प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको आइतबारको बैठक अवरुद्ध गरेको छ। संकल्प प्रस्तावमा समावेश १ घर १ पिसीआरलगायतका माग सम्बोधन नभएको र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समानताको सिद्धान्त बिपरित आउन लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिरोध स्वरुप आइतबारको बैठक अवरुद्ध गरेको हो। २ पटकसम्म बैठक अवरुद्ध भएपछि आइतबार टेबुल हुने भनिएको खेलकुद विधेयक टेबुल हुन सकेन।
कांग्रेसले अस्वीकृत भएको संकल्प प्रस्तावका ४ वटा बुँदा कार्यान्वयन हुनुपर्ने माग पुनः गरेको छ। यसअघि प्रस्तावित सो प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। जसमा प्रदेश भरि कोरोना परीक्षणका लागि १ घर १ पिसीआर गर्नुपर्ने, क्वारेन्टिन र आइसोलेसनको सुधार गर्नुपर्ने माग गरिएको थियो। संकल्प प्रस्ताव अस्वीकृत भएपनि समस्या ज्यूँका त्यूँ रहको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले आफूहरुको माग सम्बोधन हुनुपर्ने बताए। संसदमा विरोधमा उत्रिनुपर्ने कारणबारे प्रष्ट्याउँदै उनले माग पूरा नभएसम्म संसद अवरुद्ध हुने बताए।
कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कार्यविधि भेदभावपूर्ण भएकाले त्यो सच्चिनुपर्ने बताएको छ। नेता नेपालीले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदले समानताका आधारमा समान रुपमा योजना छनौट गर्न पाउनुपर्ने भएपनि सरकारले विभेदपूर्ण कार्यविधि बनाएको भन्दै सो विधेयक सच्याउन आग्रह गरे।
कांग्रेसले बिरोध गरेपछि पहिलो पटक बसेको बैठक ३० मिनेटका लागि स्थगित गरिएको थियो। तर दोश्रो बैठक पनि अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले सोमबार अपराह्न १ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरे।