नेकपामा कोरोना भन्दा डरलाग्दो भाइरस छिर्‍योः मुख्यमन्त्री गुरुङ
२७ साउन २०७७
•
२ मिनेट पाठ
नेकपामा कोरोना भन्दा डरलाग्दो भाइरस छिर्‍योः मुख्यमन्त्री गुरुङ
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ । तस्बिर: उमेश पुन/नागरिक
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा कोरोना भन्दा डरलाग्दो भाइरस छिरेको टिप्पणी गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको (फोनिज)को २१ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेश शाखाले मंगलबार आयोजना गरेको ‘कञ्चन पत्रकारिता पुरस्कार अक्षयकोष घोषणा तथा पुरस्कार वितरण समारोह’कार्यक्रममा बोल्दै उनले नेकपामा छिरेको सो भाइरसले पार्टी सिद्ध्याउन लागेको बताएका हुन् । देश अहिले कोरोनाको त्रासमा छ,‘उनले भने,‘तर यो भाइरस भन्दापनि डरलाग्दो भाइरस नेकपामा छिरेको छ, यो भाइरस निकै खतरा छ ।’




मुख्यमन्त्री गुरुङले नेकपामा छिरेको भाइरसको उपचारका लागि खोप निर्माण गर्न अनुसन्धान गरिहाल्नुपर्ने बताए । नेकपामा अहिले देखिएको भाइरस चाँडै समाप्त गर्नुपर्छ,‘उनले भने,‘यो भाइरस नेकपाविरुद्ध मात्र छैन, नत कुनै नेताविरुद्ध मात्र छ, यो त नेपालको विरुद्धमा छ । नेपाली जनता, नेपालको समृद्धि र विकासको विरुद्धमा छ । राष्ट्रिय स्वाधिनता र स्वाभिमानी नेपाली जनताको विरुद्धमा छ ।’

मुख्यमन्त्री गुरुङले वर्तमान सरकार परिवर्तन गरे जनताको अपमान हुने बताए । ‘स्थिर सरकार बनाएर विकास र समृद्धिमा लम्किदै समाजवादतर्फ लम्किने बाचासहित चुनावमा जाँदा जनताले विश्वास गरेर बहुमत दिएका हुन्’–उनले भने । उनले प्रधानमन्त्रीमा समस्या भए सुधार्न लगाउनुपर्ने भएपनि ओली सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार अहिले नै लकडाउन गर्ने पक्षमा नरहेको बताए । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने होइन,‘उनले भने,‘भर्खरै मात्र उद्योग खोलिएको छ, पेशा, व्यवसाय भर्खरै खुलेका छन्, त्यसैले तुरुन्तै बन्द गर भन्नुहुँदैन, बरु सचेतता अप्नाउनुपर्छ ।’ असावधानीले कोरोना संक्रमण बढेको भन्दै उनले लकडाउन भन्दा सतर्कता अप्नाउनुपर्ने बताए । यद्वपी गण्डकी प्रदेशको कोरोना संक्रमण काबु बाहिर नरहेको उनले दाबी गरे । उनले बिपक्षीसहित केहि अगुवाहरुले घर/घरमा पिसीआर गर्न गरेको आग्रहपनि बेकारको भएको टिप्पणी गरे । अकारणमा पिसीआर किन गर्ने? उनले भने,‘जथाभावी पिसीआर गरेर पैसा र समयको बर्बादी गर्नुहुँदैन ।’ पिसीआर खोप होइन,‘उनले थपे,‘पिसीआर गर्दैमा रोग निको हुने होइन, त्यसैले घर/घरमा पिसीआर गर्नुपर्दैन, बरु सचेतता अप्नाऔं ।’

मुख्यमन्त्री गुरुङले कोरोनाविरुद्धको लडाईंमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालले असहयोग गरेको आरोप लगाए । हामीले सोंचेजसरी अस्पतालले सहयोग गरेन,‘उनले भने,‘किनभने यो प्रदेश मातहत छैन, संघ सरकार मातहत छ ।’ यसअघी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापा, सभा सदस्य मिन गुरुङलगायतले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल बनाउनु गलत भएको बताएका थिए । कोरोना अस्पताल बनाउँदा दैनिक १५ सय भन्दा बढी विरामीले सेवा लिन नपाएको भन्दै उनीहरुले यसलाई सच्याउनुपर्ने बताएका थिए ।
अर्को समाचार
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
११ मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै आपत्ति जनाएको छ।




शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्। सीमा विवादको विषयमा प्रवेश नै नगराई फर्कनुले प्रधानमन्त्री साहको दोहोरो चरित्र उदाङ्गो भएको पौडेलको भनाइ छ।

प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास देखिएको मूल्याङ्कन कांग्रेसले गरेको उनले बताए। विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा साहले प्रस्तुत गर्ने अभिव्यक्ति कूटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखिएको पौडेलले उल्लेख गरे।

प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध र सीमाका विषयमा साहको प्रस्तुतिलाई कांग्रेसले अपरिपक्व तथा उत्तेजक अभिव्यक्तिका रूपमा लिएको उनले बताए। ‘लोकप्रियता आर्जन गर्न मात्रै ती विषयहरू सीमित थिए भन्ने हाम्रो बुझाइ थियो। राष्ट्रवादको नक्कली प्रदर्शन थियो भन्ने पनि हाम्रो बुझाइ थियो,’ महामन्त्री पौडेलले भने।

कूटनीतिक संवादमार्फत निर्णायक रूपमा विषय उठाउने अवसर प्राप्त गर्दा पनि ती विषय नउठेको स्थितिले हिजो कांग्रेसले गरेको अनुमान आज पुष्टि भएको उनको जिकिर छ। विगतमा साहले सीमासम्बन्धी अभिव्यक्ति लोकप्रियता हासिल गर्ने उद्देश्यले गरेको राष्ट्रवादको प्रदर्शन मात्रै रहेको पुष्टि भएको उनले बताए।

नेपाल-भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना भए पनि सीमालगायत संवेदनशील विषय लामो समयदेखि समाधान हुन नसकेको पौडेलले बताए।

यस्ता विषयको समाधान एकपटकको भ्रमण वा बैठकबाट सम्भव नहुने भन्दै उनले निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको धारणा राखे।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस