‘अब देशमै छ रोजगारी’ अभियान शुरू
१५ साउन २०७७
•
३ मिनेट पाठ
‘अब देशमै छ रोजगारी’ अभियान शुरू
अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड-१९ बाट सिर्जित बेरोजगारी समस्या समाधान गर्न थुप्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ल्याइएको ‘अब देशमै छ रोजगारी’ अभियानको बिहीबार भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै उनले आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाख बढी रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताए ।




कोभिड १९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग सात लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीबाट फर्केका साथै श्रम बजार प्रवेश गर्ने नयाँ जनशक्तिका लागि पनि अवसर सिर्जना गर्न सबैको सहयोगको खाँचो औँल्याए । ‘हाम्रो लक्ष्य भनेको यो सुनिश्चित गर्नु हो कि हामी नेपालको मानव पूँजीलाई उनीहरूको जीवन र जीविकोपार्जन संरक्षण गर्दै यसको लाभ उठाउनु हो’, उनले भने ।

मन्त्री डा खतिवडाले रोजगारी सिर्जना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको र त्यसका लागि सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीति ल्याइरहेको उल्लेख गर्दै यसले मात्र उज्जवल आर्थिक भविष्यलाई सक्षम बनाउन मद्दत गर्ने बताए ।

रोजगारी सर्भिसले वेबसाइट, मोबाइल एपलिकेसन, सामाजिक सञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसल प्रयोग गरेर पञ्जीकृत प्रवासी पुनरागमनलाई उचित रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पुर्‍याउन सहकार्य गर्दै आएको छ । यो अभियान प्रवासी पुनरागमन र अन्य आर्थिकरुपले वञ्चित, समाजिक बहिष्कृत समूहको जीवनयापन आवश्यकताको प्रतिक्रिया दिन अघिल्ला प्रयासमा निर्मित रहेको रोजगारी सर्भिसेसले जनाएको छ ।

रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्रराज गिरीले देशमै छ रोजगारी अभियान र युकेएड सीपलगायत सरोकारवालासँगको साझेदारीले नेपालको मानव संसाधनमार्फत रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा श्रीनगर एग्रो फार्मकी सञ्चालक मौसमी श्रेष्ठले नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलता सम्भावना रहेको बताए । उद्योगी पवन गोल्यानले व्यावसायिक तालीम उपलब्ध गराएको खण्डमा १५ लाख भारतीय नागरिकले नेपालमा गर्ने काम नेपाली कामदारलाई दिन सकिने बताए ।

नेपाली श्रम बजारमा ७१ लाख श्रमिक क्रियाशील छन् । तीमध्ये कृषिमा मात्रै १५ लाख २३ हजार, थोक तथा खुद्रा व्यवसाय १२ लाख ४० हजार, उत्पादन १० लाख ७२ हजार, निर्माण क्षेत्रमा नौ लाख ७८ हजार, शिक्षामा पाँच लाख ५८ हजार, आवास तथा खानामा तीन लाख ७१ हजार श्रमिक आबद्ध रहेको सो अवसरमा जानकारी गराइयो ।

यसैगरी यातायात क्षेत्रमा तीन लाख २२ हजार, मानव स्वास्थ्यमा एक लाख ७१ हजार, सार्वजनिक प्रशासन एक लाख ३३ हजार, बैंक तथा वित्तीय क्षेत्र एक लाख १८ हजार, निजी घरायसी ७३ हजार, प्रशासन ६४ हजार, खानी ५९ हजार, सूचना तथा सञ्चार ६० हजार, प्राविधिक ४४ हजार, पानी वितरणमा ४२ हजार, विद्युत् तथा ग्यासमा ३४ हजार, कला र मनोरञ्जन ३४ हजार, विदेशी नियोगमा १८ हजार र घरजग्गामा १७ हजार आबद्ध छन् ।

रोजगारी परियोजनाले तत्कालै निर्माण क्षेत्रमा एक हजार ४ सय ७०, कार्यालय सहयोगीमा एक हजार ४ सय २१, मार्केटिङ अफिसरमा एक हजार चार र निर्माणका कामदार ९ सय ५१ जनालाई रोजगारी दिन सकिने जनाएको छ । यस्तै रोजगारीमूलक तालिममार्फत बेकरी क्षेत्रमा एक हजार, व्यावसायिक बाख्रापालन तालीमबाट एक हजार ५ सय, एक्साभेटर र लोडरमा एक हजार ५ सय लाई रोजगारी दिन सकिने बताइएको छ ।
अर्को समाचार
फरार अपराधी पक्राउ गर्न कपिलवस्तु प्रहरीको 'फ्याप' अभियान
२८ साउन २०७८
•
१ मिनेट पाठ
फरार अपराधी पक्राउ गर्न कपिलवस्तु प्रहरीको 'फ्याप' अभियान
विभिन्न कसुरमा अदालतले सजाय तोके पनि लामो समयदेखि फरार रहदै आएका अपराधीलाई पक्राउ गर्न मंगलबारदेखि प्रहरीले फ्युगिटिभ अरेस्ट प्रोग्राम (फ्याप) अभियान चलाएको छ।




अभियानअन्तर्गत २ दिनमै प्रहरीले १ सय ५५ जनालाई पक्राउ गरेको छ। मंगलबार ८१ जना र बुधबार ७४ जना फरार रहँदै आएका अपराधी पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। फरार अपराधीलाई पक्राउ गर्न प्रहरीले फ्याप अभियान संचालन गरेको प्रहरी उपरीक्षक कार्कीले बताए।  कपिलवस्तुमा विभिन्न मितिमा लागुऔषध, जवरजस्ती करणी, चोरी, कुटपिट,  सवारी ज्यान, जुवाजस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएकालाई पक्राउ गरिएको हो।

फ्यापलाई प्राथमिकता दिई कार्यतीब्रता दिने क्रममा २ दिनमा नै १ सय ५५ जना पक्राउ गरिएको उनले बताए। ‘अपराधीहरुलाई कानुनी दायरामा ल्याउन अभियान चलाइएको हो’, एसपी कार्कीले भने, ‘अपराध गर्नेहरू एकदिन अवश्य कानूनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएका हौँ।’
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस