विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण : मन्त्री ढकाल
०९ साउन २०७७
•
२ मिनेट पाठ
विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण : मन्त्री ढकाल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने बताएका छन् । आज मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफलमा उनले भारतबाट स्वदेश फर्किने नागरिकको सीमा नाकामै स्वाब सङ्कलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वाब सङ्कलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिए ।




मन्त्री ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका प्रयास विज्ञहरूको सल्लाह र सुझावमै भइरहेको बताए । उनले विज्ञहरूबाट सकारात्मक सुझाव र हौसला पाइरहेको बताउँदै यतिखेर सरकारको काममा सबैले सहयोग गर्नुपर्ने बताए । उनले बन्दाबन्दी खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए । मन्त्री ढकालले स्वास्थ्यसँग सम्बन्धित सूचना र जानकारी सबैले पाउने गरी व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।

छलफलमा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डेलरले नेपालमा कोरोना समुदायमा नफैलिएको बताए । उनले खास ठाउँमा देखिएको सङ्क्रमणलाई समुदायको भन्न नमिल्ने भन्दै अहिलेसम्म सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास सराहनीय रहेको बताए ।

विकसित देशको भन्दा राम्रोसँग कोरोनाको नियन्त्रण गर्न नेपाल सरकार सफल रहेको भन्दै जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने बताए । छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान् कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए । सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा सङ्क्रमण हुनबाट जोगाउनुपर्ने बताए । जनस्वास्थ्य विद् डा. सुजन मरहठ्ठाले कोरोनाको व्यापकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिए ।

नेपाल मेडिकल एसोसिएनका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यकर्मीलाई अहिलेको महामारीबाट जोगाउनका लागि विशेष ध्यान दिनुपर्ने बताए । भाइरोलोजिष्ट डा. समिरमणि दीक्षितले कोरोना भाइरसको डर कम गर्न नमूनाहरूको परीक्षण बढाउनुपर्ने र अणुवांशिक ९जिन सिक्वेन्सिङ० गरेर वास्तविक अवस्था पत्ता लगाउन केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का लागि पर्याप्त नमूना दिएर सहयोग गर्नुपर्ने बताए ।
अर्को समाचार
विदेशबाट फर्कनेको खर्च कसले बेहोर्ने ?
२३ जेष्ठ २०७७
•
४ मिनेट पाठ
विदेशबाट फर्कनेको खर्च कसले बेहोर्ने ?
स्वदेश फर्किने ट्राभल डकुमेन्ट बनाउन कुवेतस्थित नेपाली राजदूतावास परिसरमा जम्मा भएका नेपाली । तस्बिर सौजन्य : हरि न्यौपाने
सरकारले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई उद्धार गर्दा लाग्ने खर्च  घर फर्कने व्यक्तिले बेहोर्नुपर्ने भनी गरेको निर्णय विवादित बनेको छ ।  




वैदेशिक रोजगारीको क्रममा महामारीजन्य रोग वा त्यस्तै कारणले उद्धार गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्नुपर्ने वैदेशिक रोजगार ऐनको व्यवस्था विपरीत अब हुने उद्धारमा कामदारले खर्च बेहोर्ने निर्णय गरिएपछि विवादित बनेको हो । कोरोना भाइरसले महामारीको रूप लिएपछि समस्यामा परेका नेपालीलाई सरकारले केही दिनदेखि  उद्धार गर्ने तयारी गरेको छ ।  

सरकारले ऐनविपरीत विदेशमा उद्धार गर्दा लाग्ने सम्पूर्ण खर्च फर्कनेले बेहोर्ने निर्णय गरेपछि कतिपयले त्यस्तो निर्णय खारेजीका लागि अदालत जाने चेतावनी दिएका छन् । वैदेशिक रोजगार ऐन २०६४ को दफा ७५ (२) मा नेपाली कामदार रहेका मुलुकमा युद्ध, महामारी, प्राकृतिक विपत्ति परी कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा सरकारले कूटनीतिक नियोग वा श्रम सहचारीमार्फत फिर्ता गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।  

महामारी लगायत ऐनमा उल्लेख गरिएका कारणले (युद्ध, प्राकृतिक विपत्ति) कामदार फिर्ता गर्दा लाग्ने सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रहेको रकम प्रयोग गर्नुपर्ने सोही ऐनको दफा ३३ (ख) मा उल्लेख छ ।  

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोरोना भाइरसको महामारीपछि विदेशमा रहेका नेपालीलाई उद्धार गर्दा लाग्ने खर्चको व्यवस्थापन कामदारले गर्नुपर्ने परिपत्र गरेको छ । सोही परिपत्रमा विदेशबाट फर्किएकालाई क्वारेन्टिनमा राख्दा खानाका लागि सरकारले प्रतिदिन एक सय ७५ रूपैयाँ चौध दिनसम्म उपलब्ध  गराउने उल्लेख छ ।  

परिपत्रको सात नम्बर बुँदामा भारतबाहेक अन्य मुलुकबाट आउनेले हवाई उडान खर्च र होटल क्वारेन्टिन लगायतको सम्पूर्ण खर्च फर्कनेले बेहोर्नुपर्ने भनिएको छ । श्रमिक फर्कंदा गन्तव्य मुलुक, रोजगारदाता वा म्यानपावरले हवाई यातायात, होटल क्वारेन्टिनजस्ता खर्च बेहोरे बाँकी खर्च फर्कनेले बेहोनुपर्ने प्रधानमन्त्री कार्यालयले जारी गरेको परिपत्रमा उल्लेख छ ।  

नेपालीले काम गर्ने मुलुकहरुमा कोरोना भाइरसले महामारीको रूप लिएपछि लाखौं नेपाली घर फर्कन खोजेका छन् । महामारीको बेला करार अवधि बाँकी हुँदै घर फर्किन बाध्य कामदारको सम्पूर्ण खर्च सरकारले बेहोर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै सरकारले बेवास्ता गरेपछि विवाद बढेको हो ।  

‘ऐनमा नै महामारीको बेला फर्कने कामदारको खर्च सरकारले बेहोर्ने प्रस्ट रूपमा लेखिएकाले केही रोजगारदाता र म्यानपावर कम्पनीले मात्र फर्कनेको खर्च बेहोर्ने सम्भावना देखिन्छ,’ दुबईमा काम गरिरहेका नवलपुरका हरि सिग्देलले भने, ‘सरकारको अपरिपक्व निर्णयले कामदार पुनः समस्यामा पर्ने देखिए ।’  

वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई कानुनी सहायता प्रदान गर्दै आइरहेका अधिवक्ता सोमप्रसाद लुइँटेल ऐनमा नै महामारीको बेला फर्कने कामदारको सम्पूर्ण खर्चका लागि कल्याणकारी कोषको रकम प्रयोग गर्नुपर्ने उल्लेख गरिएकाले सोही अनुसार हुनुपर्ने बताउँछन् ।  

कोरोना संक्रमण विस्तारसँगै रोजगारी लगायत अन्य कामले विदेश पुगेकाले घर फर्कन पाउनुपर्ने बताइरहेका छन् । विभिन्न स्रोतका अनुसार भारतसहित विभिन्न मुलुकबाट रोजगारी गुमाएर करिब १० लाख घर फर्कने अनुमान छ । सरकारी निकायमा विदेशबाट घर फर्कनेको विवरण फरकफरक छ । कुनैले पाँच लाख त कुनैले १३–१४ लाखसम्म विदेशबाट फर्कने अनुमान गरेका छन् ।  

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म रोजगारीका लागि विदेश जान (भारतबाहेक) करिब ५० लाखले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएकामध्ये २५–३० लाख विदेशमै रहेको अनुमान छ ।  

गैरआवासीय नेपाली संघका अनुसार हालसम्म विदेशमा रहेका १४ हजार चार सय २५ नेपालीलाई कोरोना संक्रमण भएको छ । एक सय २८ संक्रमितको निधन भएको छ । कोरोनाले सबभन्दा बढी कतारमा रहेका नेपाली संक्रमित भएको संघले जनाएको छ । कतारमा ६ हजार नौ सय ११ नेपालीलाई कोरोना संक्रमण भएको छ ।  

घर फर्कन खोजेकामध्ये केही नियमित बिदामा, केही आममाफी पाएर र करार अवधि समाप्त हुन् बाँकी रहेका हुन् । संयुक्त अरब इमिरेट्स लगायत कतिपय मुलुकले करार अवधि बाँकी रहेका श्रमिकलाई फिर्ता ल्याउन सरकारलाई आग्रह गरिसकेका छन् ।  

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ कोरोनाले महामारीको रूप लिएपछि घर फर्कन कलसेन्टरमा गुनासो आउने क्रम जारी रहेको बताउँछन् । महामारीको बेला विदेशबाट फर्कने कामदारको खर्च सरकारले बेहोर्नुपर्ने उल्लेख गरिएको कोषमा हाल सवा पाँच अर्ब रूपैयाँ संकलन भएको बोर्डले जनाएको छ । उक्त रकम वैदेशिक रोजगारीमा जानेले व्यक्तिले बुझाएका हुन् ।  

बोर्डले सोही रकमबाट वैदेशिक रोजगारीको क्रममा मृत्यु, अंगभंग तथा बिरामी हुनेलाई आर्थिक सहायता दिन्छ । २०७३ देखि वैदेशिक रोजगारीको क्रममा निधन हुनेलाई प्रतिव्यक्ति सात लाख रुपैयाँ र बिरामी हुनेलाई सात लाख रुपैयाँसम्म आर्थिक सहायता दिने गरिन्छ । 
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस