गर्दै आइराहेका छन्।

नेकपा जुम्लाका अध्यक्ष वीरबहादर कुँवर केही समय अघि गाउँमा भेला सम्मेलन, बैठक गर्ने गरेको बताउँछन्।   उतिबेला पार्टीको पार्टी एकतापछि स्थानीय स्तरमा पनि संगठन विस्तार गर्नुपर्ने भएकोले कार्यकर्ता भेला तथा कार्यक्रम भएका हुन्, अध्यक्ष कुँवरले भने,’‘प्रशासनले कोरोना महामारीको बेला भेला तथा कार्यक्रम नगर्न ध्यानाकर्षण गरेपछि राजनीतिक कार्यक्रम रोकिएका छन्। गाउँमा कोरोनाविरुद्धको अभियानमा लाग्न निर्देशन गरिएको छ।’

नेपाली कांग्रेसका जिल्ला सभापति दीपबहादुर शाही कोरोना महामारीको वेलामा औपचारिक रूपमा पार्टीका कुनै पनि गतिविधि नभएको दाबी गर्छन्। उनले पार्टीको अधिवेशन पनि रोकिएको बताए। स्थानीयले भने राजनीतिक दलका क्रियाकलाप गाउँमा भइरहेको बताएका छन्। उनीहरुका अनुसार गाउँमा पार्टी प्रवेशको लहर चलेको छ। भेला भइराखेका छन्। राजनीतिक क्रियाकलाप बन्द गरेर कोरोना नियन्त्रणमा साथ दिन जुम्लाबासीले राजनीतिक दललाई आग्रह गरिरहेका छन्।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
४८ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस