प्रदेश १ संसदमा समाजवाद ल्याउने कार्यक्रमको खोजी
२५ जेष्ठ २०७७
•
३ मिनेट पाठ
प्रदेश १ संसदमा समाजवाद ल्याउने कार्यक्रमको खोजी
प्रदेश १ सरकारले  गएको शुक्रबार संसदमा पेश गरेको २२४ बुँदा लामो वार्षिक नीति तथा कार्यक्रमको ३४ नम्बर बुँदामा यही नीति कार्यक्रमको बलमा 'समाजवादको आधार निर्माणमा जोड दिने' उल्लेख छ । तर, समाजवादको आधार निर्माणबारे मौनप्रायः नीति कार्यक्रममा कुन त्यस्ता कार्यक्रम समेटिएका छन् , जसले समाजवादको आधार निर्माण गर्छ ?




आइतबारदेखि प्रदेशसभामा सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा काँग्रेस सचेतक सूयर्माराज राईले यही प्रश्न गरे । उक्त बुँदा उनले हुबहु पढे । जसमा भनिएको छ ' प्रदेश सरकारद्वारा प्रस्तुत योजना तथा कार्यक्रमहरुको कार्यान्वयनबाट समाजमा बिद्यमान उत्पादन र वितरणको परम्परगत प्रणालीमा व्यापक सुधार गरिनेछ। त्यस प्रणालीमार्फत् समाजको सबभन्दा तल्लो वर्गका समुदायमा पहुँच पुग्ने गरी न्यायोचित वितरणको सुनिश्चत गर्दै समाजवादको आधार निर्माणमा जोड दिइनेछ।'

यो बुँदा पढिसकेपछि उनले प्रश्न गरे '२२४ बुँदे नीति कार्यक्रममा कुन कार्यक्रम छन् जसले समाजवादको लक्ष्य भेट्टाउन सहयोग गर्छ ?' प्रदेश १ सरकारले प्रस्तुत गरेको पहिलो बजेटमै पनि समाजवादको आधार निर्माण गर्ने उल्लेख थियो । त्यसअनुरुपको योजना र व्यवहार सरकारबाट कहिल्यै प्रदर्शित नभएको भन्दै  विपक्षी सांसदहरुले रोष प्रकट गरेका हुन् ।  

प्रदेश  सरकारको नयाँ नीति तथा कार्यक्रम  वर्तमान संकटसँग जुध्ने उपाय खोज्न पनि असफल रहेको भन्दै सांसदहरुले आलोचना गरेका छन् । विपक्षी मात्रै होइन, सत्तारुढ सांसदहरुले पनि कोरोना संकट, विद्यमान जातीय विभेद र वहिष्करण लगायतका विषयमा नीति कार्यक्रमले उपेक्षा गरेको बताएका छन् ।

'अहिलेको संकटले अर्थतन्त्र धरापमा परेको छ', नेकपा सांसद उमिता विकले भनिन् 'त्यसबाट सर्वसाधारणलाई राहतका लागि साना मझौला उद्योगमा लगानी प्याकेजबारे नीति कार्यक्रम मौन छ । त्यस्तै जातीय छुवाछुत र विभेदको जालो तोड्ने योजना पनि यसमा छैन ।'

नेकपा सांसद उपेन्द्रप्रसाद घिमिरेले कोरोना उपचारका लागि हरेक स्थानीय तहसँग मिलेर सबै पालिकामा अस्पताल स्थापना गर्ने अवसरलाई सरकारले चिन्न नसकेको बताए । 'सामुदायिक स्वास्थ्य र शिक्षाको महत्वबारे हामी जानकार छौं', उनको भनाई थियो 'यो बेला हरेक पालिकामा उपचारका लागि अस्पताल निर्माण गर्ने योजना चाहिन्थ्यो, प्रदेश र स्थानीय सरकारको पहलमा कृषि क्षेत्रमा ठोस कार्यक्रम बनाउन सकिन्थ्यो । 

त्यसबारे नीति कार्यक्रममा केही उल्लेख छैन ।' पहिलो वर्षमै आउने खालका कार्यक्रम यतिबेला ल्याएर सरकारले के गरेको  भन्दै उनले सोधे 'पहल गरिनेछ, जोड दिइनेछ, सम्भाव्यता अध्ययन गरिनेछ भनिएको छ । कहिले गर्ने ? सरकारको कार्यकाल त सकिन लाग्यो त !'

काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले तत्कालीन समस्याबारे नीति कार्यक्रम मौन रहेको, जातीय विभेद अन्त्य गर्ने विषयमा कुनै उल्लेख नभएको भन्दै आलोचना गरे । सांसद शेखरचन्द्र थापाले अहिलेको संकटसँग जुध्ने ठोस उपाय नआएको र साझा संकल्प प्रस्ताव पनि नआएको भन्दै सरकार एक्लै हिँड्न खोजेको आरोप लगाए । 'कोरोनाको संकट नभएको आभाष हुने नीति कार्यक्रम आएको छ', उनले भने 'यस्तोबेलामा साझा संकल्प प्रस्ताव आउला भन्ने थियो । त्यो पनि आएन । 

एक्लै हिँडेर संकटबाट पार नलाग्ने कुरा सरकारले बुझन खोजेको देखिएन ।' नेकपा सांसदहरु सर्वध्जव साँवा, राजकुमार ओझा, सावित्री जोशी, विमल कार्की लगायतले भने नीति कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए । काँग्रेसकै अर्का सांसद प्रतापप्रकाश हाङ्गामले भने स्थानीय उत्पादनको प्रयोग प्रोत्साहित हुने गरी कार्यक्रमहरु तय हुनुपर्ने आवश्यकता औल्याए ।

शुन्य समयमा बोल्ने सांसदहरुले पहाडमा कोरोना परीक्षण र उपचारको प्रबन्ध गर्न माग गरेका थिए । काँग्रेस सांसदहरुले भने यसअघिका दुई वटा नीति कार्यक्रम संसदमा पेश हुँदा तत्कालीन प्रदेश प्रमुख गोविन्द तुम्बाहाङलाई उभ्याएर वाचन गर्न लगाइएको र अहिले सोमनाथ अधिकारीलाई बसाएर वाचन गराइएको भन्दै आपत्ति जनाएका थिए  ।
अर्को समाचार
‘प्रदेश १ नामकरणको सम्भावना टर्‍यो’
१२ भदौ २०७९
•
१ मिनेट पाठ
‘प्रदेश १ नामकरणको सम्भावना टर्‍यो’
प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले प्रदेशसभाले तत्कालै प्रदेशको नामाकरण गर्ने संभावना नरहेको बताएका छन्। प्रदेशको नामाकरणका लागि आफूले धेरै प्रयत्न गरे पनि दलहरू आ–आफ्नो अडानबाट पछि नहट्दा नामकरणका लागि अर्को प्रदेशसभा नै कुनुपर्ने अवस्था आएको भण्डारीले बताए।  




यही हप्ताभित्र चालु अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको र चुनाव घोषणा भइसकेकाले यही प्रदेशसभाले नाम दिने सम्भावना टरिसकेको उनको भनाइ छ। ‘यही हप्ताभित्र प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी हुँदैछ,’ सभामुख भण्डारीले भने, ‘प्रदेशसभाले यो अधिवेशनबाट नाम ल्याउने सम्भावना लगभग टरिसक्यो।’ नामकरण राजधानी तोक्नभन्दा सजिलो भए पनि प्रदेश १ मा नामकरणको विषय नै जटिल बनेको भण्डारीले बताए।

राजधानी टुंगो लगाएकै बेलामा दलहरूबीच प्रदेशको नाम सहमतिको आधारमा टुंग्याएर जाने समझदारी भए पनि दलहरू आ–आफ्नो अडानबाट पछि नहट्दा नामा टुंग्याउन नसकिएको भण्डारीले स्पष्ट पारे। ‘विभिन्न समयमा भएको सर्वदलीय छलफल, दलहरूले गरेको आन्तरिक छलफलबाट पनि कुनै निकास निस्कने अवस्था नआएको र दलहरूले आफ्नो हठ छाड्न मानेनन्।’ प्रदेशको नाम राख्न हाल कायम ९० सदस्यीय प्रदेशसभाको कुल संख्याको दुईतिहाइ संख्या चाहिन्छ। तर, कुनै पनि दलको दुईतिहाइ बहुमत नभएको र कुनै पनि नाममा सहमति नजुटेको भण्डारीले बताए। उनले भने, ‘नाम राख्न दुईतिहाई बहुमत चाहिने भएकाले दलीय सहमतिविना प्रदेशसभामा नामकरणको विषय प्रवेश गराउनुको अर्थ रहँदैन।’ प्रदेशसभाले ५ वर्षमा ६१ विधेयक पास भएको २ संशोधनको चरणमा रहेको र बाँकी रहेको दुई विधेयक आफ्नै कार्यकालमा ल्याउने प्रयास भइरहेको जानकारी दिए। अहिले सञ्चारसम्बन्धी विधेयक अझै समितिमा छलफलमै रहेको उल्लेख गरे।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस