परीक्षाको चरणमा प्रवेश गरेकाको पदपूर्ति नरोकिने
०५ जेष्ठ २०७७
•
१० मिनेट पाठ
परीक्षाको चरणमा प्रवेश गरेकाको पदपूर्ति नरोकिने
लोकसेवा आयोगले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमका कारण परीक्षाको चरणमा प्रवेश गरेका बाहेकका सबै पदपूर्तिका कार्यक्रमहरू स्थगित गरेको छ । कोरोना संक्रमणका कारण सिर्जना भएको स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै मन्त्रिपरिषदको गत बैशाख १४ गते बसेको बैठकले आयोगबाट सन्चालन हुने सम्पूर्ण पदपूर्तिका कार्यक्रम स्थगन गर्न गरेको आग्रहपछि आयोगको सोमबार बसेको बैठकले पदपूर्ति स्थगित गर्ने निर्णय गरेको हो ।  




आयोगको निर्णयसँगै निजामति सेवा, सुरक्षा निकाय, सार्वजनिक संस्थान र संठगित संस्थाका परिक्षाको चरणमा नपुगेका सबै तहको पदपूर्ति स्थगित भएको हो । परिक्षाको चरणमा प्रवेश गरिसकेको अथवा कुनै एक चरणको परिक्षा भैसकेकाको हकमा भने त्यसलाई रोक्न नमिल्ने भएकाले स्थिती सामान्य भएपश्चात नयाँ परिक्षा कार्यक्रम निर्धारण गरिने भएको छ ।  

‘दरखास्त संकलन भैसकेका तर कुनै पनि चरणको कार्यक्रम परिक्षा कार्यक्रम सन्चालन नभएका विज्ञापन सरकारको अर्काे निर्णय नआएसम्मका लागि सवै परिक्षा कार्यक्रम स्थगन गरिएको छ,’ आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले भने ‘कुनै पनि पदको कुनै एक चरणको परिक्षा भैसकेको छ भने त्यसको हकमा भने पदपूर्ति कार्यक्रम रोक्न मिल्दैन, स्थिती सामान्य भएपछि परिक्षा कार्यक्रम सन्चालन हुन्छ ।’ सहायक प्रवक्ता सुवेदीले सरकारको अनुरोध अनुसार आयोगको सोमबार बसेको बैठकले पदपूर्ति स्थगन गर्ने सम्वन्धि विभिन्न निर्णय गरेको बताए ।  सोही बमोजिम लिखित परिक्षा सम्पन्न भएका र अन्र्तवार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरि पछि प्रकाशन गरिने आयोगले जनाएको छ ।  

आयोगले आयोगले २०७६ फागुन २८ गते खरिदार र सो सरहका पदहरूमा विज्ञापन भएका विभिन्न विज्ञापनहरूमा दरखास्त लिने कार्य जेठ ९ गते शुक्रबारदेखि बन्द गर्ने निर्णय समेत गरेको छ । उक्त पदको लागि दरखास्त बुझाइसकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी रहेका उम्मेद्धारहरूको लागि स्थिती सामान्य भएपछि निश्चित अवधी तोकि दरखास्त बुझाउन प्रवन्ध गरिनेछ । सरकारबाट अर्काे निर्णय नभएसम्मका लागि उक्त विज्ञापनहरूको परिक्षा स्थगित गरिएको छ । यदि सरकारले पदपूर्ती रद्ध गर्न आयोगलाई आग्रह गरेको अवस्थामा भने आयोगले शुल्क बुझाइसकेका आवेदकहरूलाई शुल्क फिर्ता गरि रद्ध गर्न पनि सक्नेछ ।  

यसैगरि आयोगले स्विकृत कार्यतालिका बमोजिम विज्ञापन गर्न बाँकी रहेका सम्पूर्ण पदहरूको विज्ञापन प्रकाशन कार्य समेत स्थगित गरेको छ । कोरोनाकै कारण अव आर्थिक बर्ष २०७७÷०७८ को पदपूर्ती के हुन्छ भन्ने समेत अन्यौल देखिएको छ । न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पदहरूको विज्ञापनको हकमा स्थिती सामान्य भएपश्चात नयाँ परिक्षा कार्यक्रम निर्धारण गर्ने निर्णय आयोगले गरेको छ ।  

आयोगले सुरक्षा निकाय र संगठित संस्थाहरूको परिक्षा सन्चालन गर्ने विषयमा आयोगले कुनै पनि चरणको परिक्षा भैसकेका वा परिक्षा प्रकृयामा प्रवेश गरेका स्थिती सामान्य भएपछि नयाँ परिक्षा कार्यक्रम निर्धारण गरि सार्वजनिक गरिने जनाएको छ । सम्वन्धित संस्थाहरूबाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगद्धारा परिक्षा निर्धारण हुन बाँकी निकाय, संस्थाहरूको विज्ञापन परिक्षा कार्यक्रम सरकारबाट अर्काे निर्णय नआएसम्मका लागि स्थगित गरिएको आयोगले जनाएको छ ।  

यसअघि बैशाख १४ गतेको मन्त्रीपरिषद बैठकले कोरोना संकटका कारण आर्थिक संकट हुन सक्ने भन्दै पदपूर्ति रोक्न भनेको थियो । आयोगले भने परिक्षाको चरणमा प्रवेश गरेका बाहेक अन्य मात्रै रोक्न सकिने बताउँदै आएको थियो ।

केही समय अघि सार्वजनिक खर्च पुनरावलोकन आयोगले पनि निजामति सेवामा आवश्यकता भन्दा बढी कर्मचारी रहेको भन्दै ४५ हजार कर्मचारी कटौती गर्न सरकारलाई सिफारिस गरेको थियो ।  
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
५२ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस